नेपाल परापूर्वकाल देखि नै बहुजातिय, बहुसाँस्कृतिक राज्य रहि आएको हो । यहाँ कहिल्यै जात कै कारणले वा साँस्कृतिक कारणले कोहि कसैलाई हेलोहोँचो गरेको र समाजिक घृणावादको बिष पालेको पाइँदैन । एक अर्काको साँस्कृतिक मूल्य मान्यतालाई सम्मान गर्ने परम्परा नै नेपाली समाजको चरित्र रहि आएको हो । यो चरित्रलाई जतिसुकै बङ्ग्याएर प्रस्तुत गर्न खोजिएता पनि यसको यर्थाथलाई बटार्न सकिँदैन । नेपाली समाज भनेको पूर्णतया प्रकृतिमैत्री समाज पनि हो । यहाँका जतिपनि चाडपर्वहरु रहेका छन् तिनको चरित्र, महत्व, मनाउने तौर तरिका सबैजसो मौसम, खेतीपातीको अवस्था, भौगोलिक परिस्थिति, यहाँ फल्ने अन्नपात, यहाँका जातजाति आदिको आधारमा नै रहेका छन् । यहाँ हरेकले वेद पढेको छैन । उपनिषद व्याख्या गरेको छैन । तर पनि कर्मले धर्ती, माटो, जल जमीन आकाश, नदिनाला, पर्वत, मूल कुल आदिलाई आफ्नो वेद मानेको छ । यसैको महत्वमा उपनिषद खोजेको छ । यहाँको समाजमा कामको आधारमा थर निर्माण भएको र त्यसैमा एकले अर्काको कामको सम्मान गर्ने र अर्काको काममा कुनै प्रकारको हस्तक्षेप नगर्ने समाजिक परिपाटीको विकास गरेर आएको समाज नेपाली समाज मात्रै हो ।
नेपाली समाज भनेको स्थिति र गतिको संयोगात्मक समाज हो । यस्तो स्थििति गत्यात्मक समाज देखिनसकेका नेपालका शत्रुहरुले जातिय घृणावादको बिऊ रोपेका छन् । यसको तारो बनाएका छन् बाहुन जातिलाई । जबकि नेपालमा बाहुन थर मात्रैले पनि कहिल्यै शासन गरेन । न बाहुनले कसैको कुनै काम माम र दाममा कब्जा जमायो । कामीको फलाम खानी र औजार निर्माण गर्ने आरनमा बाहुनले कब्जा गर्न गएन । सुनारको सुनखानी र सुनखोजी गर्ने सीपमा बाहुनले कब्जा गर्न गएन । दमाईको बाजा र उसको लुगा सिउने सीपमा बाहुनले कब्जा गर्न गएन । भोटेको जटिबुटी उत्पादन, चौरी गोठमा बाहुनले कब्जा गर्न गएन । नेवारको ब्यापारमा बाहुनले कब्जा गर्न गएन । कुमालको राम्रो भाँडा बनाउने सीप खोस्न र कब्जा गर्न बाहुन गएन । सार्कीले राम्रो जुत्ता बनायो र कमायो भनेर उसको पेशा कब्जा गर्न बाहुन गएन । ठकुरीको शासक बन्ने काममा बाहुन बाधक कहिल्यै भएन । सुँगुर र कुखुरा पालेर कमाइ हुन्छ भनेर बाहुनले पेशा कब्जा गर्न गएन । अरुले गरिखाएकोमा आँखा लगाएर न कहिल्यै डाह गर्यो न ईष्र्याले मर्यो । आफु र आफ्ना स्वानी छोराछोरीको भोको पेटको लागि बाहुनले गरेको भनेको जम्माजम्मी कृषिसम्म मात्रै हो ।
