१. सरकारले पहिलोपटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोग तथा अभ्याससम्बन्धी अवधारणापत्र तयार गरेको छ ।
२. शुक्रबार राति गएको पहिरोमा पुरिएर ज्यान गुमाउनेको परिवारलाई सरकारले ११ लाख रुपैयाँ राहत उपलब्ध गराएको छ । संघीय र प्रदेश सरकारको तर्फबाट प्राप्त ११ लाख रुपैयाँ राहत रकम परिवारलाई उपलब्ध गराइएको गुल्मीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए ।
३. राष्ट्रिय सभा सदस्य पदमबहादुर परियारले संसद् बैठकलाई सांकेतिक भाषामा पनि प्रत्यक्ष प्रशारणको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । बुधवार राष्ट्रिय सभा बैठकको शुन्य समयमा बोल्दै सांसद परियारले सरकारसँग यस्तो माग गरे ।
४. राष्ट्रिय सभा सदस्य बामदेव गौतमले संसदीय व्यवस्था र निर्वाचन प्रणालीले मुलुकलाई गरिब बनाएको भन्दै प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जानुपर्ने बताएका छन् । बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै गौतमले संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जानुपर्ने बताएका हुन् ।
५. नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघ (नेविसंघ)सहित १० वटा भातृ संस्थाहरूको म्याद थप गरेको छ । बुधबार पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन समितिले १० वटा भातृ संस्थाहरूको म्याद थप गर्ने निर्णय गरेको हो ।
६. प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा रहेका नेपालीको हितरक्षाका निम्ति परराष्ट्र मन्त्रालय र विदेशस्थित नेपाली कूटनीतिक नियोगको क्षमता अभिवृद्धि गर्नुपर्ने बताएका छन् । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको परराष्ट्र मन्त्रालय तथा अन्तर्गतका निकायको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणको प्रस्तुतीकरणसम्बन्धी छलफलमा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।
७. नेपाल आयल निगमले रुपन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारणगृह निर्माण प्रक्रिया तीव्रगतिमा अघि बढाएको छ ।
८. नारायणगढ– बुटवल सडक विस्तार योजनाको दोस्रो पटक थपिएको म्याद आगामी साउन ८ गते सकिँदै छ । दोस्रो पटक थप गरिएको म्याद सकिने अवस्थामा पुग्दा नवलपरासी पूर्वी खण्डमा ५२ प्रतिशत काम सम्पन्न भएको योजनाका सूचना अधिकारी एवं इन्जिनियर शिव खनालले जानकारी दिए ।