बाँकेका खोलाबाट हुने नदीजन्य उत्खनन् रोकिएको छैन । बेलाबखत प्रहरी केही कारवाही गर्दै आएको भएपनि नदीजन्य पदार्थको तस्करीको गुनासो कम छैन । नदीजन्य पदार्थको अवैध उत्खनन्ले बस्ती नै जोखिममा परेको गुनासोहरू समेत आउने गरेको छ ।
नदीजन्य पदार्थको अवैध उत्खनन्को विरुद्ध सर्वोच्च अदालतले समेत सरकारका नाममा परामेश जारी गरिसकेको अवस्थामा त्यसको कार्यान्वयन भने भएको पाइँदैन । बाँके मात्रै होइन विभिन्न जिल्लामा नदीजन्य पदार्थको उत्खनन् भएका घटना सार्वजनिक हुँदै आएका छन् । कानुन विपरीत खोला तथा नदीबाट उत्खनन् भइरहेका रोडा, ढुङ्गा, गिट्टी, बालुवा उत्खनन् तत्काल बन्द गराउन सर्वोच्च अदालतले गत माघ ७ गते सरकारका नाममा परमादेश जारी गरेको थियो ।
बाँकेमा समयमै नदीजन्य पदार्थको टेण्डर आव्हान नगर्ने, चोरी निकासी गर्ने, टेण्डर हुँदा समेत तोकिएको मापदण्ड भन्दा बढी नदीजन्य पदार्थको अवैध उत्खनन् हुने गरेको गुनासो आउने गरेको छ । बाँकेमा बेलाबखत प्रहरीले नदीजन्य पदार्थको अवैध उत्खनन् गरेको फेला पारेपछि कारवाही गर्दै आएको छ ।
गत असोजमा अवैध रूपमा नदीजन्य पदार्थको उत्खनन् गर्ने दुई टिप्परलाई नियन्त्रणमा लिएको बाँके प्रहरीले उनीहरूलाई ५० हजार जरिवाना भएको बताएको छ । त्यस्तै, प्रहरीले कार्तिक महिनामा ३ वटा ट्याक्टलाई अवैध रूपमा नदीजन्य पदार्थको उत्खनन् आरोपमा नियन्त्रणमा लिई ३० हजार जरिवाना गराएको थियो । मंसिर महिनामा ४ वटा ट्याक्टर नियन्त्रणमा लिई ४६ हजार जरिवाना गरिएको थियो ।
बाँके प्रहरीले गत पुसमा ४ वटा ट्याक्टरलाई ४६ हजार र पुस महिनामा ७ वटा ट्याक्टर, १ वटा टिप्पर र १ जेसीबी नियन्त्रणमा लिई ४८ हजार ८ सय जरिवाना गर्नुका साथै ३ जना चालकलाई अभद्र व्यवहार कसुरमा कानुनी कारवाही अगाडि बढाएको थियो ।
गत माघमा १ वटा ट्याक्टर नदीजन्य पदार्थको अवैध ढुवानीका क्रममा पक्राउ परी ५ हजार जरिवाना भएको थियो । त्यस्ते फागुन महिनामा ४ वटा टिप्पर र २ वटा ट्याक्टर नियन्त्रणमा लिई कारवाहीका लागि सम्बन्धित निकायमा पठाएकोमा ४८ हजार जरिवाना भएको थियो ।
त्यस्तै, चैत्रमा अबैध रूपमा नदिजन्य पदार्थ उत्खनन् गर्ने १ वटा टिप्पर र ३ वटा ट्याक्टर नियनत्रणमा लिई सम्बन्धित निकायमा पठाइएकोमा ८ हजार जरिवाना भएको थियो ।