- विश्वविद्यालय अनुदान आयोगको तथ्यांकअनुसार उच्च शिक्षामा अध्ययनरत विद्यार्थीमध्ये ८० प्रतिशत साधारण धारतर्फका र २० प्रतिशतले प्राविधिक क्षेत्रको विषय रोजेको पाइएको छ ।
- सरकारले भ्रष्टाचार मुद्दामा अनुसन्धानका लागि हदम्याद राख्ने कानुनी प्रबन्ध गर्न खोजेपछि संसदीय समितिमा विरोध भएको छ । कांग्रेस, माओवादी, रास्वपालगायत दलका सांसदले हदम्याद राख्न नहुने अडान लिएका छन् भने एमाले सांसदले धारणा बनाएका छैनन् ।
- सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत विद्युतीय भुक्तानी (डिजिटल पेमेन्ट एन्ड क्लियरिङ) मा लगाएको भ्याटको भार उपभोक्तालाई थपिएको छ । यसले फिनटेकको योगदानलाई निरुत्साहित गर्ने भन्दै नेपाल राष्ट्र बैंकले भने अर्थ मन्त्रालयलाई यो व्यवस्था हटाउन आग्रह गरेको छ ।
- गुल्मीमा विषालु च्याउ खाँदा एकै परिवारका ८ जना बिरामी परेका छन् । आइतबार साँझ विषालु च्याउ खाँदा रेसुंगा नगरपालिका-८ खानीगाउँका टोमबहादुर थापा श्रीशको परिवार बिरामी परेका हुन् ।
- मर्मत सम्भारका लागि भन्दै गत असार ३१ गतेदेखि मनकामना केवलकार बन्द छ । बन्दका कारण मन्दिर आउने भक्तजनको संख्या ह्वात्तै घटेको छ । तुलनात्मक रुपमा करिव ६० प्रतिशतले भक्तजन घटेको मनकामना मुल पुजारी इन्सान थापा मगरले बताए ।
- सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चालु आर्थिक वर्षमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको पुँजीगत खर्च वृद्धि गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । उनले मन्त्रालयअन्तर्गतका सबै निकाय र विभागमा ९० प्रतिशतभन्दा बढी खर्च गर्न निर्देशन दिएका हुन् ।
- विवाह संस्कृति र परम्परालाई मुख्य विषयवस्तु बनाएर निर्माण गरिएको मिलन चाम्सद्वारा निर्देशित चलचित्र ‘वर एण्ड वधु’ प्रदर्शनको तयारीमा जुटेको छ । आगामी भदौ १४ गतेदेखि प्रदर्शन हुने उक्त चलचित्रमा विवाहको महत्व र परिवारसँग सम्बन्धका कथा प्रस्तुत गरिएको निर्देशक चाम्सले जानकारी दिए ।
- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सङ्घीय अस्पतालमा भीड व्यवस्थापनका सन्दर्भमा प्रगति विवरणसहित ‘रिपोर्ट’ कार्ड सार्वजनिक गरेका छन् ।