For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, June 18, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

फोटो दस्तावेज हो, इतिहास हो

byDainik Nepalgunj
June 18, 2025
in विचार
0 0
0
फोटो दस्तावेज हो, इतिहास हो
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

ठुलो मासमा क्यामरा समातेर फोटो खिच्ने पुरुषहरू मात्र देखेको थिएँ। यो काम महिलाहरूले किन नगरेका होलान् भन्ने प्रश्नका कारण होला म भित्र फोटोग्राफीप्रति मोह जागेको । उसो त हरेक युगमा त्यो समयका प्रविधिको भरपुर उपयोग गर्नुपर्ने रहेछ । विगत केहि बर्ष यता प्रविधिको बढी भन्दा बढी उपयोग गर्नुपर्छ भन्ने लागेको छ ।

फोटो फोटो मात्र होईन; दस्तावेज रहेछ, ईतिहास रहेछ । फोटोले युगलाई प्रतिनिधित्व गर्ने रहेछ । त्यो समयको विकास, सामाजिक, सांस्कृतिक पहिचान लगायतका धेरै थोक फोटोले बोल्ने रहेछ । तर फोटोको बोलि सुन्नका लागि भने त्यो उन्नत चेत भने चाहिन्छ । त्यसमाथि केही प्राविधिक सिपको पनि आवश्यकता पर्छ ।

मैले सन् २०१९ मा नेपाल पिक्चर लाइब्रेरीसंग काम गर्ने मौका पाँए। नेपाल पिक्चर लाइब्रेरी नेपालको यस्तो संस्था हो, जसले नेपालभरका एतिहासिक फोटोहरू संकलन गरेर डिजिटल रूपमा अभिलेख राखिरहेको छ । नेपालको सामाजिक, राजनीतिक, शैक्षिक लगायतका क्षेत्रमा महिलाहरूको योगदान समेत खोज गरि फोटो संकलन गरिएको छ । कसैले देख्ने नसकेको नेपालका ठुला ठुला आन्दोलनमा महिलाहरूले खेलेको भूमिका ती फोटोहरूले देखाउछ ।

यसै क्रममा मैले सानो फेलोसिप पाएको थिए । काम थियो शिक्षा, स्वास्थ्य, राजनीतिक, सामाजिक लगायतका क्षेत्रमा योगदान दिने महिलाहरूको फोटो संकलन गर्ने । जब फोटो संकलनको काम सुरु भो । फोटो संकलनका क्रममा दुई जना साथी काठमाडौँबाट नेपालगन्ज आएका थिए ।

फोटो संकलनका क्रममा नेपालगन्जको शिक्षा क्षेत्रमा योगदान दिने अग्रणी स्थानमा सबैले लिने नाम नर्बदा शर्माको घरमा पुगेका थियौं । उहाँले फोटो संकलन यसरी गर्नुभएको थियो कि एल्बममा सजाएर राख्नुभएको थियो नै । त्यसमाथि प्रत्येक फोटोमा क्याप्सन पनि राख्नुभएको थियो । उहाँ स्वर्गिय भएपनि ती फोटो र क्याप्सनहरूले धेरै कुरा बताउँथे । यति धेरै फोटो यसरी संकलन गरेको यो विरलै घटना थियो कि ती काठमाडौंबाट आएका साथिहरू भावुक भएका थिए । यसबाट फोटोलाई यसरी चिन्न सक्ने सामथ्र्य हुनुपर्ने रहेछ भन्ने मलाई महसुस भयो । मैले सामान्य ठानेका फोटोहरूमा उनिहरू गहिराई देखिरहेका थिए ।

फोटोमा स्वर्गिय शर्मा र शान्ति श्रेष्ठ लगायतको टिम शैक्षिक भ्रमणका लागि रूपेडियाको रेलमार्ग हुँदै काठमाडौँ गएको, त्यहाँ महिलाहरू निसंकोच रमाएको लगायत गाउँ फर्क अभियान लगायतका एतिहासिक फोटोहरू थिए । जुन आजको समयमा कथा बनिसकेको छ ।

