साबित्री गिरीको नेतृत्वमा क्रियाशिल पत्रकार महिला डब्लुडब्लुजे नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ । क्रियाशिल पत्रकार महिला बाँकेका अध्यक्ष अमृता केसीको अध्यक्षता तथा लुम्बिनी प्रदेशका अध्यक्ष लिला शाहको प्रमुख आथित्यमा शनिबार भएको १२ औ साधारण सभा र छैठौ अधिवेशनले सर्वसम्मत रूपमा अध्यक्षमा गिरीलाई नेतृत्वमा चयन गरेको हो ।
कार्यसमितिको उपाध्यक्षमा बिमला चौधरी ,सचिवमा अमृता जैशी (निशु), सहसचिवमा सुमित्रा चौधरी र कोषाध्यक्षमा सुमित्रा पण्डित रहनु भएको छ । यसैगरी सदस्यहरूमा सजल गैरे, सुनिता बर्मा, मन्जु रिजाल, साहिदा बानो,सरला बराल र सविता चन्द ठकुरी लगायत ११ सदस्यीय कार्यसमित चयन भएको डब्लु डब्लु जे बाँकेले जनाएको छ ।
क्रियाशिल पत्रकार महिलाको अधिवेशनमा निर्वतनमा कोषाध्यक्ष निशु जोशीले प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा क्रियाशिल पत्रकार महिलालाई आर्थिक रूपमा सहयोग गर्ने संस्था तथा व्यक्तिहरूलाई पनि सम्मान गरिएको थियो ।