- दुर्गम क्षेत्रमा उडानका लागि तीनवटा साना जहाज खरिद गर्न नेपाल वायुसेवा निगमद्वारा जारी गरिएको बोलपत्रमा जहाज बिक्री प्रस्ताव गर्ने तीनवटै विदेशी कम्पनी प्राविधिक मूल्यांकनमा ‘अयोग्य’ ठहरिएका छन् । निगमको कर्पोरेट विभागका एक अधिकारीका अनुसार तीनवटा साना जहाज खरिदका लागि सार्वजनिक गरेको बोलपत्रमा लेट विमान उत्पादन गर्ने एयरक्राफ्ट इन्डस्ट्रिज चेक रिपब्लिक, डोर्नियर उत्पादन गर्ने भारतको हिन्दुस्तान एरोनटिक्स लिमिटेड र क्यानेडियन जहाज ट्वीनअटर निर्माता कम्पनी डी ह्याभिल्यान्ड एयरक्राफ्ट कम्पनीले निगमलाई जहाज बिक्री गर्न प्रस्ताव पेस गरेका हुन् । तर, तीनवटैले बुझाएका प्राविधिक र आर्थिक प्रस्तावमध्ये पहिलो चरणमा प्राविधिक प्रस्ताव मूल्यांकन गर्दा थुप्रै कैफियत भेटिएका छन् ।
- प्रतिनिधिसभाको बिहीबारको बैठक सांसदहरू हाजिरी गरेर बाहिरिँदा स्थगित भएको छ । सदनमा राजनीतिक दलसम्बन्धी विधेयकमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचना निर्णयार्थ प्रस्तुत गर्ने क्रममा प्रमुख प्रतिपक्षी एमालेका सचेतक महेश बर्तौलाले गणपूरक संख्याको माग गरेका थिए ।
- नेपाली कांग्रेसको जारी महासमिति बैठकमा धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दू राष्ट्र नेपाल निर्माणसम्बन्धी प्रस्ताव पेश भएको छ । फागुन ७ गतेदेखि जारी बैठकमा सो प्रस्तावका पक्षमा एक हजार ६३ जना महासमिति सदस्यले हस्ताक्षर गरेका छन् । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी महासमिति बैठकमा सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानले हस्ताक्षर सुरु गरेको थियो । अभियानका संयोजक शङ्कर भण्डारीले केही समयअघि महासमिति बैठकमा उक्त प्रस्ताव प्रस्तुत गरेका हुन् । उनले सो प्रस्तावको आवश्यकता र औचित्यबारे महासमिति बैठकमा जानकारी गराई पार्टी सभापति शेरबहादुर देउवालाई प्रस्ताव बुझाएका थिए । त्यस्तै पेश भएका चारवटा प्रस्ताव पारित गर्दै कांग्रेस महासमिति बैठक सकिएको छ ।
- सरकारले दूध उत्पादक किसानहरुको माग सम्बोधन नगरेको भन्दै १५ वटा किसान संगठनहरुले आन्दोलनको घाषणा गरेका छन् । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सरकारले पछिल्लो समय दुग्ध उत्पादक किसानहरुको माग सम्बोधनमा गम्भीर नभएको भन्दै आन्दोलनको घोषणा गरेका हुन् ।
- उच्च अदालत पाटनले सन्दीप लामिछानेको पुनरावेदन दर्ता गरेको छ । क्रिकेटर लामिछानेले एक किशोरीलाई करणी गरेको अभियोगमा दोषी ठहर गर्ने जिल्ला अदालत काठमाडौँको फैसालविरुद्ध पुनरावेदन गरेका हुन् । उनलाई जिल्ला अदालत काठमाडौँले करणी गरेको अभियोगमा दोषी ठहर गर्दै आठ वर्ष जेल जसाय, दुई लाख क्षतिपूर्ति र तीन लाख जरिवाना हुने फैसला सुनाएको छ । लामिछानेले जेल बाहिरै बसेर पुनरावेदन गरिपाउँ भनि दिएनको निवेदनमा उच्च अदालतले अनुमति दिएको छ ।
- प्रहरी प्रधान कार्यालय नक्सालले १८ जना प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिएको छ । आफूखुसी कार्यालयमा गैरहाजिरीमा रहेका र खोजतलास गर्दा पनि सम्पर्कमा नआएका १८ जना प्रहरीलाई सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिएका छन् ।
- नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) पार्टीसँग एकता नहुने बताएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा विभिन्न पार्टी परित्याग गरी आएका नेता/कार्यकर्ताहरूलाई एमालेमा प्रवेश गराउँदै उनले यस्तो बताएका हुन् ।
- र, बर्दियाको मधुवन नगरपालिका-२ खैरेनीस्थित सडकमा साइकलबाट लडेर साइकलयात्री ४५ वर्षीय लोहारी थारूको मृत्यु भएको छ । साइकलबाट लडेर गम्भीर घाइते भएका उनको उपचारको लागि बर्दिया अस्पताल गुलरियातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
यतिबेला म परसपुर-गौघाट सडक खण्डमा छु । …किलोमिटर सडक निर्माण हुने समय आउन करिब ६ महिना मात्र बाँकी छ । तर अचम्मको कुरा अहिलेसम्म १२ प्रतिशतजति मात्र काम भएको छ ।
समयमै
यसले