ऋषिपुत्र भनिएका सबै बाहुनहरुको चुलोचौको टपरी टक्टकाएर मात्रै चल्दैनथ्यो तथापि अन्य जातमा पनि टपरेहरु नभएका होइनन् । तर बाहुनले मलाई नै त्यहाँ टपरे राख्नुपर्छ भनेर कुनै जातकोमा कब्जा गर्न कहिल्यै गएन । अरुको पेशामा पैसा छ भनेर कहिँ कतै कब्जा गर्न लूट्न गएको इतिहास बाहुनको छैन । आफुले पाएको पेशा सके पढ्ने पढाउने नसके खेतीपाती गरेर खाने काम गर्दैै बाहुनले आफ्नो जिन्दगी खपाएको र यहाँसम्म आएको हो । तर पनि आज बाहुन सामन्त कहलाइएको छ । लूटेरा भनाइएको छ । बाहुन कै कारणले अरु जातिको विकास रोकिएको, बाहुन कै कारणले अरु जातिले गरिखान नपाएको, बाहुन कै कारणले यो देशको शासन सत्तामा अरु जाति पुग्न नसकेको, जस्ता भाष्य निर्माण गरिएको छ । गर्दा गर्दा आजभोलि त यहाँसम्म भएको छ कि बाहुनलाई दिनमा एकपल्ट गाली नगरि कतिपयलाई खाना नपच्ने, निद्रा नलाग्ने रोग नै लागेको देखिन्छ ।
आज बाहुन सबैतिरबाट स्वार्थ समूहका लागि बाधक देखिएको छ । नेपाली समाजको रितिथिती बचाइराख्नको लागि, बहुसाँस्कृतिक सम्पदालाई जर्गेना गर्न र यसमा सर्वस्वीकार्य सम्मान प्रकट गर्न बाहुन सधैं साधक नै रह्यो । यसैले बाहुन भन्ने जात र उसको कर्म रहँदासम्म नेपालको बहुभाषिक, बहुसाँस्कृतिक विविधतालाई मास्न नसकिने कुरा बुझेकाहरुले बाहुनलाई आफ्नो मिशनको बाधकको रुपमा हेरे । अनि यहाँ अरु जातजातिको कल्याण भन्दा पनि बाहुनको सर्वनाशको लागि मात्रै योजनाहरु चलाइए र चलेका छन् ।
सर्पको टोकाइ मार्न सर्पकै बिषबाट बनेको औषधी प्रयोग हुन्छ । कुनैपनि रोगलाई रोकथाम गर्न सम्बन्धित रोगको भाइरसको भ्याक्सिन दिइन्छ । यसैले त हिरा काट्ने हिरैमा राखेर भनिएको हो । यहि नीतिलाई पश्चिमाले नेपालको समाजिक संरचनामा ब्यापक प्रयोग गरिरहेका छन् । यहाँका बुद्धिजिविलाई नै प्रयोग गरेर नेपाली मौलिक ज्ञान मासे । यहाँका महिलालाई प्रयोग गरेर नेपाली महिलाको मौलिकता, उनीहरुका नेपाली पर्वहरु, उनीहरुमा रहेको मातृत्व र ममतत्व मासिरहेका छन् । बाहुनको थर भएकाहरुलाई नै प्रयोग गरेर बाहुनहरुलाई गाली गलौच गराइरहेका छन् । मौलिक धर्म सँस्कृतिबाट च्यूत गराइरहेका छन् । बाहुनको छवि भनेको अरुलाई निचता देखाउने, लूट्ने, जातिय सर्वोच्वता कायम गर्ने जस्ता मात्रै हुन भन्ने भाष्य निर्माण गरिएको छ । पहिला ब्राम्हण भर्सेस अरु जात र अरु जात भित्र पनि यस्तै नीति प्रयोग गरेर कित्ताकाट माथि कित्ताकाट र घृणावादको चरमोत्कर्षमा समाजलाई लैजाने काम भैरहेको छ । समाजमा मिलेर बसेको समुदाय जतिजति खण्डिकृत हुँदै जान्छ त्यतित्यति विदेशीलाई आफ्नो स्वार्थ पूर्ति गर्न सजिलो हुन्छ । देश र समाजको भेद निकाल्न सजिलो हुन्छ भन्ने बुझेका पश्चिमाले दुई चार हजारमा आएका मुगल या अँग्रेजले हजार बर्षसम्म भारतमा त्यहिँका राजारजौटा र जनताहरु नै प्रयोग गरेर शासन गरेको नीति नेपालमा लागू गरेका छन् । यो ‘डिभाइड एण्ड रुल’ को सिद्धान्त पश्चिमाको मूल सिद्धान्त हो । नेपालमा अरु कुराबाट यिनीहरुले सकेनन् र जातिजाति भित्रको डिभिजनलाई आफ्नो स्वार्थपूर्तिको माध्यम बनाएका छन् । यसैको मुख्य तारो बाहुन बनेको छ ।
