परिचय
इस्लामिक इतिहासमा कर्बला पश्चात, ह़र्रा र मक्का घेराबन्दी मात्र भूतकालका दुःखद घटनाहरू होइनन् । यी तीनै घटनाले आज पनि हामीलाई यो सन्देश दिन्छन् कि “जब सत्ता पतनको बाटोमा लाग्छ र धर्मको पवित्रता लांछित हुन्छ, तब सत्य बोल्न र अत्याचारको विरुद्ध उभिनुकाे मूल्य रगतले तिर्नुपर्छ।” करबला लगायतका यी घटनाहरूले राजनीतिक र धार्मिक नेतृत्व साँच्चिकै कस्तो हुनुपर्ने हो भन्ने पाठ सिकाएका छन् । साथै धर्मको नाममा गरिने दमनको भयंकर परिणामहरूबाट रुबरु गराएकाछन् ।
करबला, जहाँ मानवताको अन्त्य र ईमानको पुनः उदय भयो । १० मुहर्रम ६१ हिजरीमा यज़ीद नामक अधर्मी शासकले रसूलअल्लाह (स.अ.व.) का नाति इमाम हुसैन (अ.स.) संग बैअत (समर्थन) माग्दा उहाँले प्रष्ट भन्नुभयो : “म यज़ीद जस्तो मानिसलाई कहिल्यै स्वीकार गर्दैन् ।” इमाम हुसैनको यो इन्कारको मूल्य स्वरूप करबलाको रणभूमि, जहाँ उहाँ र उहाँका साथी, परिवार, समर्थक, र सन्तानहरु तीन दिन सम्मको भोक प्यासा शहीद गरिए । शहीद हुनेहरुमा छ महिने दुखमुखे बालक, वृद्ध, युवा र वयस्क गरी ७२ जना थिए । जो अति कूर्रता र निर्दयताका साथ शहीद गरिए । उहाँले दिनु भएको त्यो बलिदान कयामत सम्म सत्य र न्यायको प्रतीक बन्यो । जुनकि आज सम्म पनि मुसलमानहरूले प्रेरणाको रुपमा लिने गरेकाछन् ।
ह़र्रा, मदीनावासीहरूको विद्रोह र यज़ीदको निर्दयता
मदीना शरीफको पूर्वी भागमा रहेको कालो ज्वालामुखी चट्टानहरूले ढाकिएको भूमिलाई “हर्रा” भनिन्छ । त्यसैले यस युद्धलाई “वाक़िआतुल हर्रा” वा “हर्रा युद्ध” भनेर चिनिन्छ।
करबलाको दुखद घटनाको दुई वर्षपछि, जिलहिज्जा, ६३ हिजरीमा मदीनाका जनताले विद्रोह गरी यज़ीदको गभर्नरलाई निकाला गरे । अनि तत्काल स्वतन्त्रताको घोषणा गर्दै अब्दुल्लाह बिन हंजला नेतृत्वमा आए । इमाम हुसैनको शहादत पश्चात जब मदीनाका भक्तहरूले हुसैन अलैहिस्सलामको शहादतको खबर पाए । उनीहरूको मन छियाछिया भयो । उनीहरूले यज़ीदलाई खलीफा मान्न अस्वीकार गरे। उनीहरूले बैअत तोडिदिए । त्यो नै बैअत थियो जसलाई पैगम्बर मुहम्मद ﷺ को शहर मदीनामा गरिन्थ्यो, जहाँ हजरत अली रजि. आए । जहाँ हजरत फातिमा ज़हरा स. ले श्वास लिईन् । जहाँ सहाबाहरूले इस्लामलाई फैलाए । यज़ीदले यो विद्रोह सहन सकेन् र मुस्लिम इब्न उक़्बालाई ठूलो फौजसहित मदीनामा पठायो । मदीनालाई घेरियो र २८ जिलहिज्जा ६३ हिजरीमा ह़र्राको युद्ध भयो । जुन इतिहासमा एउटा डरलाग्दो ऐतिहासिक घटनाको रूपमा दर्ज छ । तीन दिन सम्म मदीनालाई खुल्ला गरियो । मस्जिद ए नबवी ﷺ लाई अपवित्र गरियो । सहाबा र तिनीहरूका वंशजहरूलाई शहीद गरियो । सहाबाका साथै ताबाईन, अंसार, मुहाजेरीन मारिए । सात सय भन्दा बढी क़ारी-ए-कुरआनहरू मारिए । महिलाहरूको अस्मिता लुटियो, बच्चाहरु अनाथ भए । तीन दिन सम्म रसूलुल्लाह ﷺ को शहर मदीनालाई यज़ीदको फौजका लागि खुला गरियो जसको शिकार अविवाहित बालिकाहरुलाई बनाइयो । इतिहासकारहरु भन्छन् कि मदीनामा हजारौं अनैतिक सन्तानहरू यही ज्याजती पश्चात जन्मिए । यहाँ सम्म कि मस्जिद-ए-नबवी पनि सुरक्षित रहन सकेन् । यस घटनाले यजीदी शासनको असहिष्णुता, दमन, अत्याचार र क्रूरतालाई संसार सामु ल्यायो । मुस्लिम इब्न उक़्बाले जब आफूलाई मृत्यु नजिक पायो उसले विष खाँदै भन्यो “मैले रसूलको शहरसंग प्रतिशोध लिएँ “
