जलवायु परिवर्तन आजको युगको सबैभन्दा चुनौतीपूर्ण र गम्भीर समस्याहरू मध्येको एक हो जसले संसारभरिका जनजीवन जैविक प्रणाली प्राकृतिक सन्तुलनलाई गम्भीर रूपमा असर पु¥याइरहेको छ । यो परिवर्तन मुख्यतया औद्योगिकीकरणपछिको समयदेखि मानवद्वारा उत्सर्जन गरिने हरितगृह ग्यासहरूको वृद्धिका कारण भएको देखिन्छ ।
वातावरण प्रदूषण गराउने मुख्य ग्यासहरूमा कार्बन डाइअक्साइड, मिथेन, नाइट्रस अक्साइड, सल्फर डाइअक्साइड, कार्बन मोनोअक्साइड, क्लोरोफ्लोरोकार्बन जस्ता ग्यासहरूले पृथ्वीको वातावरणमा गर्मी बढाउने काम गर्दछन् । जसका कारण पृथ्वीको औसत तापक्रम हरेक वर्ष बढ्दो क्रममा छ । यस्ता तापक्रम वृद्धिले ध्रुवीय बरफ पगाल्नु समुद्री सतहमा वृद्धि हुनु अनियमित मौसम प्रणाली सिर्जना हुनु बाढी खडेरी भुक्षेय जस्ता प्राकृतिक प्रकोपहरू निम्त्याएका छन् । यस्तो परिस्थितिमा विश्वभरका युवाहरूले विशेष महत्व पाएका छन् किनभने उनीहरू जलवायु परिवर्तनको दिगो समाधानका सम्भावित मियो हुन् । युवा नै सबै परिवर्तनका सम्बाहक हुन र जलबायु परिबर्तन रोक्न सक्ने एक शक्ति पनि । यदि युवालाई राम्रो सङ ज्ञान दिन सक्यो भने जलबायु परिवर्तनमा ह्रास आउन सक्छ ।
विश्वका धेरै देशहरूमा जलवायु परिवर्तनले प्रत्यक्ष असर पारिरहेका छ र नेपाल पनि यसबाट अछुतो छैन । नेपालजस्तो हिमाली ठाउँमा हिउँ पग्लनु सगरमाथामा कोब्रा सर्प देखिनु सुख्खा खडेरि हुनु , मौसम चक्र गडबडी हुनु, वर्षा असमान हुनु बाढी पहिरो बढ्नु जस्ता प्रत्येक्ष असरहरू दिनप्रतिदिन बढ्दै गएका छन् । यी प्रभावहरूले कृषिमा निर्भर नेपाली जनताको जीवनस्तरमा ठूलो असर पारिरहेको छ । यो चिन्ताको कुरा मात्र होइन यो युवाहरूका लागि अवसरको घडी पनि हो । नयाँ विचार प्रविधि र ऊर्जा भएको पुस्ताका रूपमा युवाहरूले जलवायु परिवर्तनको प्रतिरोध गर्न सक्ने चेतना शक्ति र दृढ इच्छाशक्ति राख्छन् । उनकै सक्रियताले जलवायु न्याय सुनिश्चित गर्न सकिन्छ र सन्तुलित विकासको बाटोमा अघि बढ्न सकिन्छ । देशका ग्रामीण क्षेत्रदेखि शहरी बस्तीहरूसम्म विद्यालयदेखि विश्वविद्यालय सामाजिक सञ्जालसम्म युवाहरूको आवाज दिन प्रतिदिन तीव्र हुँदै गएको छ ।
युवाहरूले विभिन्न माध्यमहरूबाट जलवायु संकटबारे चेतना फैलाउन वातावरण संरक्षणमा अग्रसर हुन सक्छ्न । नीतिनिर्माण प्रक्रियामा सहभागी हुन सक्ने क्षमता राख्छन् । सामाजिक सञ्जालहरू, डिजिटल प्लेटफर्महरू, लेखन, कविता, चित्रकला, वृक्षारोपण, हरित अभियान स्वयम्सेवा कार्यक्रमहरू जस्ता विविध उपायहरूबाट उनीहरूले समाजलाई सचेत बनाउन सक्छ्न । धेरै युवाहरूले अहिले लाई मात्र होइन आफ्नै जीवनशैलीलाई पनि परिवर्तन गर्दै हरित जीवनयापनलाई आत्मसाथ गरेका छन् । साइकल चढ्ने, प्लास्टिकको झोला प्रयोग नगर्ने, स्थानीय उत्पादन रोज्ने, अर्गानिक तरकारी प्रती आकर्षण बोटबिरुवा रोप्नेजस्ता अभ्यासहरूलाई उनीहरूले आफ्नो दिनचर्या अपनाएका छन् । यस्तो सक्रियता र परिवर्तनशील मानसिकता युवाहरूलाई जलवायु संरक्षण गर्ने मियोको रूपमा चिनाउने आधार हो । उनीहरू न त सानो समूहमा सीमित छन् न त सीमाना नै उनीहरूका लागि बाधक छन् किनभने जलवायु परिवर्तन एक ठूलो चुनौती हो र त्यसको समाधान युवाहरू सङ्को सहकार्यबाटै सम्भव हुन्छ ।
