विद्युतीय कारणले गत एक बर्षमा भएको ४३ वटा आगलागी घटना नियन्त्रणका लागि नेपालगन्जको दमकल प्रयोग भएको छ । गत बर्ष नेपालगन्जको दमकल प्रयोग भएका ८४ आगलागीका घटना मध्ये सबैभन्दा बढी आगलागीको मुख्य कारण विद्युत सर्ट सर्किट थियो । ८४ मध्ये २३ वटा आगलागीको कारण खुलेनन्, ग्याँसका कारण ४ वटा आगलागीका घटना भए ।
नेपालगन्ज मात्रै होइन बाँकेमा गर्मीका बेला आगलागीका घटना ह्वात्तै वृद्धि हुने गरेका छन् ।
विगत डेढ दशकमा बाँकेमा भएका आगलागीका घटनामा १५ हजार बढी प्रभावित भएको आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रूपन ज्ञवालीले जानकारी दिए । उनले डेढ दशकको तथ्यांक हेर्दा नेपालगन्ज, होलिया, बेतहनी, मटेहिया, नरैनापुर, कालाफाँटा, लक्ष्मणपुर, कटकुइया क्षेत्रहरूमा आगलागीका घटना बढी हुने गरेको पाइएको बताए ।
जिल्ला विपद् व्यवस्थापन समिति बाँकेको तथ्यांक अनुसार, डेढ दशकमा जिल्लामा दुई हजार ४ सय ५९ वटा घरधुरीमा आगलागीका घटना भएका छन् । ती घटनामा १४ हजार ६ सय ५ जना प्रभावित भएको तथ्यांक छ ।
विगत १२ वर्षको अवधिमा सबभन्दा बढी आ.ब. २०६८/२०६९ मा ५ सय ७६ घर जलेर नष्ट भएको थियो । आ.ब.२०७५/२०७६ मा पनि १ सय २६ घर जलेका थिए ।
गत आव २०७९÷८० मा भएको आगलागीमा बाँकेमा