मक्का घेराबन्दी, पवित्रताको अपमानको चरमसीमा
यजीदले ह़र्राको युद्धपछि मक्कालाई पनि छाडेन् । अरे त्यो मक्का जहाँ अल्लाहको घर काबा अवस्थित छ । इमाम हुसैन रजि. को शहादत र मदीनाको बेहुर्मती (अपमान) पछि हजरत अब्दुल्लाह इब्न जुबैर रजि. ले यज़ीदको बादशाहत अस्वीकार गरी इस्लामी उम्मतको लागि सच्चा नेता बने । यज़ीदको फौजले मक्काको घेराबन्दी गर्यो । त्यो शहर जसलाई अल्लाहले शान्तिको शहर भनेका थिए, जहाँ कत्लेआम र अत्याचार हुनु त परै जाओस्, शिकारीलाई पनि शिकार गर्ने अनुमति छैन् तर यज़ीदलाई न त इस्लामको चासो थियो न हरमको सम्मान । उसको सेनाले मक्का घेर्यो, मन्ज़नीक (catapult) बाट ढुंगा प्रहार गर्यो । काबा शरीफको पवित्र कपडा किसवालाई जलाइयो र काबा नै क्षतिग्रस्त बनाइयो । व्यापारी, ज़ायरीन (तीर्थयात्री), इमाम, क़ुरआनका हाफ़िज़हरू, बुढापाका, मुजाहिदीनहरू र सामान्य मुसलमानहरू जो हजका लागि वा मक्कामा इबादत गरिरहेका थिए, तिनीहरूलाई मारिएको थियो । यसरी गरिएको मक्काको घेराबन्दीले सम्पूर्ण इस्लामी विश्वलाई नै स्तब्ध बनायो । तर यज़ीदको अचानक मृत्यु हुदाँ यजीदी सेना मक्का छोड्न बाध्य भयो । जस पश्चात अब्दुल्लाह बिन जुबैरको शासन स्थापित भयो । इतिहासकारले भन्छन्: “जस घरलाई इब्राहीमले बनाएका थिए, त्यो यज़ीदको फौजले आगो र ढुङ्गाले क्षतिग्रस्त बनाइदियो ।”
इतिहास र आजको प्रतिबिम्ब
सत्ता विरुद्ध नैतिकता:
करबला युद्धमा शहीद भएका इमाम हुसैन र हर्रा को युद्धमा मदीनाका जनताले अन्याय विरुद्ध आवाज उठाए । आज पनि विश्वभरि मानिसहरू दमन र तानाशाहीको विरोध गरिरहेका छन् । फिलिस्तीन (गाजा), र ईरानका जनता अझै करबलाबाट नै प्रेरित छन् ।
धर्मको राजनीतिक शोषण:
यज़ीदले धर्मलाई आफ्नो दमनलाई औजार बनायो । आज पनि कतिपय सत्ताधारीहरु धर्मको नाममा राजनीतिक स्वार्थ पुरा गर्छन् । अनि धर्मको वास्तविकता भन्दा भिन्दै चरित्र प्रस्तुत गरी न्याय, दया र सत्य लज्जित बनाउदैँ आइहेकाछन् ।
सत्यको मार्गमा बलिदान अनिवार्य:
सत्य बोल्नेहरू आज पनि जेल, यातना र हत्या सहिरहेका छन् । जो सत्य बोल्छ सत्तासीनहरु तिनलाई मौन गराउन हत्या समेत गराउन पछि पर्दैनन् । तसर्थ करबला र ह़र्राले यही सिकाउँछन् कि सत्यका लागि उभिनु सजिलो छैन् तर सत्यको विजयका लागि संघर्ष गर्नु अति आवश्यक छ ।
कर्बला, ह़र्रा र मक्का घेराबन्दीको घटना हाम्रो लागि चेतावनी हो । यदि हामी अत्याचार विरुद्ध मौन रह्यौं भने, यज़ीदियत फेरि फर्कन्छ । दमनकारी सत्तासीनहरुको दमन, शोषण, अत्याचार, निरकुंशता, फेरि पनि जन्मिन सक्छ । तसर्थ धर्म कहिल्यै सत्ता तर्फ झुक्नु हुँदैन् । सत्य स्थापित हुन जति गाह्रो छ । सत्य त्यति नै अमूल्य हुन्छ र त्यसको फल अमर हुन्छ । अत्याचारी जतिसुकै शक्तिशाली भए पनि उसको अन्त निश्चित हुन्छ । यी घटनाहरूलाई केवल इतिहासको अंश होइन्, यिनलाई आजका अन्याय र मौनताको विरुद्ध एक चेतावनीको रूपमा सम्झनुपर्छ।