युवाहरूको आवाज नीतिनिर्मातासम्म पुग्न जरुरी छ । त्यसका लागि युवाहरूले जलवायु विषयमा अध्ययन गर्न, अनुसन्धान गर्न, सेमिनार, गोष्ठी तथा अन्तर्राष्ट्रिय सम्मेलनहरूमा भाग लिनु आवश्यक छ । उदाहरणस्वरूप विश्वव्यापी रूपमा कोप सम्मेलनहरूमा युवाहरूको प्रतिनिधित्व बढ्दो क्रममा छ जसले उनीहरूको दृष्टिकोणलाई उच्चस्तरीय निर्णय प्रक्रियामा समेट्ने अवसर प्रदान गर्छ । नेपालकै सन्दर्भमा पनि वातावरणीय संघसंस्थाहरू विद्यार्थी क्लबहरू राष्ट्रिय जलवायु अभियानहरूमा युवाहरूको संलग्नता उत्साहजनक छ । विद्यालयमा हरित क्लब स्थापना गर्नु महाविद्यालयहरूमा ईको कल्ब सञ्चालन गर्नु वा समुदायमा वृक्षारोपण र सरसफाइ अभियान सञ्चालन गर्नु यी सबै कार्यले जलवायु संकटको समाधानतर्फ सशक्त पाइला चालिरहेको देखिन्छ । जलवायु शिक्षालाई पाठ्यक्रममा समावेश गर्नु युवालाई व्यावहारिक प्रशिक्षण दिनु उनीहरूलाई निर्णय प्रक्रियामा सहभागी गराउनु अत्यावश्यक छ ।
आजका युवाहरू नै रास्ट्र निर्माणका सम्बाहक हुन । उनीहरूको सोच, लगनशीलता र प्रतिबद्धताले नै पृथ्वीको भविष्य सुरक्षित रहन्छ । जलवायु परिवर्तनको समस्या समाधान गर्नका लागि सरकारले विज्ञान, नीति, चेतना र सहकार्यको संयोजन आवश्यक हुन्छ त्यसको मुटुमा युवा पुस्ता रहने निश्चित छ । जब एक युवा रूख रोप्दछ प्लास्टिक बहिष्कार गर्दछ, साइकल चढ्छ, आफ्ना साथीसँग वातावरणीय विषयमा संवाद गर्दछ, वा नीतिनिर्मातालाई झकझकाउछ त्यो सानो कदमले ठूलो परिवर्तन ल्याउन सक्छ । जलवायु न्याय, दिगो विकास र हरित भविष्यको सपना केवल भाषणमा सीमित हुनु हुदैन त्यसलाई व्यबहारमै उतार्न निकै जरुरी छ त्यसका लागि युवाले आजैदेखि आफ्नो भूमिका बुझ्न निकै आवश्यक छ । जलवायु परिवर्तनले विभिन्न खालका प्राकृतिक प्रकोप आउनु भन्दा पहिले त्यसलाई बचाउन वातावरणमैत्री युवाहर्लाई सामेल गर्नु अति आवश्यक छ । युवा वर्ग परिवर्तनका सम्बाहक हुन् जसले पृथ्वीलाई बचाउने छापामारको भूमिका निभाउन सक्छन् । त्यसैले वातावरण संरक्षणका अभियानहरू युवा मैत्री हुनु निकै जरुरी ।
जलवायु परिवर्तनको संकटलाई समाधान गर्न युवाहरूको सक्रियता मात्र विकल्प नभएर आवश्यकता पनि हो । उनीहरूका साना साना पहलहरू जस्तै रूख रोप्ने वातावरणमैत्री व्यवहार अपनाउने जनचेतना फैलाउने नीतिगत बहसमा सहभागी हुने जस्ता कार्यहरूले दीर्घकालीन असर पार्न सक्छ । सरकार संघ संस्थाहरू शैक्षिक निकाय र सम्पूर्ण समाजले युवाको क्षमता र जोशलाई सहि दिशा दिन सकेमा जलवायु संकटको समाधान सम्भव छ । पृथ्वीको रक्षा गर्ने हामी सबैको दायित्व छ पृथ्वी स्वस्थ रहनु भनेको हामी स्वस्थ्य हुनु हो र देश परिवर्तन यात्राका अगुवा आजका युवाहरू हुन् जो परिवर्तनका एक दुत हरियालीका छापामार उज्यालो भविष्यका निर्माता बन्न सक्छन् । अब समय आएको छ जहाँ हरेक युवाले आवाज उठाउनु पर्छ कि युवाहरू परिवर्तनका लागि तयार छ्न भनेर । जय युवा ।