नेपालगन्ज-१८ कारकाँदोस्थित बाइपास रोड खानेपानी ट्यांकी भगवती टोलको भित्री सडक निर्माण कार्य तिव्र पारिएको छ । संघीय सरकारको एक करोडअन्तर्गत ३० लाख रुपैयाँ यो सडक निमार्ण भइरहेको छ ।
यहाँ आरसीसी नाला, पिसिसी सडक र केही भागमा माटो तथा ग्राबेल हुने १८ नम्बर वडा कार्यालयले जनाएको छ । एक महिना अघि मात्र सडक निर्माणको शिलान्यास गरिएको थियो । जनताको माग र यहाँको आवश्यकताका आधार सडक निर्माण कार्य भइरहेको वडाध्यक्ष दिपक बर्माले जानकारी दिए । बढ्दो सहरीकरणसँगै १८ नम्बर वडामा सडक निर्माणलाई तिव्रता दिइएको छ । अझै अरु सडक शिलान्यास हुन बाँकी रहेका वडाध्यक्ष बर्माले बताए ।