फेलोसिप दिनुअघि लाईब्रेरीले तालिम दिएको थियो । तालिमका क्रममा एउटा फोटोको चर्चा चल्यो। पहिले प्रायः पुरुषहरूले मात्र फोटो खिच्ने रहेछन् । महिलाहरू भने फोटोको पृष्ठभुमिमा चामल केलाईरहेको, काम गरिरहेको देखिन्थे । यसले त्यो समयलाई मात्र देखाउदैन त्यो समयको चेतनाको स्तर पनि देखाउछ ।

अहिले त झन् सिनेमाहरूमा कुन समयमा कस्तो पहिरन थियो भन्ने थाहा पाउन फोटो हेरे पुग्छ। अनुसन्धानका काममा समेत ती फोटोहरू प्रयोग गर्न सकिन्छ। तर अहिलको समयमा पनि आम मान्छेले फोटोको महत्व बुझेको जस्तो लाग्दैन। अहिले सबैको हात हातमा मोबाइल छ । फोटो भन्दा भिडियोप्रति रुचि बढि देखिन्छ । आ–आफ्नो ठाउँमा फोटो र भिडियोको उस्तै महत्व छ । कतिपय अवस्थामा भिडियो भन्दा फोटो नै उपयुक्त हुन्छ । फोटोले कल्पना गर्न ब्रेनलाई दबाब दिन्छ । यसले सोच्न बाध्य बनाउँछ भने यो सृजनशिल विधा पनि हो। यसको अर्थ भिडियो खिच्नै हुन्न भन्नु खोजेको होइन । आजको समयमा मल्टिमिडियाको प्रयोग बढि भन्दा बढि हुन आवश्यक छ । हिजो पो फोटो खिच्ने सुविधा मात्र थियो । तैपनि त्यसको ५० बर्षमा यस्तो महत्वपूर्ण मुल्य छ भने अहिले अभिलेख गरिएका भिजुअलको ५० बर्ष पछि मुल्य कस्तो होला ? त्यसैले पनि प्रविधिको भरपुर उपयोग गर्नुपर्छ भन्ने लाग्छ ।

मैले कहिलेबाट फोटोग्राफी सुरु गरे भन्ने त सम्झना छैन । तर मोबाइल भएदेखि फोटो खिच्न र फोटो खिच्ने सिप सिक्न छोडेको छैन । नेपालगन्जको धम्बोझीमा भएको होलिको बेला डिएसएलआर क्यामराबाट फोटो खिच्न समिरमान श्रेष्ठ दाईले सिकाएपछि धेरै फोटो खिचेको थिए। उहाँले कार्यक्रम सन्चालन गर्नुभएको थियो ।

मोबाइल नहल्लाई कसरी फोटो, भिडियो खिच्ने भनेर दाईले नै सिकाउनुभएको थियो सायद । हामी एउटै रेडियोमा काम गथ्र्यौ। अरू साथीहरूबाट पनि मोबाइल र क्यामरामा फोटो खिच्ने सिप सिके ।

फोटो फेस्टिवलमा बर्ष फोटो बनेपछि

नेपालगन्जमा पहिलो पटक फोटो फेस्टिवल हुदैँ छ भन्ने थाहा थियो । तर मैले फोटो पठाउन पाएन । दोस्रो संस्करणमा मोबाइलमा भएका फोटोहरू माग गरिए भन्दा बढि नै पठाए । रिजल्ट आउदा मेरो फोटो नै बर्ष फोटो घोषित भयो भन्दा दंग परे। कैलालीबाट बर्दिया आउदा सनकट्टि घाटमा मैले पहिलोपटक स्टिमर चढेको थिए । सानो डुङ्गा चढेको अनुभव थियो। तर मोटर बाईक नै चढ्ने यस्तो डुङ्गा चढेको थिएन ।