यज़ीदको मृत्यु र उसले लगाएका घाउ
रबीउल अव्वल ६४ हिजरीमा, यज़ीदको अचानक मृत्यु भयो । तर मदीना र मक्कामा लगाएका घाउ कहिल्यै भरिएनन् । ती घाउहरू अझै पनि इतिहासका पानाहरूमा लिपिबद्ध छन् । यज़ीदको पक्षमा हुने समूहहरू आफ्ना मिम्बरहरूबाट यी सत्य लुकाउने प्रयास गर्छन् । यज़ीदको बचाउ गर्नेहरू र उसको कालो इतिहासलाई लुकाउनेहरू एउटा समुह छ र यजीदसंग घृणा गर्ने अहलेबैतसंग आस्था राख्नेहरुको अर्को समुह छ । आज धेरै यस्ता व्यक्ति छन् जो यज़ीदलाई निर्दोष ठान्छन् ।
तर यज़ीदका समर्थकहरु करबलाको युद्ध, हर्राको युद्ध र मक्काको घेराबन्दी जस्ता घटनाहरूको यर्थातलाई ढाकछोप गरिरहेकाछन् । मानौं ती घटना कहिल्यै भएनन् । माथिका घटनालाई मनन गरी तपाई आफै सोच्नुस्, यजीद कति दुष्ट थियो । यज़ीदले केवल अहलेबैतलाई मात्र होइन् , उसले त सम्पूर्ण उम्मतको आत्मालाई नै छियाछिया पारेकोथियो । अहलेबैतसँग माया राख्नु सत्यसंग उभिनु हो जबकि यजीदको समर्थन गर्नु कति नाजायज हो यो भन्नै पर्दैन् । करबला, हर्रा र मक्का घेराबन्दी केवल इतिहास होइनन् । करबल र हर्रा जस्ता घटना त्यो ऐना हो, जसमा ती सबै अनुहार देखिन्छ जो यजीद जस्तो अत्याचारी र दुष्टको पक्षमा उभिएका थिए । अब त यज़ीदको बचाउ गर्दा लाज लाग्नेछ होला । अब पनि यजीदको समर्थन गर्नु रसूलुल्लाह ﷺ र अहलेबैत भन्दा यज़ीदलाई प्रिय ठान्नु हो ।
अहिले केही यस्ता व्यक्ति छन् जो यज़ीदलाई “अमीरुल मोमिनीन” भन्छन् । खोई कुन मुखले उसलाई रज़िअल्लाह (परमेश्वरको प्रसन्नता प्राप्त) भन्न खोज्छन् । जबकि ऊ अमीरुल मोमिनीन छदैँथिएन् , ऊ त दुष्ट थियो “अमीरुल लानतीन” थियो । ऊ त मानवजातीमाथि त्यो कुष्ठरोग थियो जसलाई कुनै पवित्रिकरणले सफा गर्न सकिदैन् । कोही कोही त भन्छन् “यज़ीद माथि लानत नगर्नु ऊ मुस्लिमहरुको हाकिम थियो” । केवल फिरऔन र नमरूद जस्ता तानाशाहहरूका लागि मात्र घृणा होईन् । जसले इमाम हुसैनलाई शहीद गर्यो। जसले मस्जिद-ए-नबवीलाई घोडाहरूको अस्तबल बनायो । जो अहलेबैतलाई शहीद गर्यो । काबालाई क्षतिग्रस्त बनायो । मदीना शरीफलाई लुट्यो । सहाबाका परिवार (महिला) लाई तीन दिन सम्म आफ्नो सेनाको लागि हलाल बनायो । ऊ सबभन्दा बढी घृणाको लायक छ । तथापि यज़ीदका विषयमा मौनता छ । जबकि मौन हुनु अत्याचारीको साथ उभिनु हो । यद्यपि
हुसैनी कहिल्यै अत्याचारीको अगाडि मौन हुँदैन् ।
रसूलुल्लाह ﷺ ले भन्नुभयो: “हुसैन मुझसे है और मैं हुसैन से हूँ अर्थात हुसैन मबाट छन् म हुसैनबाट छु ” यो हदीस थाहा पाइ राख्दा पनि मौन बस्नु हुजुर ﷺ विरुद्ध युद्ध हो । जो यज़ीदलाई “रहमतुल्लाह” भन्छन्, उनीहरू अल्लाहको रिसबाट डराउनु पर्छ । यज़ीदको नाम “रहमत” होइन्, “लानत(घृणा)” सँगै जोडिएको छ । तसर्थ जसरी यजीदका समर्थक यजीदी हरेक युगमा यज़ीदियत रहनेछ । त्यसरी नै हरेक युगमा अहलेबैतसंग प्रेम आस्था राख्ने हुसनी र हुसैनियत रहिरहनेछ ।
ReplyForwardAdd reaction |