For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, May 21, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    न्यायमा पहुँच र न्यायिक उत्तरदायित्व : लोकतान्त्रिक राज्यको आधारभूत प्रतिबद्धता

    न्यायमा पहुँच र न्यायिक उत्तरदायित्व : लोकतान्त्रिक राज्यको आधारभूत प्रतिबद्धता

    विश्वव्यापी स्वास्थ्य सङ्कटकाल घोषणा

    विश्वव्यापी स्वास्थ्य सङ्कटकाल घोषणा

    उच्च रक्तचापको समस्याः हामी कहाँ चुक्छौँ ?

    उच्च रक्तचापको समस्याः हामी कहाँ चुक्छौँ ?

    मदन भण्डारी तथा जिवराज आश्रित प्रति हार्दिक श्रद्धाञ्जली

    मदन भण्डारी तथा जिवराज आश्रित प्रति हार्दिक श्रद्धाञ्जली

    सौभाग्यको पर्व (वट-सावित्री) बर्साइत

    सौभाग्यको पर्व (वट-सावित्री) बर्साइत

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

सकारात्मक सोचः जीवनलाई उज्यालो बनाउने शक्ति

byDainik Nepalgunj
November 12, 2025
in विचार
0 0
0
सकारात्मक सोचः जीवनलाई उज्यालो बनाउने शक्ति
Share on FacebookShare on Twitter

जीवनमा सुख–दुःख, सफलता–असफलता, अवसर र चुनौती सबै कुरा मानवीय यात्राका स्वाभाविक पक्ष हुन् । तर ती अवस्थालाई हामीले कस्तो दृष्टिले हेर्छौँ भन्ने कुराले नै हाम्रो जीवनको गुास्तर निर्धारण गर्छ । कुनै पनि अवस्था प्रति धेरै दुःखी र चिन्तित नभई त्यसलाई सहज रूपमा स्वीकार्नु नै सकारात्मक सोच हो । मानिसको वास्तविक पहिचान उसको विचारबाट हुन्छ । ऊ जसरी सोच्दछ, ऊ त्यस्तै बन्छ । त्यसैले सकारात्मक सोच नै मानिसको जीवनको ऊर्जाको मूल स्रोत हो । बन्दुकको नालमा भन्दा सकारात्मक सोचमा हजारौँ गुणा बढी शक्ति हुन्छ । जसले सकारात्मक सोचलाई सही समयमा, सही ठाउँमा, सही तरिकाले प्रयोग गर्न सक्छ, उसकै जीवन र जगत सुन्दर बन्ने गर्छ ।

नेपालमा प्रचलित उखान छ । जस्तो मन त्यस्तै तन” हाम्रो सोचले नै हाम्रो व्यक्तित्व निर्माण गर्छ । सकारात्मक सोचले मात्र आत्मबल, आत्मविश्वास, र प्रेरणा बढाउँछ । नेतृत्व क्षमताको विकासदेखि लिएर स्वस्थ मन र सफल संगठन निर्माणसम्मका सबै कुरा सकारात्मक सोचकै उपज हुन् ।

खप्पतड बाबाले भनेका छन् — विचार बाण सरह हुन्छ। एक पटक उच्चारित विचार वा शब्द फिर्ता गर्न सकिँदैन । त्यसैले बोल्नु अघि सोच्नुपर्छ, किनभने हाम्रा विचारहरूले नै हाम्रो कर्म र परिणाम तय गर्छन् । नकारात्मक सोचले निराशा, आक्रोश र असन्तुष्टि जन्माउँछ भने सकारात्मक सोचले खुशी, सहिष्णुता र सन्तोष प्रदान गर्छ ।

डा.योगी विकाशानन्दका शब्दमा — संसार बदल्न चाहिन्छ भने सुरुवात आफैँबाट गर्नुपर्छ।” आजको युगमा धेरै मानिसहरू अरूले गरेनन् भनेर दोष लगाउँछन्, तर आफूले के गरेँ भन्ने प्रश्न उठाउँदैनन् । अरूको आलोचना गरेर होइन, आफैँबाट सुरु गरेर मात्रै सकारात्मक परिवर्तन सम्भव हुन्छ । त्यसैले अरूको कमजोरी होइन, आफ्नो योगदान खोज्ने बानी बसाल्नुपर्छ ।

डा. म्याक ओडेलले भनेका छन् — महान कार्य सुरु गर्ने सबैभन्दा उपयुक्त समय आजै हो । समय बर्बाद नगरी, आलोचना छाडेर काममा लाग्नु नै सकारात्मक सोचको व्यवहारिक रूप हो ।

हिजोआजको नेपाली समाजमा नकारात्मकता बढ्दै गएको महसुस हुन्छ । सामाजिक सञ्जालदेखि लिएर दैनिक कुराकानीसम्म, अरूको कमजोरी खोज्ने, गुनासा गर्ने र निराशा फैलाउने प्रवृत्ति बढेको छ । यस्तो सोचले वातावण मात्र होइन, मनोवृत्तिलाई पनि विषाक्त बनाउँछ । नकारात्मक सोचले मानिसलाई कमजोर र असन्तुष्ट बनाउँछ त्यसका विपरीत, सकारात्मक सोचले चुनौतीमा पनि अवसर देख्न सिकाउँछ । विष्टर्न चर्चिलको भनाइ छ ः निराशावादी व्यक्ति हरेक अवसरमा समस्या देख्छ, आशावादी व्यक्ति हरेक समस्यामा अवसर देख्छ ।

