राष्ट्रिय वाणिज्य बैंक लिमिटेड नेपालगन्जमा रहेको सबैभन्दा पुरानो युनियन राष्ट्रिय वाणिज्य बैक कर्मचारी संघ नेपालको ३६ औं वार्षिकोत्सवको अवसरमा राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ लुम्बिनी प्रदेश कमिटीको आयोजनामा नेपालगन्जमा रहेको मानव सेवा आश्रममा खाद्यान्न तथा औषधि बितरण गरिएको छ ।
लुम्बिनी प्रदेश कमिटीको अध्यक्ष गोविन्द पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा संघका केन्द्रिय सदस्य सुजन ददेल, राजेश सुनार, नेपालगन्ज, कोहलपुर, गुलरिया, खजुरा लगायतका शाखा प्रन्धक एबम कर्मचारिहरुको उपस्थिति रहेको थियो ।
आशिष ज्ञवालीले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य अमित गुभाजुले गरेका थिए । संघको स्थापना दिवसको अवसर देशैभरी बिभन्न कार्यक्रम आयोजना गरिएको थियो ।
हाल संघ वाणिज्य बैंकमा रहेको सबैभन्दा ठूलो र जेठो युनियनको रुपमा रहेको छ ।
आश्रममा गरेको सहयोग प्रति मानव सेवा आश्रम नेपालगन्जकी कार्यक्रम संयोजक बिष्णु घर्तिले धन्यवाद समेत ज्ञापन गरेकी थिइन् ।
