For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, April 25, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    निजी विचार

    निजी विचार

    बिना भन्सार ल्याउन पाउनुपर्छ भन्ने रोइलो बन्द गर्नुस्

    बिना भन्सार ल्याउन पाउनुपर्छ भन्ने रोइलो बन्द गर्नुस्

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

नेपालले चाहेको पुनर्जागरणको बाटो

byDainik Nepalgunj
November 2, 2025
in विचार
0 0
0
नेपालले चाहेको पुनर्जागरणको बाटो
Share on FacebookShare on Twitter

बिस २०८२ भाद्रको अन्तिम साता नेपाल फेरि एक ऐतिहासिक राजनीतिक मोडमा आइपुग्यो  । युवापुस्ताद्वारा नेतृत्व गरिएको आन्दोलनले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सानादलहरू सहितको नेका र एमालेको दुई तिहाइ बहुमतको सरकार ढाल्यो । सामाजिक सञ्जालमाथिको प्रतिबन्ध,
बढ्दो बेरोजगारी, र व्यापक भ्रष्टाचारको विरोधमा नवयुवाहरूद्वारा आह्वान गरिएको शान्तपूर्ण प्रदर्शनमा मिसिएका अराजक भीड संसद् भवनमा पस्यो  । सुरक्षादलहरू परिचालन भयो र एउटै घटनामा कम्तीमा १९ जनाको ज्यान गयो  । अन्ततः ओलीको राजीनामापछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्री नियुक्त गरियो  ।

“जेन–जी आन्दोलन“ भनिएको यो घटना नेपालको इतिहासमा युवापुस्ताको निर्णायक हस्तक्षेपका रूपमा परिणत भयो  । यो आन्दोलन पश्चात नेपाल दोसाँधमा उभिएको छ  । एक तर्फ स्थायित्व र सुधारको बाटो छ भने अर्को तर्फ अराजकतामा फस्ने  ।

तत्कालका चुनौती र आवश्यकता
ओली नेतृत्वको सरकारको पतनपछि मुलुक पूर्ण राजनीतिक अनिश्चिततामा फसेको छ । प्रतिनिधिसभा भंग गरिएपछि नीति निर्माण र निर्णय प्रक्रियामा ठप्प अवस्था देखिएको छ  । सरकारको आलोचनाहरूलाई नियन्त्रण गर्न सरकारले सामाजिक सञ्जाल बन्द गर्न खोज्दा उल्टै आन्दोलन अझ सशक्त र संगठित बन्यो  । आक्रोशित भीडले संसद भवन, सिहँदरवार, सर्बोच्च अदालत लगायत देशभरका सरकारी संरचनाहरू, केही ब्यापारिक प्रतिष्ठानहरू नेताका घरहरू तोडफोड गरेपछि सुरक्षा चुनौती थप गम्भीर बनेको छल  । युवाहरूले नयाँ प्लेटफर्ममार्फत विरोधलाई निरन्तरता दिएका छन् । हालसम्म ७८ जनाको मृत्यु र दुईहजार भन्दा बढी घाइते भएका छन्  ।

अर्थतन्त्रमा गम्भीर असर परेको छ  । यस्ता परिस्थितिमा अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीको प्रमुख चुनौती शान्ति पुनस्र्थापना, राष्ट्रिय संवाद र विश्वास पुनर्निर्माण हो  । उनले भ्रष्टाचार नियन्त्रण, रोजगारीको अवसर र पारदर्शी शासन जस्ता युवापुस्ताका प्रमुख मागहरूलाई सम्बोधन नगरी दीर्घकालीन स्थायित्व सम्भव छैन  । स्थायित्वको सुरुवात जनविश्वास पुनःस्थापना र जिम्मेवार नेतृत्वबाट मात्र हुन सक्छ  ।

सम्भावित मार्गचित्र
नेपाल अहिले राजनीतिक अस्थिरता, आर्थिक संकट र सामाजिक असन्तुलनको कठिन मोडमा उभिएको छ  । विगतका आन्दोलन र संवैधानिक संकटहरूले बारम्बार देखाएका छन् कि परिवर्तनको नारा मात्रले स्थायित्व आउँदैन; त्यसका लागि स्पष्ट, चरणबद्ध र व्यावहारिक कार्ययोजना आवश्यक हुन्छ  । त्यसैले अहिलेको अन्तरिम सरकारले विगतका अनुभव र अन्तर्राष्ट्रिय उदाहरणबाट सिक्दै दीर्घकालीन दृष्टिकोणसहितको मार्गचित्र तय गर्न जरुरी छ  ।

