- अमेरिकाले अवैध तरिकाले आफ्नो देशमा प्रवेश गरेका आठजना नेपालीलाई फिर्ता गरेको छ । मानव तस्करको प्रलोभनमा ल्याटिन अमेरिकी राष्ट्र हुँदै अमेरिका प्रवेश गरेका उनीहरूलाई अमेरिकाले प्लेन चार्टर्ड गरी नेपाल पठाएको हो । डिपोर्ट भई आएकाहरू केही समय अमेरिकाको जेलमा समेत बसेका थिए । मानवतस्करहरूको प्रलोभनमा परी बर्सेनि सयौंको संख्यामा नेपालीहरू ल्याटिन अमेरिकी राष्ट्र हुँदै अमेरिका पुग्ने गर्छन् । यसरी जानेहरू अमेरिका प्रवेश गरेपछि आफूहरू शरणार्थी भएको दाबी गर्छन् ।
- संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले उमेर घटाएर नागरिकता लिएको र सोही नागरिकताका आधारमा राहदानीसमेत लिएको प्रकरणको प्रमुख प्रतिपक्ष एमाले प्रतिरक्षामा उभिएको छ । सत्तापक्षका सांसदहरूले महासचिव पाण्डेयले दोहोरो नागरिकता लिएको र उमेर घटाएको नागरिकताका साथै अर्को नागरिकताका आधारमा पनि दोहोरै राहदानी लिएको विषयमा प्रश्न उठाएको प्रसंगको एमाले सचेतक महेश बर्तौलाले आलोचना गरेका हुन् ।
- काठमाडौंको थापाथलीस्थित परोपकार स्त्रीरोग तथा प्रसूति अस्पतालबाट २६ दिनको शिशु चोरी भएको छ । काभ्रेको चौरीदेउराली गाउँपालिका-३ स्थायी घर भई हाल कपन बस्ने सविता श्रेष्ठको २६ दिनको बच्चा अस्पतालबाटै चोरी भएको जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए ।
- कपिलवस्तु नगरपालिका वडा नम्बर ४ पिपरी गाउँको कुलोमा हत्या गरी गाडिएको युवकको शवको टाउको ६ दिन पछि फेला परेको छ । शुक्रबार दिउसो शव भेटिएको स्थलभन्दा दुई सय मिटर पूर्वतर्फ कुलोमा जलाएर गाडिएको अवस्थामा टाउको फेला परेको हो ।
- अब दुईवटा सेयर खाता (डिम्याट अकाउन्ट) रहेका लगानीकर्ताहरू आफैंले एउटाबाट अर्कोमा सेयर सार्न पाउने भएका छन् । दुईवटा डिम्याट खाता रहेका लगानीकर्ताहरूलाई सेयर सार्न अहिलेको प्रक्रिया झन्झटिलो भएपछि सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) ले यस्तो प्रणाली अभ्यासमा ल्याउन लागेको हो ।
- गृह मन्त्रालयले सार्वजनिक एवम् सरकारी स्वामित्वको जग्गा कसैले हडपेको भए त्यसको यकिन विवरण मन्त्रालयसमक्ष पेस गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले सरकारी जग्गा अतिक्रमण हुन नदिन देशभरका प्रशासन कार्यालयलाई उक्त निर्देशन दिइएको जानकारी दिए ।
- जाजरकोट र पश्चिम रुकुमका भूकम्पपीडितलाई राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भूकम्प प्रभावित परिवारको अस्थायी आवास निर्माणका लागि दोस्रो किस्ताको रकम निकासा गरेको छ । दोस्रो किस्ता उपलब्ध गराउन थप ९० करोड रुपैयाँ निकासा भएको हो ।
- र, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले विकासको बाधक राजनीतिकभन्दा बाहिरको गठबन्धन भएको बताएका छन् । शुक्रबार नेपालगन्जमा पत्रकार र नागरिक समाजसँगको अन्तरक्रिया कार्यक्रममा उनले बाह्य गठबन्धनले विकास निर्माण र सुशासनमा बाधा पुर्याएको बताएका हुन् ।