For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, April 26, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

    युएईविरुद्ध नेपालको जित

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    निजी विचार

    निजी विचार

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

    युएईविरुद्ध नेपालको जित

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    निजी विचार

    निजी विचार

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
होमपेज News

योगको महत्व

byDainik Nepalgunj
January 17, 2024
in News
0 0
0
योगको महत्व
Share on FacebookShare on Twitter

माघ १ अर्थात राष्ट्रिय योग दिवस । योग दिवसका अवसरमा नेपालमा बिभिन्न कार्यक्रमको आयोजना गरि योग दिवस मनाईयो । यस सन्दर्भमा बाँकेमा पनि गरौं योग रहौं निरोग भन्ने मुल नाराका साथ नवौं राष्ट्रिय योग दिवस मनाईयो । बाँकेमा योग समिति नेपाल, पन्तञ्जलीले छुट्याछुट्टै कार्यक्रम गरेका थिए । तर सरकारले दिवस मनाउने घोषणा गरे पनि सरकारी तवरबाट योग दिवस मनाएको पाइएन ।
बाँकेमै केन्द्रिय कार्यालय रहेको योग समिति नेपालले नेपालगंजमा प्रभात फेरि, योग अभ्यास र अन्तरक्रियाका साथ योग दिवस मनाएको थियो । सरकारले माघ १ गते लाई राष्ट्रिय योग दिवस मनाउन सबै स्थानिय तहलाई पत्राचार गरेको थियो । तर सरकारको घोषणा अनुसार स्थानिय तहले योग दिवस मनाएनन । मानव स्वास्थ्यका लागी योगको महत्व भए पनि सरकारी निकाय र स्थानिय तहले योगलाई महत्व दिएको देखिएन । योगको प्रचार प्रशार र योगअभ्यास गराउन पहलसम्म थालेको देखिएन ।
मन्त्रिपरिषद्को विसं २०७२ साउन २८ गतेको बैठकले माघ १ गते राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय गर्दै यसको संयोजन गर्ने जिम्मेवारी शिक्षा मन्त्रालयलाई सुम्पेको थियो । तर सरकारले राष्ट्रिय योग दिवस मनाउने दिन घोषणा गर्ने बाहेक अन्य कुनै कार्य गरेको छैन ।
हरेक दिन हरेक घर घरमै योग र आयुर्वेदको आव्हान, टोल टोल मै योग केन्द्र स्थापना संचालन, हामी सबै मिलेर योग गरौं स्वस्थ सबल नेपालको निर्माणका लागी योग भए पनि सरकार र यस अन्तरगतका संयन्त्रले सो अनुसार ब्यवहार गरेका छैनन ।
अहिलेको आधुनिक बिज्ञान तथा प्रबिधिको तिव्र बिकाशले गर्दा मानिसहरू एक स्थानमा बसी बिभिन्न क्रियाकलापहरू गर्ने गर्दछन् । जसले गर्दा मानिसको शरिर शारिरीक श्रमबाट टाढिन्छन् । सधै हतार हतारमा रहने, चिल्लो पिसो अमिलो खान मन पराउने, मसलेदारखाना खाने, जंक फुड (पत्रु खाना) खाने, सधै चिन्तिन, तनावग्रस्त रहने गर्नाले मानिसहरूमा अनेकन रोगहरू देखा पर्न थालेका छन् । जसले गर्दा शारिरीक तथा मानसिक रूपमा स्वस्थ्य रहन योगको अभ्यासको आवश्यकता पर्दछ । योग अभ्यासबाट बिशेष रूपमा नसर्ने रोगबाट बच्न र स्वच्छकर दिर्घ जिवन प्राप्त गर्नमा मद्धत पुग्ने भएकाले योगको महत्व दिन प्रतिदिन बढ्दै गएको छ ।