१. शान्ति र विश्वास निर्माणका लागि समावेशी अन्तरिम परिषद्
पहिलो चरणमा सरकारको प्राथमिकता देशमा शान्ति कायम गर्ने र जनविश्वास पुनस्र्थापना गर्नु हुनुपर्छ  । बिडम्बना के रह्यो भने गठन भएको दुई महिना मा पनि अन्तरिम सरकारले पूर्णता पाउन सकेन  । आन्दोलनकारी युवासँग प्रत्यक्ष संवाद सुरु गरी उनीहरूलाई राष्ट्रिय पुनर्निर्माण प्रक्रियामा सहभागी गराउनुपर्छ  । सबै दल, नागरिक समाज, र समुदायका प्रतिनिधिहरू समावेश भएको समावेशी अन्तरिम परिषद् गठन गर्न सकिन्छ, जसले सरकारका निर्णयहरूमा विविध आवाज समेट्नेछ । सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाएर अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्नुपर्छ, जसले लोकतन्त्रप्रतिको जनविश्वास बलियो बनाउँछ । साथै, तत्काल राहत प्याकेज, बेरोजगार युवाका लागि रोजगार सिर्जना कार्यक्रम, र भ्रष्टाचारविरुद्ध कानुनी कारबाहीले जनताको असन्तोष घटाउनेछ ।

२. संविधान पुनरावलोकन आयोग
नेपालको संविधान–२०७२ ले लोकतन्त्रको आधार निर्माण गरे पनि संघीयता, समावेशिता, र अधिकार वितरणका विषयमा असन्तुष्टि कायम छ  । त्यसैले संविधान पुनरावलोकन आयोग गठन गरी नयाँ पुस्ताको अपेक्षा र यथार्थसँग मेल खाने संशोधन गर्न आवश्यक छ  । यस आयोगले भ्रष्टाचार नियन्त्रण, डिजिटल अधिकारको प्रत्याभूति, र युवाको राजनीतिक सहभागिता सुनिश्चित गर्ने प्रावधानहरू प्रस्ताव गर्नुपर्छ  । आवश्यकता परे आंशिक पुनर्लेखन वा संविधानसभाको आह्वान गर्न सकिन्छ, जसले राजनीतिक व्यवस्थामा दीर्घकालीन सन्तुलन ल्याउनेछ  ।

३. निष्पक्ष निर्वाचन र निर्वाचन खर्चमा नियन्त्रण
अन्तरिम सरकारको अन्तिम र निर्णायक चरण निष्पक्ष, पारदर्शी र खर्च नियन्त्रणित निर्वाचन सुनिश्चित गर्नु हो । अहिले प्रतिनिधि सभाका उम्मेदवारहरूले चुनावमा करोडौँ रूपैयाँ खर्च गर्ने प्रवृत्तिले भ्रष्टाचारको मूल कारणलाई जन्म दिएको छ । चुनाव जितेपछि ती खर्च फिर्ता गर्न नेताहरू अनैतिक बाटो रोज्न बाध्य हुन्छन्, जसले शासन प्रणाली नै कमजोर बनाएको छ । त्यसैले आगामी निर्वाचन प्रणाली सुधार गरी खर्च घटाउने, पारदर्शी खर्च रिपोर्टिङको व्यवस्था गर्ने, र उम्मेदवारहरूको खर्च सीमा कडाइका साथ लागू गर्नुपर्छ । स्थानीय, प्रादेशिक र संघीय तहमा चरणबद्ध रूपमा सस्तो, सरल र निष्पक्ष निर्वाचन सम्पन्न गरी नयाँ सरकार गठन गर्न सकिन्छ । साथै, राजनीतिक हस्तक्षेप रोक्न स्वतन्त्र निर्वाचन आयोगलाई अझ सशक्त बनाइनुपर्छ, र अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूको उपस्थितिले निर्वाचन प्रक्रियाको विश्वसनीयता र पारदर्शिता बढाउनेछ । यसरी मात्र लोकतान्त्रिक अभ्यास सस्तो, स्वच्छ र जनमुखी बन्न सक्छ ।

