बाँकेका आठ स्थानीय तहमध्ये सबैभन्दा बढी अपराधका घटना नेपालगन्जमा हुने गरेको तथ्यांकले देखाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेको मुद्दाको तथ्यांक हेर्ने हो भने बढी आठ स्थानीय तह मध्ये नेपालगन्जमा संख्यात्मक धेरै मुद्दा दर्ता भएका छन् ।
प्रहरीको मुद्दाको तथ्यांक अनुसार, गत आ.व. २०८०÷८१ मा बाँकेमा दर्ता भएका मुद्दाहरू मध्ये सबैभन्दा बढी ४ सय ८६ मुद्दा नेपालगन्ज उपमहानगरपालिकाको रहेको छ । सबैभन्दा कम मुद्दा नरैनापुर गाउँपालिकाको ९६ मुद्दा रहेका छन् ।
बाँके प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक नारायण डाँगका अनुसार खजुरा गाउँपालिका क्षेत्रका १ सय ५४, जानकी गाउँपालिकाका १ सय ९५, कोहलपुर नगरपालिकाका ३ सय ५, राप्तीसोनारी गाउँपालिकाका १ सय ८, डुडुवा गाउँपालिकाका १ सय ४२, बैजनाथ गाउँपालिकाका १ सय ३७ मुद्दा दर्ता भएका छन् ।