मोरङको बुढीगंगा गाउँपालिका–४ मा मालबाहक ट्रक पल्टिँदा दुईजनाको मृत्यु भएको छ। भारतीय नम्बर प्लेट नम्बर आर.जे.२९जी.बी. १५६१ को मालबाहक ट्रक पसलमा पल्टिँदा तीन/ चारजना च्यापिएको शंका गरिएको थियो ।
त्यसमध्ये सोही ठाउँका स्थानीय ५ वर्षीय निशान्त अधिकारी र इसिता अधिकारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नवराज कार्कीले जानकारी दिए। उनीहरू जुम्ल्याहा दाजुबहिनी हुन् । उनीहरू बुवासँगै पसलमा बसिरहेका थिए ।
उनीहरूका बुवा ५० वर्षीय ज्योति अधिकारीको घुँडामुनिको भाग थिचिएकाले त्यही अक्सिजन दिएर राखिरहेको छ। उनको उद्धार गर्ने कार्य भइरहेको छ ।
‘उनीहरू तीन जना आफ्नो पसलमा बसिरहेको अवस्थामा मार्बल बोकेर आएको मालबाहक ट्रक पल्टिएर थिचेको हो,’ एसपी कार्कीले भने।