टिकापुर अटो रिक्सा चढेर आँखा अस्पताल हुँदै हामी सनकट्टि घाटमा पुगेका थियौं । घाटमा अन्तिम संस्कारको कार्य हुँदै थियो। स्टिमर लाग्ने ठाउँमा करिब १०÷१५ मिनेट लगाएर पैदल हिँडेर गयौँ । चर्को घाम भएकाले हामी भन्दा अगाडी आएका मानिसहरू झाडु मुन्तिर बसेका थिए । एकजना बुढो मानिस नदिको छेउमै छाता ओढेर बालुवामै बसेका थिए ।

आधा एक घण्टा कुर्दा पनि स्टिमर नदिको पारी नै रोकिरहेको थियो । कस्तो विडम्बना! पुल भएको भए हामी पारि पुगिसक्ने समय भइसक्दा पनि हामी स्टिमरको भर परेका थियौं। नदि तर्ने मानिसहरू थपिदै थिए । यो समयमा परिचय गर्दा ती मानिसहरूले अछामबाट हिडेर राजापुर पुगेर नुन बोकेर पुराएको सुनाए । केहिले कट्टासे हाट आएको सुनाए । धेरै बेरपछि स्टिमर हामितिर आउदै गरेको देख्यौँ । सबैले आफ्ना झोला र पोकापन्तुरा समाउन थाले ।

केही दिनअघि आएको बाढिले सधैँ स्टिकर लाग्ने ठाउँमा गहिरो पारेछ । अब स्टिमर हामी हिडेर आएको सुरुवाती ठाउँतिर लाग्यो । मानिसहरूको तछाडमछाड सुरु भइहाल्यो । हामी पनि त्यही भिडमा दौडन थाल्यौं । जहाँ स्टिमर हिडेको थियो त्यहाँको नदि छेउ बालुवाले भरिएको रहेछ । स्टिमर छेउमा आउन नसक्ने भयो । स्टिमर चढ्न लामो लाइन लागिसकेको थियो । बल्लतल्ल कुरेको यो डुङ्गामा चढ्न नपाई फेरि कुर्नुपर्ने होकि भन्ने चिन्ताले सबै नदिको छेउबाट नहिडे पानिवाटै डुङ्गासम्म जान थाले । हामीले पनि त्यसै गर्यौ। मेरो साथमा बहिनी थिइन ।‌ तर हामीले टेक्दै गएको पानि गहिराईमा रहेछ । घुँडा भन्दा माथि पानिले छोयो । एक हातमा व्याग र चप्पल र अर्को हातमा मोबाइल थियो। त्यसैबखत खिचेको फोटो नै बर्ष फोटो घोषित भएको थियो ।

यससँगै मैले खिचेका अन्य फोटोहरू पनि फेस्टिवलको भित्तामा झुण्डिएका थिए । मेरो मोबाईलमा थन्किएका यी फोटोले मुल्य पाएको अनुभव गरे । त्यसपछि नियमित फेस्टिवलमा फोटो पठाउन थाले । फेस्टिवलको चौथौ संस्करणसम्म आइपुग्दा यहाँ पनि महिला फोटोग्राफरहरूको सहभागिता कम छ । हरेक क्षेत्रमा महिला सहभागिता बढोस् भन्ने चाहाना छ ।

Previous Post

इच्छाअनुसार सन्तान जन्माउन किन अनिच्छुक ?

Next Post

प्यारोल : दण्ड प्रणालीको सुधारमूलक ब्यवस्था

Next Post
प्यारोल : दण्ड प्रणालीको सुधारमूलक ब्यवस्था

प्यारोल : दण्ड प्रणालीको सुधारमूलक ब्यवस्था

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    प्यारोल : दण्ड प्रणालीको सुधारमूलक ब्यवस्था

    प्यारोल : दण्ड प्रणालीको सुधारमूलक ब्यवस्था

    June 18, 2025
    फोटो दस्तावेज हो, इतिहास हो

    फोटो दस्तावेज हो, इतिहास हो

    June 18, 2025
    इच्छाअनुसार सन्तान जन्माउन किन अनिच्छुक ?

    इच्छाअनुसार सन्तान जन्माउन किन अनिच्छुक ?

    June 18, 2025
    हालसम्मकै उच्च सुनको मूल्य

    सुनको मूल्य निरन्तर बढ्दो

    June 18, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version