सकारात्मक सोचले व्यक्ति मात्रै होइन, समाज र राष्ट्रको ऊर्जा पनि बढाउँछ । सहकार्य, सहिष्णुता र सद्भावका आधारमा समाज अघि बढ्छ । जो मानिस अरूको सहयोग गर्छ, ऊ वास्तवमै सुखी हुन्छ । आफूमा भएको ज्ञान, सीप र क्षमता अरूमा बाड्दा त्यो घट्दैन, झन् बढ्दै जान्छ ।

अहिलेको समाजमा देखिने नकारात्मक प्रवृत्तिहरूको चर्चा गर्दा आलोचना र गुनासो केन्द्रित संवादलाई बढावा पाईरहेको देखिन्छ । परिवार, समूह र मिडियामा अरूको दोष खोज्ने, कुराहरू बिगारेर मात्र देखाउने प्रवृत्ति बढेको छ । तुरुन्तै नकारात्मक भावनामा प्रतिक्रिया दिने, असन्तुष्टि, रिस, घृणा र तिरस्कार सहज रूपमा व्यक्त गरिन्छ । सहिष्णुता घटेको छ । तुलना र ईष्र्या — सामाजिक सञ्जाल र उपभोक्तावादका कारण अरूको जीवनसँग लगातार तुलना र ईष्र्या बढेको छ । विवाद र कटुता फैलाउने सामूहिक व्यवहारहरू पनि देखिएका छन् । छोटो चिन्तन, अफवाह फैलाउने र बहसलाई नकारात्मक दिशामा लगाउने प्रबृत्ति बढेको छ ।

कर्तव्यविरुद्धको उदासीनता बढेको छ । अरूले गरेनन, भन्ने बहाना र जिम्मेवारी छाड्ने प्रवृत्ति देखिन्छ । यी प्रवृत्तिहरूले व्यक्तिको मनोवृति, सम्बन्ध र क्षमता माथि दिगो प्रभाव पार्छन् ।

नकारात्मक सोचबाट व्यत्तिलाई मात्रै नभई समाज समेत पार्ने असर पार्दछ । मानसिक स्वास्थ्यमा क्षति, बारम्बार नकारात्मक विचारले चिन्ता, डिप्रेसन र तनावको जोखिम बढाउँछ । आत्मविश्वास घटछ, निर्णय गर्न क्षमतामा कमी आउँछ ।

नकारात्मक सोचले शारीरिक स्वास्थ्यमा प्रभाव पार्दछ । दीर्घकालीन तनावले निद्रा नलाग्ने, प्रमुख रोगहरूको जोखिम (उच्च रक्तचाप, तौल वृद्धि÷कमी, पाचन समस्या) बढाउन सक्छ ।

नकारात्मक सोचबाट सामाजिक सम्बन्ध लाई बिगार्ने र टुटफुट पार्नमा मद्धत गर्दछ । नकारात्मक बोली र व्यवहारले पारिवारिक सम्बन्ध, मित्रता र कार्यस्थलको सहकार्यमा दरार ल्याउँछ । नकारात्मक सोचले उत्पादकता र आर्थिक प्रभाव पार्दछ । कार्यक्षमता घटछ, अवसरबाट बन्चित हुन्छ; समुदाय र संस्थाहरूको प्रगति ढिलो हुन्छ ।

नकारात्मक सोचले माथी उल्लेखित हानी गर्ने भएकाले हामीले सधै सकारात्मक सोच अभिवृद्धि गर्ने तर्फ लाग्नु पर्दछ । व्यक्तिगत अभ्यासहरू जस्तै प्रातःकाल आभारको अभ्यास गर्ने हरेक दिन तीनवटा कुरामा आभार व्यक्त गर्ने बानी बसाल्ने — सानी चीजबाट पनि खुसी महसुस गर्न सिक्नु पर्दछ । ध्यान र साँस अभ्यास गर्नु पर्दछ । दैनिक १०–२० मिनेट गरिने ध्यानले मनलाई शान्त र केन्द्रित बनाउँछ; नकारात्मक विचार घट्छ ।

सकारात्मक सोच अभिबृद्धिका लागी नियमित शारीरिक अभ्यास गर्नु पर्दछ । व्यायामले मानसिक र शारीरिक ऊर्जा बढाउँछ । दिनको साना–साना काममा पनि रमाएर काम गर्नु पर्दछ । आत्मवार्ता सुधार गर्ने, आफैंसँग बोल्ने भाषा सकारात्मक राख्ने — म सक्दछु शैलीमा आत्मप्रेरणा दिने गर्नु पर्दछ । नकारात्मक विचार आएका बेला त्यो विचारलाई प्रश्न चिन्ह लगाएर सोध्ने — के यो सत्य हो? के यो उपयोगी ? छ भनेर बिचार गर्नु पर्दछ ।

