खजुरा गाउँपालिका वडा नम्बर २ का स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेका छन् । परस्पुर-गौघाट सडकखण्ड वर्षौदेखि अलपत्र परेको र स्थानीय सरकारले यसलाई सम्पन्न गर्न कुनै चासो नदिएको भन्दै स्थानीयहरुले वडा कार्यालयमा तालाबन्दी गरेको हो ।
उक्त सडक अलपत्र हुँदा स्थानीयहरुलाई सास्ती भएको यहाँका रेशम क्षेत्रीले जानकारी दिए । ‘यो सडक निर्माण गर्न निर्माण कम्पनीले ढिलासुस्ती गरिरहेको छ,’ उनले भने, ‘यसलाई समयमै सम्पन्न गर्न यहाँका स्थानीय सरकार र जनप्रतिनिधिहरुले पनि दबाब दिनु पर्ने हो । दिइरहेका छैनन् ।’