सामान्य अर्थमा योग भनेको जोड्नु हो । शरिर मन, आत्मा र ईन्द्रियहरूको मिलन अर्थात शरिरलाई मन, मनलाई आत्मा र आत्मालाई परआत्मासंगको मिलनलाई नै योग भनिन्छ । योग आनन्दको महासागर होे । योग भनेको जोड्नु हो । योग शरिर दिमाख र आत्माको कनेक्सन हो । योग भनेको आत्माको मध्यामबाट स्वयसम्मको मात्रा हो ।
महर्षि पतञ्जलीका सिद्धान्तनुसार चित्तको वृत्तिलाई वास्तविक निरोध गर्नु नै योग हो । हाम्रो अस्थिर मनलाई स्थिर बनाउनु नै योग हो । हाम्रो मनमा अनेक प्रकारका राम्रा नराम्रा वृत्ति उत्पत्ति भइरहेका हुन्छन् । योगले मानिसमा आफूभित्र रहेको रोगलाई निरोध गर्न सक्छ । नियमित योग अभ्यासले अज्ञानताबाट ज्ञानतर्फ, जडबाट चेतनातर्फ, निर्बलताबाट सवलतातर्फ, पुग्नमा मद्धत गर्दछ । महर्षि पतञ्जलीका का अनुसार योगले जीवनबाट ब्रहृम, प्रत्यक्षबाट परोक्ष एवं सीमितबाट असीमिततर्फको आध्यात्मिक यात्रा हो योग ।
योगले शरीर, मन र आत्मालाई एकाकर बनाई मन, शान्त स्थित गराउनमा मद्दत गर्दछ । योगासनको निरन्तर अभ्यासले शारीरिक, मानसिक र अध्यात्मिक व्यक्तित्व विकास हुन्छ । आसन गर्दा श्वास प्रश्वासलाई ध्यानमा राखेर विस्तारै गर्दा मानसिक शान्ति हुन्छ । योगासनबाट शरीरमा स्फुर्तिलो र हल्का हुन्छ । कर्मको फलको रूपमा सुखभोग गरी त्यसबाट आनन्द प्राप्त गर्दछ । त्यसैले योगशास्त्रमा ‘शरीरमाद्यं खलु धर्म साधनम् अर्थात् शरीर नै सबै धर्म (कर्म) गर्ने साधन हो भनिएको छ । त्यसर्थ शरीरलाई स्वस्थ, सुदृढ र पवित्र राख्न सके मात्र मानसिक रूपमा पनि सन्तुलित, सृर्जनात्मक, सक्रिय र जागरूक भएर विभिन्न कर्महरू सहजै गर्न सकिन्छ ।
योगबाट व्यक्तिको व्यक्तित्व विकास हुन्छ र विभिन्न प्रकारका (शारीरिक, मानसिक, भौतिक र सामाजिक) सुखहरूको भोग गरी आनन्द प्राप्त गर्न सफल हुन्छ । भगवान शिव, गौतम बुद्ध तथा हजारौ मुनिहरूको साधना भूमिका रूपमा रहेको नेपाल योगको उद्गम स्थल हो । हठयोगका विभिन्न साधना पद्दतिका विकास नेपालमै हुनु तथा योगीलाई राजवैद्यका रूपमा हेर्ने कुराले प्राचीन समय देखि नै नेपाल योग भूमि हो भन्ने पुष्टि हुन्छ । प्राचीन कालदेखि ऋषिहरूले विकसित गरेको योगको महत्व अहिलेको सन्दर्भमा झन बढेर आएको छ । यसै कुरालाई मध्य नजर राख्दै नेपालबाटै प्रथम पटक माघ १ लाई योग दिवसका रूपमा मनाउन थालिएको हो । पछि संयुक्त राष्ट्रसंघले जुन २१ लाई विश्व योग दिवसका रूपमा घोषणा गरी मनाउन थालेको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार स्वास्थ्य भनेको केवल रोगबाट मुक्त हुनु मात्र नभई शारीरिक, मानसिक, सामाजिक तथा आध्यात्मिक रूपमा स्वस्थ हुनु हो । यो सबैको प्राप्तिको आधार योग नै हो ।
