कामको सिलसिलामा पाँच वर्ष नेपालगन्ज आधार बनाएर बसेको थिए । यहि क्रममा सन्चार र सम्बन्धित क्षेत्रमा काम गर्नेहरू बिबिध प्रसङ्ग र कामले भेट भैइरहने नै भए । दाङदेखि पश्चिम तराई कंचनपुरसम्म र माथी सुर्खेत जिल्ला ६ जिल्लाका अधिकांश पालिका गाउँठाउँका व्यक्ति, समुदायका विभिन्न पेशामा रहेर नमुना कार्य सहित सफल बनेका समुदाय र ब्यक्तित्वहरूसङ्ग भलाकुसारी गर्ने मौका पाएको थिए ।
यहि मौकामा मैले दशक अगाडि नै सुनेको नाम थियो पत्रकार कृष्ण चौधरि, सम्भवत दैनिक नेपालगंज पत्रीकामा नै काम गर्नुहुन्थ्यो, मैले उहाँको बारेमा अलिकबढी पत्रकार झलक दाइ र मेरा सहकर्मी निरज जि ले नै भन्नू भएको थियो । उ बेला सुनेको र केहि मात्रै भेटघाट भएका पत्रकार कृष्ण चौधरी दशवर्षपछि भेटिदा उनी पत्रकारका लागि समाचार पो बनिरहेछन, अब नेपालगंजले उनलाई पत्रकार भनेर बिर्शिसकेको छ ।
तिनै कृष्णलाई थारु समुदायका प्रतिनिधिको हैशियतले आफ्नै समुदायका बिबिध आयाम, उतारचढाव, ईतिहास, सभ्यता, भुगोल, राजनीति, सस्कृती, परम्परा लगायत अनेकौ बिषयमा कलम चलाउन सक्थे, अझ एकदशक अगाडी जतिबेला पत्रकारिता गर्दैथिए एफ एम रेडियोको बाढी नै थियो, बर्दियामा नै थारु समुदायको गुर्वावा एफ एम थियो । उनिपनी त्यही र त्यस्तै काम गर्न सक्थे । अथवा उनि समुदायको आवाज बनेर पत्रकारितामा राम्रै जम्न सक्थे ।
दशवर्ष अगाडि नै हो गाभर भ्याली जाम, होम स्टे, थारु र स्थानिय खानेकुरा पनि पाईन्छ भनेर साथीहरूले भनिरहदा एकदिन चाजो मिल्यो शनिवार साईकल लिएर पुगियो । नेपालगन्जबाट कोहलपुर हुँदै सुर्खेततर्फ पाँच–सात किलोमीटर अगाडि गाभर भ्याली छ । त्यो बेलामा तिनै कृष्ण चौधरीलाई सम्पर्क गरेर गएकोले सिधै उनैकोमा पुगियो । आफै बस्ने घर अगाडि साना कटेज, सानो गाउँ, नजिकै खेत, बयल गाडा लगायत थारु समुदायका मौलिक भाडावर्तन सहित फुत्त देखिए कृष्ण जी । सास्कृतिक परम्परागत मौलिक खानाका प्रकार र बिशिष्ठ खानेकुरा अग्र्यानिक यहाँका बिशेषता हुन उ बेला कृष्ण जी भेटेका र आफ्नोमा पुगेकालाई बताईरहेका हुन्थे । खानामा छिर्ने बित्तिकै सिद्रा माछा, बुङ्गुरका परिकार, अचार, ढिक्री, कुखुराका परिकार, आलु लगायत थारु पेय पदार्थ के खाने रुचि अनुसार, माटाका भाडामा अधिकाश परिकार खान पाईने नै भयो। दुईतिन घर आरूपानी होम स्टे सन्चालन शुरु गरेको पाएका थियौ ।
भदौ दोस्रोसाता लगभग दश वर्षपछि गाभर भ्याली जादाँ फराकिला बाटोघाटो र रिसोर्ट जस्ता लाग्ने होम स्टेले उही शुरुवातका कृष्ण चौधरिको होम स्टे भेटिन मुश्किल पर्यो । चारपाच घरबाट शुरु भएको होम स्टे गाभर भ्यालिमा पछिल्लो दशकमा सामुदायिक होम स्टे संचालनका लागि ३०–३५ घरहरूले आधा अर्ब बढी लगानी गरिसकेको पाईयो । पहिले सामान्य खाजाबाट शुरु गरेका कृष्ण चौधरीको आफै बस्ने घरबाट शुरु भएको होम स्टे र थारु परिकारको लगानी बढ्दै गएर दशक पुग्दा डेढकरोडको सम्रचना बनिसकेको छ । यहाँको थारु, मुगाली र हुम्ली समुदाय झल्कने होम स्टेले गाभर भ्यालिको नै मौलिक पहिचान बनाएको छ र यो बिस्तारित रूपमा रहेको छ । यी सबै बिकास र बिशेषततासङ्ग कृष्ण चौधरी जोडिएका छन ।
