पुरुषोत्तम सापकोटा
नेपाल विद्युत प्राधिकरणले सडक बत्ती काट्ने तयारी गरेको छ ।
सडक बत्तीको महसुल भुक्तानी स्थानीय तहको जिम्मा रहेको भन्दै प्राधिकरणले विद्युत महसुल नतिर्ने स्थानीय तहको सडक विद्युत काट्ने जनाएको छ ।
प्राधिकरणले बाँकेका प्रमुख जिल्ला अधिकारीलाई पत्र लेख्दै विद्युत लाइन काट्न खटिने कर्मचारीहरुको सुरक्षा व्यवस्था मिलाउन आग्रह गरेको छ ।
बाँकेका विभिन्न स्थानीय तहले सडक बत्ती वापतको विद्युत महसुल बुझाएका छैनन् । स्थानीय तहहरुले आफ्नो क्षेत्रमा रहेको विद्युतको पोलको भाडा प्राधिकरण दिनुपर्ने लगायतका तर्क राख्दै आएका छन् ।
नेपालगन्ज वडा नं. १८ का वडाध्यक्ष दिपक बर्माले विद्युत पोल जडान वापतको दायित्व प्राधिकरणले स्थानीय तहलाई भुक्तानी गर्नुपर्ने बताएका छन् ।