वर्तमान समयमा बदलिदो जीवनशैली, खानपान, तनाव, कुलत का कारण विभिन्न नसर्ने रोगको विगविगि बढेको छ । हामीले जीवनशैली परिर्वतन गर्ने क्रममा प्रमुख रूपमा यी कुराहरू नगर्ने भन्छौ जुन डरमा आधारित छ । उदाहरणको रूपमा चुरोट पियो भने क्यान्सर हुन्छ, तनाव लिए, मद्यपान गर्यो भने उच्चरत्तचाप हुन्छ । यो डर देखाई जीवनशैलीमा नियन्त्रण गर्ने विधि हो । त्यसैले जीवनशैली परिवर्तनको यो आधार मान्छेहरूलाई थाहा हुदाहुदै पनि आ ! आज गरौ भोलीबाट सुधार गरौला भन्दा भन्दै खराव चिजमा मानव तल बस्दै गएको छ । हाम्रो स्वास्थ्य संग सम्बन्धित यति महत्वपुर्ण सवालमा हामी समयमै सजक भइएन भने भोली खराव स्वास्थ्य हुनबाट बच्न सकिदैन । त्यसैले योगमा आधारित जीवनशैली परिर्वतनबाट मानिसमा खुशी र आनन्द आउने हुनाले जीवनशैली परिवर्तन आजको आवश्यकता हो ।
प्राचीन समयमा हठयोग, तन्त्रयोग, मन्त्रयोग, राजयोग, कर्मयोग, ज्ञानयोग जस्ता विभिन्न योग प्रमुख रूपमा रहेका थिए । वर्तमान समयमा विश्वमा यिनैबाट विकसित गरिएका भावातित ध्यान, विपश्यना ध्यान, सूदर्शन क्रिया, अष्टाङ्ग योग, विक्रम योग, विन्यास योग, आयङ्गर योग, कुण्डलिनि योग जस्ता अनेकौ विधिहरूको बृहत अनुसन्धान तथा उपयोग भैरहेको छ । रोगीका लागि योग चिकित्सा पद्धति हो भने निरोगीका लागि जीवन पद्दति हो ।
अहिले मानिसहरूलाई शारीरिक तथा मानसिक समस्याले सताएको छ । यस अर्थमा अहिले मनसँग शरीरको जोडलाई नै योग भन्न सकिन्छ । यस अर्थमा शारीरिक रूपमा स्वस्थ्य, मानसिक रूपमा शान्त र आधात्मिक रूपमा उच्च चेतनायुक्त भएर जिउने कलालाई नै योग भनिन्छ । त्यसैले योग एउटा जीवनशैलीको रूपमा हेर्नुपर्छ र बनाउनुपर्छ भनिएको हो ।
यसैले भन्ने गरिन्छ । “योग फूल फुल्ने मार्ग हो,योग शुद्धिकरणको मार्ग हो,योग स्वयंको प्राप्ति हो, योग भनेको आफैमा हुनुको आनन्द हो,योग आनन्दको महासागर हो । योग स्वयंको यात्रा हो ।
योग अभ्यासमा आ आफ्नै तौरतरिका र बिभिन्न प्योकजहरू रहेका छन् । सामान्यतया योगको सुरुवात ध्यानात्मक आसन हुदै, पन्च ताली बजाउने, उठेर गरिने शुक्ष्म क्रियाहरू, मुख खोली आवाज निकालेर जोडले हास्ने, हासीसके पछि वामअपका लागी योग अभ्यासका साथ आध्यामिक र लोक पाराका गितमा नृत्यु गर्दै योग अभ्यासलाई अगाडी बढाउन सकिन्छ । त्यस पछि उठेर गरिने शुक्ष्म क्रियाहरू, उठेर गरिने बिभिन्न आसनहरू, बसेर गरिन शुक्ष्म क्रियाहरू, बसेर गरिने आसनहरू, सुतेर पेटको बलमा गरिने आसनहरू, सुतेर आकास तर्फ फर्केर पिठ्युको बलमा गरिने आसनहरू, बिभिन्न प्राणायाम गरिसके पछि पुन ध्यान गरेरमा योग अभ्यास समापन गर्न सक्दछौ ।
नियमित योगको अभ्यासले शरीरमा हल्कापन आउँछ । यसले सम्पूर्ण अंग–प्रत्यङ्ग तथा कोषलाई समेत प्राणवान् र स्वस्थ बनाउँछ । योग अभ्यासले मन र इन्द्रीय नियन्त्रण गर्न सहयोग पुर्याउँछ । योग अभ्यास गर्दा स्वासप्रस्वासको गहिरो प्रभाव र प्रयोग हुन्छ । जसबाट प्रयाप्त अक्सिजन ग्रहण गर्ने क्षमताको विकास हन्छ । योगले शरीरमा रक्तसञ्चार प्रणालीलाई व्यवस्थित गर्छ । मुटु र रगतका नलिलाई सफा गर्ने काम गर्छ । योगमा शरीरलाई खुम्च्याउने, तन्काउने र सिथिल गर्ने अभ्यास हुने भएकाले मानव स्वास्थ्यमा यसले भुमिका खेल्छ ।