समस्या–समाधान केन्द्रित सोच बनाउनु पर्दछ । समस्या देख्ने बानीको सट्टा समाधान सुझाउने अभ्यास गर्नु पर्दछ । साना कदममा समस्यालाई विभाजन गरी क्रमशः समाधान गर्दै जानु पर्दछ ।

सीमित आश्चर्य र अपेक्षा व्यवस्थापन गर्ने, अतिविश्वास र अतिरञ्जनाबाट बच्ने; वास्तविक लक्ष्य र योजना बनाउने गर्नु पर्दछ । सम्बन्ध र सामाजिक वातावरण सुधार गर्नु पर्दछ । सकारात्मक मानिसहरूको सञ्जाल बनाउने, उत्साह दिने, सहायता गर्ने र प्रेरित गर्ने साथी र समुहमा समय बिताउनु प्रयास गर्नु पर्दछ । सम्वादमा श्रोता बन्न सक्नु पर्दछ । अरूलाई पुरै सुन्नु र सहानुभूति देखाउने बानीको बिकास गर्नु पर्दछ । यसले झगडा र भ्रम कम गर्दछ । अरूलाई प्रोत्साहन गर्ने व्यवहार देखाउनु पर्दछ । साना सफलताहरूको प्रशंसा गर्ने र साझा खुसी बाँड्ने बानी बसाउनु पर्दछ । अनवश्यक नकरात्मक खबर÷पोष्टबाट टाढा रहने सामाजिक सञ्जाल र समाचार उपभोगमा न्युनतम समय सीमित गर्ने; रचनात्मक सामग्री खोज्ने, प्रेरणादायी पुस्तक, पोडकास्ट र लेख पढ्ने÷सुन्ने गर्नु पर्दछ जसले सकारात्मक सोचलाई पोषण गर्छ ।

स्कूल र कार्यस्थलमा सामाजिक–भावनात्मक शिक्षा दिनु पर्दछ । बालबालिकालाई प्राथमिक तहदेखि नै आत्म–सम्झौता, समाधान प्रविधि र सहानुभूतिमा सिकाउने कार्यक्रम बनाउनु पर्दछ । समुदायमा आयोजित वर्कशपहरूमा सकारात्मक संचार, तनाव व्यवस्थापन र मनोस्वास्थ्यबारे जनचेतना अभिवृद्धि गर्ने कार्यक्रम ल्याउनु पर्दछ ।

जीवनमा सकारात्मक सोच विकास गर्नका लागि केही अभ्यासहरू आवश्यक छन् जसमा स्वास्थ्यमा ध्यान दिने, नियमित व्यायाम गर्ने, सन्तुलित भोजन गर्ने, असन्तुष्टि होइन, आभार प्रकट गर्ने, ईष्र्या र घृणाबाट टाढा रहने । आफूलाई अरूभन्दा ठुलो होइन, उपयोगी बनाउने प्रयास गर्नु नै सकारात्मक सोचको व्यवहारिक अभ्यास हो । सफलताको मूल सूत्र नै सकारात्मक सोच हो । जीवनका बाटामा समस्या होइन, समाधान खोज्ने दृष्टि राख्नुपर्छ । नकारात्मक सोचले बाटो बन्द गर्छ, सकारात्मक सोचले नयाँ बाटो खोल्छ । हरेक व्यक्तिको सफलता अरूको हातमा होइन, आफ्नै मनमा निहित हुन्छ । त्यसका लागि मन र मस्तिष्क सकारात्मक हुनु जरुरी छ ।

याद राखौं — सकारात्मक सोचको मुहान हामी आफैं हौं । त्यसैले हरेक व्यक्तिले आजैदेखि आफैंमा सकारात्मक सोच विकास गर्न थालौं । किनभने सकारात्मक सोचको बाटो नै सफल जीवनको बाटो हो । (लेखक अधिवक्ता हुन् ।)

Previous Post

अवरोधका बावजुद गाजामा जीवन बचाउन हरेक प्रयास गर्ने संयुक्त राष्ट्रसङ्घको प्रतिबद्धता

Next Post

धमाधम खुल्दै दल, छैन चुनावको माहोल

Next Post
दलका हेरफेर पेस गर्न आयोगकाे निर्देशन

धमाधम खुल्दै दल, छैन चुनावको माहोल

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
विवाहको दबाब दिन किशोरी टावर चढेपछि …

विवाहको दबाब दिन किशोरी टावर चढेपछि …

May 21, 2026
४१ डिग्री तापक्रम अनियमित विद्युत

४१ डिग्री तापक्रम अनियमित विद्युत

May 21, 2026
मानव बेचबिखन विरुद्ध सचेतनामूलक तालिम

मानव बेचबिखन विरुद्ध सचेतनामूलक तालिम

May 20, 2026
हरित उद्यममार्फत आत्मनिर्भर बन्दै बर्दियाका युवा महिला

हरित उद्यममार्फत आत्मनिर्भर बन्दै बर्दियाका युवा महिला

May 20, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version