For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, June 16, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
होमपेज Lifestyle विचार

‘प्रचण्ड’को अन्त र पुष्पकमलको उदय

byDainik Nepalgunj
December 27, 2024
in विचार
0 0
0
‘प्रचण्ड’को अन्त र पुष्पकमलको उदय
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपाली राजनीतिमा सबैभन्दा गतिशील मात्रै होइन जुनसुकै दिशामा जस्तोसुकै परिस्थितिमा पनि आफ्नो लचकता देखाउन सक्ने खुबी भएका नेताको छवि पुष्पकमल दहालले बनाएका छन् । उनका कयौं कमी कमजोरी होलान तर पनि उनमा पार्टी जोगाउन होस् या आफुलाई आफ्नो नेतृत्वलाई जोगाइ राख्न सक्ने खुबी छ भन्नेकुरा उनका सबै कार्यकर्ताले बुझेको कुरा हो । यसैले आजसम्म पनि उनको बिकल्प तयार भएको छैन । शायद उनीबाट शुरु भएको माओवादीको अवसान पनि उनीसँगै नहोला भन्न सक्ने ठाउँ छैन । उनी छविलाल देखि प्रचण्ड बन्दासम्मको यात्रा जे जस्तोसुकै होस् तापनि उनले नेपाली राजनीतिमा आफ्नो छुट्टै छवि बनाएका छन् ।

प्रचण्ड बन्दासम्मको उनको यात्राको रापताप र त्यसले उब्जाएको धङधङीको अन्त नभैकन नेपाली राजनीतिमा पुष्पकमलको उदय हुन सक्दैन्थ्यो । तर उनका कार्यकर्तामा प्रचण्डलाई पुष्पकमल बनाउने चाहना देखिएन । यसैले उनको पार्टी पटकपटक फुट्यो । उनका प्रचण्ड यात्राका सहयात्रीहरुले साथ छोड्दै गए । प्रचण्ड को अन्त्य र पुष्पकमलको उदय नभएसम्म प्रचण्ड र यिनका कार्यकर्तामा राजनीतिक चरित्रको निर्माण नै हुन सक्दैन्थ्यो । यसैले प्रचण्ड युगको अन्त जरुरी छ भन्ने प्रचण्डले बुझेका थिए र आफुलाई बिस्तारै प्रचण्डबाट पुष्पकमलको यात्रामा लग्दै थिए । तर हठात् प्रचण्ड पुष्पकमल बन्दा उनी र उनको प्रचण्डपथको अवसान गराउँदा हुनसक्ने दुर्घटनामा उनी सजग हुँदाहुँदै पनि उनको एक कदम अगाडी र दुई कदम पछाडीको नीति आजसम्म चलिरहेकै छ ।

देशमा जनता जनता लडाएर युद्ध र आतंकको विभिसिका मचाउँदा उनको जुन भारततिरको सामिप्यता थियो त्यो सामिप्यता एकपटक भारत बिरुद्धको सुरुङ युुद्ध भन्दै खाल्टाहरु खन्न थाल्दाका बखत अलिअलि फेरियो भने अर्कोपटक २०६४ सालको चुनावमा उनको पार्टीको अप्रत्यासित जितपछि फेरियो । उनलाई अब भारत चाहिँदैन भन्ने लाग्यो या अब उनीभन्दा शक्तिशाली कोहि छैन भन्ने लाग्यो । उनले आफ्नो सत्ता राजनीति नै देशको परम्परा र यो देशको एकमात्र परिचय रहेको हिन्दुराज्यको बिनास गरेर नेपालको स्थायी अभिभावकीय संस्था राजसंस्था फालेर गरे । यसैको जगमा उनले नेपाल देशका इष्टदेव श्री पशुपतिनाथ मन्दिरको व्यवस्थामा आक्रमण गरे । यो उनको प्रचण्ड युगको भनौं या प्रचण्डपथको चरमोत्कर्ष थियो । प्रचण्ड युगको अर्को विभिसिका यो राष्ट्रको निर्माता बडामहाराज पृथ्बीनारायण शाहको अनादर गरेर पर्दशन गरे । त्यति मात्रै गरेनन् उनै बडामहाराजले निर्माण गरेको सेनालाई बालुवाटार छिर्नासाथ गालीगलौच र आक्रमण गरेर अर्को चरित्रको निर्माण शुरु गरे । यी दुई घटना प्रचण्डपथको उन्माद र चरममा पुगेको बिन्दु थियो । प्रचण्डपथको उन्माद यहाँभन्दा माथि जाने ठाउँ थिएन । अब प्रचण्डको अवसान यहि बिन्दुबाट शुरु हुनुपथ्र्यो, भयो । उनको मनमा रहेको शक्तिको उन्मादको भ्रम यहिँबाट खस्कियो । उनको प्रचण्डपथको असल नियत पनि यहिँबाट नाङ्नि शुरु भयो ।