यहाँ जातिय समुदायका संघसंगठनहरु बनेका छन् तर तिनीहरु नै आपसी बिखण्डन र तिक्ततालाई नै संस्थागत गर्नमा व्यस्त देखिएका छन् । समष्टिगत अमुक जात भन्दा पनि त्यसभित्र पनि कित्ताकित्ता खोजेर आफ्नो आफ्नो स्वार्थको लागि अर्कोलाई भेद दिने र त्यसैको अप्रत्यक्ष गुलामी गर्दै उसैको आदेश पालकको रुपमा काम गर्ने गरिएको छ ।
जात व्यवस्था र छूवाछूतको अन्त्यको कुरा गरियो । धर्म नै परिवर्तन गराएर जात व्यवस्था अन्त गराउने भनियो । तर कामीले दमाईले छोएको खान सकेन । कामी र सुनार भित्र मै विभेद छ । आपसमा बिहेबारी गर्दैन । दमाईले सार्कीले छोएको खान्न । आपसमा बिहेबारी गर्दैन । सार्कीले पोडेले छोएको खान्न । आपसमा बिहेबारी गर्दैन । तर त्यहाँ कुनै विभेद भएको कुरा कहिल्यै सतहमा आउँदैन । कुनै अधिकारकर्मी र विदेशीका पाल्तू टट्टूहरुले वाक्दै हिँड्दैनन् । तर बाहुनले आफ्नो परम्पराभित्र रहेर बस्दा मात्रै पनि विभेद गरेको छ भन्ने कुरा यिनीहरुले सधैं ठूलो मुद्दा बनाउँदै वाक्दै र छेर्दै हिँडेका छन् ।
यहाँ पश्चिमाको नजरमा सबैभन्दा पहिला मास्नै पर्ने जात बाहुन देखिएको छ । उनीहरु खुलेआम भन्छन् ‘ब्राम्हण रहेसम्म यो जात व्यवस्था रहि रहन्छ’ । यो उनीहरुको घोषित नीति हो । हाम्रो समाजको थिति मास्ने दुस्प्रयास हो । पश्चिमाहरुले बुझेका छन् ब्रम्हाण रहेसम्म यहाँको समाजिक संरचना बिथोलेर इसाइकरण गर्दै डार्रफोर बनाउन सकिन्न । नेपाली समाजभित्रका असल अभ्यासहरु मासेर पूर्ण परनिर्भर समाज बनाउन सकिन्न ।
हामीले अन्यत्रको पनि देख्नुपर्छ, बुझ्नुपर्छ । समाजमा आपसमा लडाएर कसरी आफ्नो स्वार्थ मिलाउने गरिएको छ भनेर । हालै बंग्लादेशमा मुस्लीम मुस्लीम लडाइँदै छ । हिजो मध्यपूर्वमा पनि त्यहि गरियो । अफ्रिकाभरि यस्तै गरियो र आजपनि गरिँदै छ । सुडानमा त्यहि गरियो र देश नै अलग बनाइयो । रुवाण्डामा यस्तै गरियो । पूर्वी टिमोरमा त्यस्तै गरियो । भारतमा धर्मको आधारमा देश नै तीन टुक्रा बनाइयोे । नेपालमा धार्मिक, जातिय र नश्लिय तीनवटै फर्मूला एकैचोटी लागू गरिएको छ । यो कुरा नेपालीले आफ्नो जात भन्दा माथि उठेर बुझ्नुपर्छ ।