आज उन्को होम स्टे मात्रै छैन त्यही स्थानमा भिन्नै सम्रचनामा खेर गएका जर्ना काठ र खेर गएका काठको सामाग्री पुनप्र्रयोग गरेर बिशेष गरेर भान्छामा प्रयोग हुने सामाग्रीहरू र मुर्तिहरू निर्माण, प्रदर्शनी र बिक्री गर्दैछन । यहाँ थारु समुदायले प्रयोग गर्ने परम्परागत सामाग्रीहरू रहेका छन, जुन परमपरागत मात्रै नभई स्वास्थ्यको हिसाबले भान्छाको प्रयोगमा महत्वपुर्ण रहेको छ । जामुन, औराख, खयर, सादन, निम लगायतका जडिबुटीको प्रयोग हुने, मिल्केका÷खेर गएका काठहरूबाट उत्पादन हुने गर्दछ । काठहरू संकलन भने सामुदायिक बनबाट र समुदायले पनि ल्याईदिने र बाकी किनेर ल्याउदछन् । यी सामाग्रीहरू घुम्न आउनेले लिएर जाने गर्दछन भने अर्डर अनुसार देशैभर बिक्री गर्छन । यी सामाग्रीहरू उन्ले माग अनुसार उत्पादन गर्न भ्याइनभ्याई छ, कतिपटक त पूरा गर्न सकिरहेका छैनन, मूल्य पनि बजारको जस्तै छ, काठका बिशेषतता अनुसार उपहार लिएर जाने मन खुसी नै बनाएर जान्छन ।
कृष्ण चौधरीको परिचय अहिले होम स्टे सन्चालन र काठको सामान मात्रै बनाउनेमा मात्रै सिमित छैन, बैजनाथ गाउपलिका १ मा पर्ने गाभर भ्याली मध्यवर्ती क्षेत्र भित्र पनि पर्छ, त्यसैले उन्ले समुदाय र यहाँको बिकास समीतिसंग मिलेर पर्यापर्यटन बिकासमा लागेका छन् । यो भनेको उनि जनावर ÷ जिवजन्तुसंगसङ्ग संघर्ष मात्रै गर्दैनन त्यहीलाई आम्दानीका रूपमा लिनापर्छा भनेर काम पनि गरिरहेका छन् । समुदायसङ्ग मिलेर आन्तरिक पर्यटन प्रवद्र्धन गर्न लागि परेका छन । यसैको लागि यहाँ जैबिक पार्क बनाईएको छ त्यस्तै पर्यटन प्रवर्धनमा मिश्रीत समुदाय भएकोले पनि फरक छ । यहाँ आएर बस्ने खाने पर्यटकले भिन्नै स्वादको अनुभव गर्दछन । पर्या–पर्यटनलाई बिकास गर्न कृषि र आनुबाङ्शिक बिबिधितालाई समेटन अहिले सबैजना लागि परेका छन सामुदायिक जिन बैङ्कका रूपमा बिकासको काम गरिरहेको समितीले यस्लाई ब्यबसायको रूपमा बिकास गर्ने लक्ष्य लिएको छ । गाभर भ्याली अबको दशक भित्र अध्ययन÷अनुशन्धान केन्द्र बनाउन लागि परेको छ है, हिड्ने बेलामा कृष्ण जीले सुनाउन भ्याउनु भयो ।
समुदाय बिकासका लागि एउटा ब्यक्तिको प्रयास कति महत्वपूर्ण हुन्छ र कति गर्नसकिन्छ? कृष्ण चौधरी एक उदाहरण बनेका छन । स्थानिय पालिकाका प्रतिनिधिहरूले कृष्ण जस्ता मेहनती र प्रतिभाशाली समुदायका प्रतिनिधिलाई बिज्ञका रूपमा सहयोग र सहकार्य गर्छन कि गर्दैनन होला??