प्रचण्डका अनेक खुबीहरु हुँदाहुँदै पनि उनले आफ्नो पार्टीलाई साँच्चिकै राजनीतिक पार्टी बनाउन आजसम्म निकै ठूलो कसरत मात्रै गर्नु परिरहेको छैन लामो समयसम्म आफैलाई अस्थिर प्रवृतिको देखाएर पनि हिँड्नु परिरहेको छ । सधैं धाकधम्की र अराजकताका बीचमा नै सत्ताको वैतरणी तर्ने सपना पाल्ने प्रचण्डपथ को निरन्तरता रहन सक्दैन । द्धन्दका बेला दुश्मनको ढाडमा चढेर टाउकोमा हान्ने नीति नै प्रचण्डपथ हो भनेर प्रशिक्षित गरेका उनका इमान्दार कार्यकर्ताहरु विदेशीको गगनचुम्बी भवन निर्माणको लागि स्काफफोडिङ्को सिँढीमा चढेर आफ्नै अभागी टाउकोमा हान्न पुगे भने बैमान र भस्मासुर चापलुसहरुले प्रचण्डलाई पुष्पकमल बन्न आजसम्म दिएनन् । सधैं घेराबन्दीमा राखिराखे । प्रचण्ड यस्तै भस्मासुरहरुको ढाडमा चढेर नेपाली सत्ताको टाउकोमा बसिनरहन खोजे या बाध्य बनाइए ।

प्रचण्डपथको आडमा गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बनेर यो व्यवस्थाको इतिहासमा आफ्नो नाम लेखाएका प्रचण्ड तीन पटक प्रधानमन्त्री भए । उनले आन्दोलनका बेला बाँडेका सबै पोकाहरु कुनै चमत्कारी पोका थिएनन् मात्रै बहुदलीय राजनीतिमा नेपाली नेताहरुले बाँड्ने गरेका सामान्य बकम्फुसे पोका मात्रै थिए भन्ने कुरा प्रचण्डले आफै सिद्ध गरिदिए ।

प्रचण्डको उदय नेपाली राजनीतिको लागि आवश्यक थियो या थिएन भन्ने कुरा पक्कै पनि इतिहासले प्रमाणित गर्ला तर उनलाई सधैं घेराबन्दीमा राखेर आफ्नो दुनो सोझाउने चण्डमुण्डहरुको स्तुतिमा भने प्रचण्ड भनेको यो देशको महानायक हो । उनका शाखा सन्तान भनेका यो देशका ‘राष्ट्रमाता, राष्ट्रपुत्र, राष्ट्रबुहारी, राष्ट्र छोरी ज्ववाईँ’ हुन । यहाँसम्मको चापलुसीको पराकाष्ठाले प्रचण्डलाई पुष्पकमल बन्न आजसम्म दिएको छैन । उनलाईं नेपाली राजनीतिले सहस्र स्वीकार गर्ने परिस्थितिको निर्माण पनि गर्न दिएको छैन ।

कम्यूनिष्टहरुको एउटा मनोरोग हुने गरेको हुन्छ कि जनवादी केन्द्रियताको । जनवादी केन्द्रियतालाई जनताको राज भन्ने गर्छन् कम्युनिष्टहरु तर यसमा देशको सबैकुरा राज्य नियन्त्रित र राज्य पार्टी नियन्त्रित अनि पार्टी अमुक नेता ‘प्रचण्ड’ नियन्त्रित हुने गर्छ । जहाँ वैयतिक स्वतन्त्रता भन्ने कुरा निस्तेज गरिएको हुन्छ । राज्य जतिसुकै निरञ्कुस तानाशाह भए पनि हुन्छ । यसैलाई उनीहरु जनवादी केन्द्रियता भन्ने गर्छन् । पूँजिवादमा पनि रुप मात्रै फरक हुन्छ तर तरिका यस्तै यस्तै नै हो । राज्यका सबै साधन श्रोतहरु अमुक ब्यापारीहरुको नियन्त्रमा रहने गर्छ । यी दुबै व्यवस्थामा जनता मजदुर मात्रै हुन्छ र केहि व्यक्ति र पार्टी मालिक हुने गर्छन् । तर व्याख्या गरिन्छ यसैबाट जनताको मुक्ति हुन्छ या जनताको आर्थिकस्तर उच्च हुन्छ भनेर । नेपालमा यहि बाटोको सपना देखाएर प्रचण्डहरु जन्मिने गरेका छन् । नेपाल आजपनि यस्तै खाले दुई थरिको चपेटामा परेको छ ।

