कश्यप गोत्रिय अधिकारी बंश प्रतिष्ठान बाँकेको चौथो जिल्ला अधिबेशनबाट गोपाल अधिकारीको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कार्यसमिति बाके गठन गरिएको छ ।
कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा श्याम सुन्दर अधिकारी, महिला उपाध्यक्षमा कल्पना अधिकारी, सचिवमा कृष्ण अधिकारी, सहसचिवमा तुल्सीराम अधिकारी, कोषाध्यक्षमा कुमार अधिकारी चयन भएका छन् ।
त्यस्तै, सदस्यहरुमा लिलानाथ अधिकारी, लता शर्मा अधिकारी, सागर अधिकारी, राजाराम शर्मा अधिकारी, अनय कुमार अधिकारी, काशीराज अधिकारी, भीमप्रसाद अधिकारी, रुद्रप्रसाद अधिकारी, श्याम कुमार अधिकारी, शोभाखर अधिकारी र निलराज अधिकारी चयन भएका छन् ।
कार्यक्रममा केन्द्रीय उपाध्यक्ष बिनोद अधिकार र बरिष्ठ सल्लाहकार प्रा डा गोपाल प्रसाद शर्मा अधिकारीले अधिबेशन सफलताको शुभकामना दिएका थिए ।