नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेताहरुको कार्यविभाजनका सन्दर्भमा आवश्यक तयारी पूरा नभएपछि सोमबारका लागि निर्धारण भएको स्थायी समितिको बैठक आगामी मंगलबार हुने भएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार अपराह्न भएको पदाधिकारीको अनौपचारिक बैठकपछि स्थायी समितिको बैठक मंगलबार गर्ने निर्णय भएको पार्टी प्रवक्ता एवम् उपाध्यक्ष अग्निप्रसाद सापकोटाले जानकारी दिए । उनका अनुसार पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेशका इञ्चार्जलगायतको कार्यविभाजनका सन्दर्भमा आवश्यक गृहकार्य गर्न पदाधिकारीलाई जिम्मेवारी दिएका छन् ।