नेपाली राजनीतिका प्रचण्ड विगतको झण्डै दुई दशक भन्दा बढि नेपाली राजनीतिको केन्द्रमा रहेका छन् । पेरुको गोञ्जालो, चीनको माओबाट बिहारको लालू र नितिशको तुलनामा झरेका प्रचण्डको हैसियतको यो गिरावट उनको राजनीतिक जिवनमा गुमाएको सबैभन्दा ठूलो मूल्य हो । उनले आफुलाई प्रचण्डबाट पुष्पकमलमा परिणत गर्न जुन बाटो अख्तियार गर्नुपर्ने थियो त्यो अवसर गुमाउँदै गएका छन् । आफ्नो लचकतालाई बेलाबेलामा प्रचण्डपथतिर लैजान खोज्नु प्रचण्डको अर्को गल्ती हुनसक्छ ।

उनलाई नेपाली राजनीतिमा समयले जुन प्रचण्ड बन्ने अवसर दियो त्यो उनको लागि ठूलो अवसर थियो । त्यसलाई नेपाली राजनीति मात्रै होइन नेपाल राष्ट्रको ‘स्टेस्मेनसीप’ तिर लैजान सक्नुपथ्र्यो तर उनी प्रचण्डबाट एकाएक कहिले लालू बन्न पुगे भने कहिले प्रचण्डपथको सपनामा रुमल्लिन पुगे । यसले उनको एउटा चरित्रको अवसान र अर्को चरित्रको उदय हुन सकेन जस्तो देखियो । उनीसँग अब केहि बर्ष होलान् सक्रिय राजनीति गर्ने । ओली देउवाहरुको भन्दा भिन्नै राजनीतिमा उदय भएका पुष्पकमल दहालले आफ्नो प्रचण्ड युगको अन्त गर्ने आँट गरेर नेपाली राजनीतिका पुष्पकमल बन्ने बाटोतिर नगए उनको आजसम्मको लगानीलाई सम्मान गर्ने बाटो मेटिन सक्छ । कास्कीको किसानको छोरो छविलाल देखि नेपाली राजनीतिको ‘प्रचण्ड’ बन्नेसम्मको उनको यात्राको चरमोत्कर्ष भैसकेको छ । अब उनी पुष्पकमल बनेर नेपाली राजनीतिमा सबैको इतिहासको कदर गर्नसक्ने बन्नुपर्छ । नेपाल राष्ट्र २०५२ सालमा प्रचण्डको उदयले बनेको कतै होइन । यो भ्रम प्रचण्डका चण्डमुण्डहरुले नपाले पनि हुन्छ । नेपाल वर्तमान प्रचण्डहरुको उदय हुनुभन्दा अढाइसय बर्ष अगाडी देखि नै शान्त, सुन्दर र एक सार्वभौम राष्ट्रको रुपमा थियो भन्ने कुरा नेपाली राजनीतिका वर्तमान प्रचण्डहरुले हेक्का राख्नैपर्छ । नेपाली अस्मिता २०४६ साल पछि जे जसरी अधोगतितिर लागेको छ अझै भन्नुपर्दा २०६३ सालपछि तीब्र गतिमा नेपाली अस्मिता घोप्टेमुन्टो लागेको छ त्यसको जिम्मेवारीबाट नेपालका वर्तमान ‘प्रचण्ड’ हरु कसरी भाग्छन् ? प्रचण्डसँग त झन बाहना पनि छैन, उनी झन भाग्नै सक्दैनन् । नेपाल केहि प्रचण्डहरुको र प्रचण्डपथधारीहरुको मात्रै होइन यो पुष्पकमलहरुको पनि हो । यसैले अब ‘प्रचण्ड’ को अन्त र पुष्पकमलको उदय हुन जरुरी छ ।
शुभकामना !

Previous Post

भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने

Next Post

चिसोबाट जोगिन प्राधिकरणको अनुरोध

Next Post
अबको केही दिन पश्चिम नेपालमा बदली, चिसो बढ्ने

चिसोबाट जोगिन प्राधिकरणको अनुरोध

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    सरकारी गलत नीतिको चपेटामा नेपालगन्जका उद्योग

    सरकारी गलत नीतिको चपेटामा नेपालगन्जका उद्योग

    June 15, 2025
    उद्योग संघमा अन्सारीको नेतृत्व

    नेपाल युवा उद्यमी मन्चको नेतृत्वमा डा. मिश्र

    June 15, 2025
    उद्योग संघमा अन्सारीको नेतृत्व

    उद्योग संघमा अन्सारीको नेतृत्व

    June 15, 2025
    आयोग बहिष्कार गर्ने चेतावनी

    आयोग बहिष्कार गर्ने चेतावनी

    June 14, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version