प्याब्सन नेतृत्वका लागि तपाईंको दावेदारीको आधार के होला ?
म नितान्त स्टकचरल लिडर हो । स्टकचरल लिडर भनेको कक्षा कोठामा हुने सिकाईसँग सम्बन्ध राख्दछ । मैले कक्षाकोठाभित्रको शिक्षण सिकाइलाई परिवर्तन गरेर गरेर लाग्छु भनेको छु । त्यही मेरो मुख्य मुद्दा हो । त्यहीनै आधार पनि ।
शिक्षकलाई समयानुकूल परिवर्तन गर्न जरुरी छ, त्यसमा विद्यार्थी हुन्छ विद्यार्थीको अभिभावक हुन्छ, विद्यार्थी पनि परिवर्तन हुनुपर्छ । अभिभावक परिवर्तन हुनुपर्छ । कक्षा कोठालाई पठाउनयोग्य बनाउनका लागि पोलिसी लेभल केही नियम कानुनले पनि प्रभाव पारेको हुन्छ, पाठ्यक्रमले प्रभाव पारेको हुन्छ । तिनै मुद्दाहरूमा काम गर्न सक्छु भनेर म नेतृत्वका लागि अगाडि बढेको हो ।
नेतृत्व सर्वसम्मत गर्ने प्याब्सनको प्राक्टिस् थियो, यसपटक किन होला हुन सकेन नि ?
लोकतान्त्रिक पद्धतिमा कसैले कसैलाई नस्वीकारेको अवस्थामा चुनावलाई त्यति ठूलो लिनुहुन्न भन्ने चाहिँ मलाई लाग्छ । हामी नियम कानुन मान्छौं लोकतान्त्रिक विधि र पद्धति मान्छौं । त्यो भनेको असहमतिका बेला निर्वाचन नै अन्तिम विकल्प हो । कसैलाई लोकतान्त्रिक पद्धतिमा आफ्नो विचार राख्न प्रकट गर्न रोक्दैन भन्ने मलाई लाग्छ ।
चुनावमा हार्दैमा वा जित्दैमा संस्थालाई सहयोग नगर्ने भन्ने बुझाई होला । त्यसमा मेरो स्पष्ट धारणा के हो भने मेरो लेभलले त्यो कुरा चाहिँ गर्दैन ।
निर्वाचन प्रक्रियामा गइसकेपछि निर्वाचन हार्ने वा जित्ने तत्व स्वाभाविकै हुन्छ । हार्नेले कम्तिमा मैले कहिँ न कतै राम्रो काम गरिनछु अझै मैले राम्रो काम गर्नुपर्छ भन्ने महसुस गर्नुपर्छ ।
यतिबेला संस्थागत विद्यालयका हितलाई हेरेर जाने कुरा चाहिँ के हो त ?
अहिले नितान्त व्यावसायिक बनौँ वा प्रोफेसनल हिसाबले हेर्ने हो भने शिक्षकको मुद्दामा दुईटा कुरा छन् । शिक्षकलाई अहिले समाजमा रेस्पेक्टफुल बनाउन नसकेको अवस्था हो ।
यो नेपाल वा नेपालगन्जको मात्रै कुरा होइन यो विश्वको कुरा हो । शिक्षकलाई सम्मान नदिएकै कारण शिक्षकको क्राइसिस भइरहेको छ । तर त्यसका लागि हामी अवेर भएका छैनौँ । समाजले आफ्ना सन्तानलाई शिक्षक बनाउन हुँदैन भनिरहँदा भोलि बालबालिकालाई शिक्षा दिने त शिक्षकले नै हो । त्यसैले एउटा स्कुलले पनि शिक्षक तयार गर्नुपर्छ । एउटा पालिकाले पनि शिक्षक तयार गर्नुपर्छ । शिक्षकलाई सम्मान दिनुपर्छ शिक्षकलाई उत्प्रेरित गर्नुपर्छ ।
शिक्षक नितान्त व्यावसायिक सेवामूलक पेशा हो । यसलाई सबैले सम्मान गर्नुपर्छ । यो सम्मान फर्केर आउँछ भन्ने हामीले मनन् गर्यौं भने यसमा इन्सेटिभका कुरा होलान् वेतनका कुरा होलान् ।
शिक्षक दुईवटा कुराले काम गर्छन् । एउटा सेल्फ ग्रोथ उसको प्रोफेसनल हाइट माथि जानुपर्यो । अर्को प्रोफेसनल हाइट अथवा उसको इन्सेन्टिभका कुरा होलान् । यी दुबै कुरा प्यारालली माथि जानका लागि मेरो नेतृत्वले विधानसम्मत रूपमा मेरो भूमिका हुनेछ ।
समाजमा अहिलेपनि निजी शैक्षिक संस्थाको आलोचना किन ?