२०५२ सालबाट सतहमा नै ल्याइएको आफै आफै मारामार काटाकाट गर्ने फर्मूला आजपनि कुनै न कुनै रुपमा प्रयोग भैरहेको छ । मगर गुरुङ तामाङ शेर्पाहरुलाई अम्बेडरवादी र अन्य अन्य आदि इत्यादी भन्दै बिभाजन गरिँदै छ । बौद्ध भित्र पनि कित्ताकाट गराइएको छ । हिन्दूभित्र वनारसी, वृन्दावनी र मष्टो आदि भनेर कित्ताकाट गरिएको छ । क्षेत्रीलाई पनि खस र अखस भनेर कित्ताकाट गरिएको छ । शिल्पी समुदायमा पहाडे दलित र मधेशी दलित भनेर कित्ताकाट गरिएको छ । उनीहरुका पूर्खाले थालेको बसालेको थितिमाथि नै आक्रमण गरेर मासिँदै छ । उनीहरुका चाडपर्व सँस्कृति माथि गलत ब्याख्या गरेर ‘यो ब्राम्हणको हो तिमीहरुको होइन’ भन्ने गरिँदै छ । यसैको नमूना मगर जातिको दशैंलाई बाहुनको दशैं भन्दै टिकालाई बहिष्कार गर्ने योजना हो । मगरको थानपूजा गर्ने चलनलाई बाहुनले लादेको भनेर थान मै मुतेर मासिएको छ ।
यिनीहरुका चर्च र इसाइ संगठनहरुमा समेत अरु जातबाट नेतृत्व भरपर्दो देखिन्न र बाहुन कै थर भएकालाई बिशेष महत्व दिएर राखिने गरिएको छ । बाहुनवाद र ब्राम्हणको तेजोबध गर्नेहरुलाई समेत आफ्नो सवर्थपूर्तिको भरपर्दो दलाल बाहुन नै चाहिएको छ । बाहुनलाई गाली गर्ने प्रगतिशील बुद्धिजिवी पनि बाहुन नै चाहिएको छ । नेपालका इसाइ संघसंगठन चलाउन समेत त्यहि बाहुन नै चाहिएको छ । गज्जबको तमासा छ नेपालमा बाहुनलाई गाली गरेर प्रगतिशीलताको पगरी गुँथ्ने ।
संसारको सबैभन्दा पुरानो संस्था परिवार हो । परिवारले नीजत्वको रक्षा गर्छ । अहिले आफ्नो जातभित्रको विवाह, रक्त शुद्धताको वैवाहिक परम्परा, (अलग गोत्रमा विवाह परम्परा ) जस्ता हाम्रा स्थायी संस्था नै पश्चिमाहरुको स्वार्थपूर्ति गर्नका लागि सबैभन्दा ठूलो अवरोध भएका छन् । परिवारले वंशको रक्षा गर्छ । वंशभित्रको रितिथिति भाषा सँस्कृति सहित समाजको विकास गर्छ । सुरक्षा प्रदान गर्छ । आफ्नो कुलवंशमा अरुको आक्रमण हुँदा प्रत्याक्रण गर्छ र आफ्नो समाजको सुरक्षा गर्छ । यो कुरा बुझेका पश्चिमाहरुले हाम्रो यो परम्परा मास्ने योजनामा काम गरेका छन् ।
चौतर्फी आक्रमण बीच पनि बाहुनले आफ्नो परम्परा जिउँदो राख्न सकेको इतिहास छ । बाहुनले बरु स्थान परिवर्तन गरेको छ तर आफ्नो मुल कुल धर्म सँस्कृति जोगाउन र सनातन भित्रका अरु सँस्कृतिमा समाहित भएर उच्च सम्मानका साथ मिलेर बस्न सक्ने संयमता राखेको जाति हो बाहुन । यसैले यहाँ हरेकको स्वार्थपूर्तिको बाधक बाहुन बनेको छ । बाहुन जाति माथि नखिनिने समाजसेवी, बुद्धिजिवी पनि कस्तो क्रान्तिकारी ? कस्तो प्रगतिशील ? बाहुनको हुर्मत नलिएसम्म त यहाँ कोहि प्रगतिशील नै हुँदैन । यसैले त सबैभन्दा टार्गेट गरिएको जात बाहुन हो । यो त्यहि देश हो, त्यहि समाज हो जहाँ बाहुनमाथि खनिनुलाई नै क्रान्तिकारिता र प्रगतिशिलता भनिन्छ ।