नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ मा आज शनिवारदेखि ‘प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिता’ आयोजना गरिंदैछ ।
जेनजी सहिद युवा आयुष थापा र शुलभराज श्रेष्ठको स्मृतिमा धम्बोझी ब्याडमिन्टन प्रशिक्षण केन्द्रले प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगितामा पुरुष डबल्स भेट्रान्स ५० प्लस खुल्ला, पुरुष डबल्स बी लेबल खुल्ला, पुरुष डबल्स सी लेबल (बाँके जिल्ला स्तरीय) इभेन्टहरु सञ्चालन हुने आयोजकले जनाएको छ ।
वाटरपार्कमा निर्माण गरिएको ब्याडमिन्टन प्रशिक्षण केन्द्रको कवर्ड हलमा सञ्चालन गरिने प्रतियोगितामा पुरुष डबल्स भेट्रान्सतर्फ प्रथम हुनेले ३० हजार, द्वितीय हुनेले २० हजार र तृतीय हुनेले १०÷१० हजार पुरस्कार प्राप्त गर्नेछन् ।
आयोजक केन्द्रका अध्यक्ष जनार्दन रत्न मल्ल ठकुरीले पुरुष डबल्स बी लेवल खुल्लातर्फ प्रथम हुनेले ४० हजार, द्वितीय हुनेले २५ हजार र तृतीय हुनेले १०÷१० हजार र पुरुष डबल्स सी लेबल जिल्लास्तरीयतर्फ प्रथम हुनेले २५ हजार, द्वितीय हुनेले १५ हजार र तृतीय हुनेले क्रमशः ८÷८ हजार पुरस्कार पाउने बताए ।






