यहाँ बुझाइमा फरक परेको हो । बुझाइमा कसरी फरक पर्यो भने पहिले संसारभरि सामुदायिक शिक्षानै थियो, पछि संसारभरि सरकारीकरण भयो, सरकारले यसको जिम्मा लियो ।
पछिल्लो समय शिक्षालाई विकेन्द्रीकरण (स्थानीयकरण) गरिएको छ । र राष्ट्रिय बजेटलाई कटौती गरिएको छ । शिक्षा हिजो पनि स्थानीय स्तरमै थियो अहिले पनि स्थानीय स्तरमै छ । नेपालको संविधानले शिक्षालाई स्थानीय भनेको छ । तर हामीले शिक्षालाई स्थानीय तहमा राखेर त्यसलाई आर्थिक र सामाजिक हिसाबले अगाडि बढाउन सक्छौं कि सक्दैनौं अहिले यो प्रश्न हो ।
त्यसैले विश्वभरी प्राइभेट स्कुल हुनुको मुख्य कारण भनेको के हो भने शिक्षालाई सरकारले अपनत्व दिन सकेन र त्यसमा लगानी गर्न सकेन । सामाजिक अवस्थामा त्यसको एन्स्योर गर्न नसक्दाका कारण प्राइभेट स्कुल संसारभरी जन्मेका हुन् । यसलाई चिरफार गर्ने तरिका हामीले अभिभावकलाई बुझाउन सकेका छैनौं । तपाईले राजश्व तिर्नुहुन्छ र सरकारी विद्यालयमा आउँछ, व्यवस्थापन र शिक्षकलाई खर्च हुन्छ, तपाईले डाइरेक्ट पे गर्नुहुन्छ र प्राइभेट स्कुल चलेका छन् । प्राइभेट स्कुलले समाजको विकास पो गरेको हो त । यसले अन्य कुरा त गरेको होइन । कुनै पनि प्राइभेट स्कुल नहुने हो भने सरकारीको मोनोपोली हुन्छ, यदी प्राइभेट स्कुलमात्रै हुने हो भने प्राइभेटको मोनोपोली हुन्छ । दुवैलाई बराबर तरिकाले अगाडि बढाउने हो भने दुवै आफ्नो रफ्तारमा दौडिन्छन् । भारत र चाइनामा प्राइभेट स्कुल संगसँगै दौडिरहेका छन् भने हामीले यसलाई बुझाउन नसकेको अवस्था हो ।
प्याब्सनले त्यो भूमिका खेल्न सकेन भन्न सकिन्न ?
प्याब्सनमा नेतृत्वमै ठूलो कुरा हो । नेतृत्वमा बस्नेहरुले पोलिसी लेभलमा कुरा गर्नुपर्ने हो । हिजो र आजको परिवेश फरक छ । जसरी मेरा अभिभावकले हुर्काए आजको परिवेश त्यो होइन । अहिलेको समयमा अभिभावकले पनि आफ्ना सन्तानलाई हुर्काउने तरिका बदल्न जरुरी छ । विद्यालयले शिक्षण सिकाई क्रियाकलाप बदल्न जरुरी छ ।
अभिभावक र निजी क्षेत्रले शिक्षामा गरेको लगानीको सुरक्षा देख्नुहुन्छ तपाई ?
चुनौती छ । अहिलेको शिक्षा ऐन पनि छिटो आउनु पर्छ । यसले सबैको मुद्दालाई समेट्नु पर्छ । लोकतन्त्र भनेको नियममा चल्ने व्यवस्था हो । त्यसैले शिक्षा ऐन तत्काल आवश्यक हो । रुल अफ ल सबैको आवश्यकता हो, यसमा दुई मत छैन । सरकारी र प्राइभेट स्कुलको उद्देश्य एउटै हो, बच्चालाई शिक्षा दिने । अभिभावकले आफ्नो बच्चा कही पनि भर्ना गर्न सक्यो, तर बच्चाको शिक्षा पाउने अधिकारको ग्यारेन्टी पोलिसी लेभलमै हुनुपर्यो ।
शिक्षा सेवामूलक व्यवसाय हो, नाफामुलक होइन । सेवा गरेर हामी खुशी छौं । तर, राज्यले त्यो बुझेन भन्छौं हामी चाहीँ । संस्थागत विद्यालयले समाजका योगदान पुर्याएको छ । यदी समाजका संस्थागत विद्यालय हुन्थेनन् भने सबै शिक्षक, कर्मचारीको व्यवस्थापन त गर्न सक्थेन राज्यले, त्यो अवस्थामा झन् धराशयी हुन्थ्यो शिक्षाको अवस्था । अहिले कम्तिमा शिक्षाको स्तरमाथि बढ्दै गएको देखिन्छ नि । शिक्षामा चाहे जो सुकैले लगानी गरेपनि त्यो सुरक्षित हुनुपर्छ ।
वर्तमान अवस्थामा करिब ३६ हजार स्कुल छन् नेपालमा । तर, यही तरिकाले बसाईसराई बाहिर हुने हो भने अबको १० बर्षमा ३६ हजारबाट घटेर ९ हजार हुने हो । विद्यालयमा आउने बालबालिका घट्दो छ, अर्को तिर शिक्षण पेशामा लाग्ने मानिसहरुको संख्या घट्दो छ । यो दुवै चुनौति हो त ।