विवादित खजुरा गाउँसभा

बाँकेको खजुरा गाउँपालिकाको १५औं अधिवेशन आइतबार आयोजना गरिएको छ । अधिवेशनको सुरुवात नै विवादित भएको छ ।

पालिका प्रमुख डम्मर विक तुफानले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा छलफल नै नगरी पास गर्न खोजिएपछि जनप्रतिनिधिहरूले नै गाउँसभाको बहिष्कार गरेका छन् । २३ जना जनप्रतिनिधिले गाउँसभाको बहिष्कार गरिएको भएपनि सभा सुरु हुनुपूर्व लिइएको उपस्थितिलाई आधार बनाएर जबर्जस्ती नीति तथा कार्यक्रम पास भएको घोषणा गरिएको बताइएको छ ।

खजुरा गाउँपालिका उपप्रमुख मञ्जु मल्लले नीति तथा कार्यक्रम प्रस्तुत भएपनि २३ जना जनप्रतिनिधिले बहिष्कार गरेकाले पास भएको मान्न नसकिने बताएकी छन् । उनले नीति तथा कार्यक्रममा छलफल गर्न नमान्दा बष्हिकार गर्नुपर्ने अवस्था आएको बताइन् । उपप्रमुख मल्लले बजेट तयारी अन्तिममा रहेको उल्लेख गर्दै सोमबार प्रस्तुत हुने, नहुने स्पष्ट बताइनन् । उनले बजेटको सिलिङ्ग शनिबार मात्रै प्राप्त गरेकाले अध्ययन गरिरहेको जानकारी दिइन् । बहिष्कार नगरेका जनप्रतिनिधिले भने नीति तथा कार्यक्रम पारित भएको दाबी गरेका छन् ।

Exit mobile version