४. दीर्घकालीन सुधार र पुनर्निर्माण
राजनीतिक स्थायित्वका लागि संस्थागत सुधार अब विकल्प होइन, आवश्यकता बनिसकेको छ  । राज्यका प्रमुख निकायहरूमा राजनीतिक हस्तक्षेपले शासन प्रणाली कमजोर बनाएको छ, त्यसैले अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई साँचो अर्थमा स्वतन्त्र, जवाफदेही र प्रभावकारी बनाउनु अत्यावश्यक छ  । यसका लागि एक स्वच्छ नागरिक परिषद् गठन गर्न सकिन्छ, जसमा पूर्व मुख्य न्यायाधीश, प्रख्यात शिक्षाविद्, नागरिक समाजका प्रतिनिधि, पत्रकार, र युवा अभियन्ताहरू समावेश हुने व्यवस्था होस्  । यो परिषद् अख्तियारको कार्यसम्पादन, अनुसन्धान प्रक्रिया र अनुशासनात्मक नीतिको सार्वजनिक अनुगमन गर्ने स्वायत्त निकायका रूपमा काम गर्न सक्नेछ  ।

साथै, ई–शासन प्रणालीलाई विस्तार गरी सरकारी कामकाजलाई डिजिटल पारदर्शितामा रूपान्तरण गर्नुपर्छ  । यसले भ्रष्टाचार नियन्त्रण मात्र होइन, सेवा वितरणमा दक्षता र जवाफदेहिता पनि सुनिश्चित गर्नेछ  । सरकारी कार्यालयहरूमा अनलाइन ट्र्याकिङ, खुला डेटा पोर्टल, र सार्वजनिक खर्चको डिजिटल विवरण उपलब्ध गराउँदा नागरिकको निगरानी बढ्नेछ  ।

त्यससँगै, शिक्षा र रोजगारीमा लगानी दीर्घकालीन स्थायित्वको मेरुदण्ड हो । गुणस्तरीय सीपमूलक शिक्षा र उद्यमशीलता प्रवद्र्धनले युवापुस्तालाई अवसर र आशा प्रदान गर्नेछ  । जब युवाले आफ्नो भविष्यमा राज्यको जिम्मेवार भूमिका देख्छन्, आन्दोलनहरू स्थायी परिवर्तनमा रूपान्तरण हुन्छन्  ।

यसरी अख्तियारलाई नागरिक अनुगमन अन्तर्गत पारदर्शी बनाउने, र शासन प्रणालीलाई डिजिटल र उत्तरदायी बनाउने कदमले न्भल श् आन्दोलनलाई सकारात्मक ऊर्जामा रूपान्तरण गर्दै देशलाई दीर्घकालीन राजनीतिक स्थायित्व र सुशासनको बाटोमा अघि बढाउनेछ ।
स्थिरता र सुधारतर्फ
जेन–जी आन्दोलनले नेपाललाई नयाँ युगको ढोका अगाडि पु¥याएको छ । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले यदि शान्ति, पारदर्शिता र सुधारलाई प्राथमिकता दियो भने, यो आन्दोलनले नयाँ आशा र अवसरको सुरुवात गर्न सक्छ ।
नेपालले अब विगतका गल्तीहरू नदोहोर्याई समावेशी र पारदर्शी लोकतन्त्रको दिशा रोज्नुपर्छ । युवापुस्ताको जोश, नारी नेतृत्वको दृढता, र जनता–राज्यबीचको विश्वास पुनर्निर्माण नै अबको मुख्य आधार बन्नेछ । नेपालले चाहेको पुनर्जागरण यही बाटोबाट सुरु हुन सक्छ—संवाद, सुधार, र स्थिर लोकतन्त्रको संयोजनबाट ।

Previous Post

हुम्लाको पर्यटकीयस्थल लाप्चामा सञ्चार सुविधा

Next Post

बाँकेमा ‘फिफा फुटबल फर स्कुल’ प्रारम्भ

Next Post
बाँकेमा ‘फिफा फुटबल फर स्कुल’ प्रारम्भ

बाँकेमा ‘फिफा फुटबल फर स्कुल’ प्रारम्भ

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
मूर्ति पूजासँगै सामूहिक हवन आयोजना

मूर्ति पूजासँगै सामूहिक हवन आयोजना

April 25, 2026
मूर्ति पूजासँगै सामूहिक हवन आयोजना

बर्दियाको ठाकुरबाबामा १५ शैयाको आधारभूत नगर अस्पताल सञ्चालन

April 25, 2026
नेपालगन्जलाई स्वादको सहरका रुपमा ब्रान्डिङ्ग गरिंदै

नेपालगन्जलाई स्वादको सहरका रुपमा ब्रान्डिङ्ग गरिंदै

April 25, 2026
अवैध लागूऔषधसहित ११ जना पक्राउ

पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ

April 24, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version