योगमा रोग प्रतिरोधात्मक क्षमता विकास गर्ने तथा विजातीय द्रव्यलाई निष्कासन गरी शरीरलाई रोगमुक्त बनाउनमा मद्धत गर्दछ । योगले शरीरमा बढी भएको क्यालोरी कम गर्छ । योगले शरिरको लचकता बढाएर यौवन, युवापन र शरीरमा स्फुर्ती ल्याउछ । योगले जोर्नीहरूलाई खुकुलो बनाउँछ । योगाभ्यासले सम्पूर्ण नशा–नाडी तथा रक्तनली शुद्ध गर्नमा मद्धत गर्दछ । योगमा फोक्सोलाई पर्याप्त खुम्च्याउने र फैल्याउने हुदा अक्सिजन लिने क्षमता बढाउँछ । योगले खाना तथा जीवनशैली व्यवस्थापनका विषयमा जीवनोपयोगी जानकारी दिन्छ । राम्रोसंग गरिएको योगा अभ्यासले पाचन प्रणालीका अङ्गलाई मजबुत बनाउँछ । यसको कुनै साइड इफेक्ट केही गर्दैन । योगले अहिंसा, शान्ति, चरित्र निर्माण, नैतिक शिक्षा, मनको निग्रह, बुद्धि विकास, सत्गुण विकास तथा समग्र जिउने तरिका सिकाउँछ । शरीरमा हर्मोन्स तथा इन्जाइमको सन्तुलन मिलाउन र शरीरलाई सक्रिय एवं ऊर्जावान् बनाउन योगले ठूलो भूमिका खेल्छ । योगले मस्तिष्कलाई सफा बनाउँछ । मन स्वस्थ राखी सकारात्मक बनाउन मद्दत गर्छ । शारीरिक, मानसिक, बौद्धिक तथा आत्मिक जोड र विकासका लागि योग सर्वोत्तम पद्धति हो ।
अन्तमा योगलाई नागरिकले जीवन पद्धति बनाउनुपर्छ । दैनिक सम्भव भएसम्म ढेड घण्टा र नभए कम्तीमा ३० मिनेट योग गर्नुपर्छ । बिहानको सुतेर जाने समयमा योगका माध्यामबाट शारीरिक, स्वासप्रस्वास र मनलाई आनन्द बनाउन ध्यान गर्नुपर्छ । यसका लागी सरकारले औपचारिकताका लागी राष्ट्रिय योग दिवस घोषणा मात्रै गरेर होईन ब्यवहारिक रूपमै योगलाई महत्व दिएर गाउँ गाउँमा टोल, टोलमा योग अभ्यास गराउनु पर्दछ । सरकारी तवरबाटै योगलाई महत्व दिएर योग केन्द्र खोल्ने, दक्ष प्रशिक्षक उत्पादन गर्ने, योगमा आधारित संघ सस्थाका योग कार्यमा सहयोग पु¥याउने, उनीहरूको क्षमता अभिबृत्ति गरि योग कार्यमा प्रोत्साहन दिने गर्नु पर्दछ । यसका साथै हामी नागरिकले पनि योग गरौँ । स्वस्थ बनौँ । मस्त रहयौँ । जीवन योगमय बनाउ । योगदाई जीवनशैली बनाउ । जीवनको अंग बनाउ, भन्ने जस्ता नारालाई साकार बनाउन आजैबाट लागौ । शारिरीक र मानसिक रूपमै स्वच्छ बनौ । आफ्नो स्वास्थ्यका लागी आफैले जिम्मेवारी बहन गरौ । (लेखक योग प्रशिक्षक हुन् ।)

Previous Post

उद्यमी महिला बस्नेतको शोकमा श्रद्धान्जली सभा

Next Post

जानकीका विद्यालय पनि बन्द

Next Post
जानकीका विद्यालय पनि बन्द

जानकीका विद्यालय पनि बन्द

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बुटवलमा पनि सरकारी जग्गामा बनेका घरटहरा हटाउन थालियो

बुटवलमा पनि सरकारी जग्गामा बनेका घरटहरा हटाउन थालियो

April 26, 2026
आजको मौसमः हल्का वर्षाको सम्भावना

पश्चिमी वायुको प्रभावले केही स्थानमा वर्षा र हिमपातको पूर्वानुमान

April 26, 2026
सर्वोच्च अदालत : मुद्दा फर्स्योटमा सुधार

सार्वजनिक बिदाको समयमा पनि अदालतबाट जरुरी न्यायिक सेवा प्रवाह हुने

April 26, 2026
पाकिस्तानमा २० जना मजदुरको गोली हानी हत्या

सालीनदीमा प्रहरी र शङ्स्पद लागुऔषध कारोबारीबीच झडप

April 26, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version