For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, October 5, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    से फोक्सुण्डो यात्रा–२

    से फोक्सुण्डो यात्रा–२

    अन्तर्वार्ता

    अन्तर्वार्ता

    ‘अस्वस्थ जीवनशैली समस्या’

    ‘अस्वस्थ जीवनशैली समस्या’

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    मलाई ठिक छ

    मलाई ठिक छ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

नागरिक अवज्ञा आन्दोलन किन नगर्ने ?

byDainik Nepalgunj
June 13, 2025
in विचार
0 0
0
नागरिक अवज्ञा आन्दोलन किन नगर्ने ?
Share on FacebookShare on Twitter

राज्य जतिजति गैरजिम्मेवार बन्दै जान्छ दुख नागरिकले पाउने गर्छन् । राज्य सञ्चालक जतिजति बिलासी बन्दै जान्छन् देशको ढुकुटीमा धमिरो लाग्छ । देश कंगाल हुँदै जान्छ । देश ऋणको पासोमा पर्दै जान्छ । यसले सत्ताको वरिपरि रहने बाहेक अरू सबै जनतालाई भोक, रोग, अभाव, बेरोजगारी जस्ता समस्याहरूको समाधान गर्न राज्य असफल हुँदै जान्छ । सत्तासीनहरूको चौपाल सजाउन श्रोतको जोहो गर्ने बाटो जनता निचोरेर जम्मा पारिने कर मात्रै हुन्छ । त्यो करले बनेको ढुकुटीमा केहि व्यक्तिको हिस्सा लाग्ने परिपाटी स्थापित हुँदा देशमा सुशासन हराउँछ । अनि आम जनताले आफु थिचिएको महसुस गर्छ । यो अवस्था पछिल्लो तीन दशक र विशेष गरेर गणतन्त्र पछिको अभ्यासले अहिले ठ्याक्कै नेपालमा देखाएको छ । जनताले यो अवस्थाको बारेमा बोल्न लेख्न थालेका त छन् तर सोझै राज्यलाई असहयोग गर्ने वा नागरिक अवज्ञा गर्ने सोचमा पुगि सकेका भने छैनन । तर यहि अवस्था फेरि पनि रहि रहे नागरिक अवज्ञा गर्ने र राज्यलाई पूर्ण असहयोग गर्ने शान्तिपूर्ण तरिका जनताले अपनाउनै पर्ने अवस्था आउन सक्छ ।

राज्य माइबाप हो तर कसैले अहंकारको सुली चढेर बोल्दैमा राज्य सञ्चालकहरू माइबाप हुन सक्दैनन् । जुनसुकै तन्त्रमा पनि जनता जनार्दन नै हुन्छन् । जनता त एउटा पण्डित आचार्य विश्णुगुप्तलाई साथ दिएर तत्कालिन जनपीडक मनमत्त राजा नन्दाको शासन फाल्ने शक्ति राख्ने जनार्दन हुन । नेपालको परिप्रेक्ष्यमा आजका शासकहरूको ताजपोशी पनि जनताले सडकमा आएर तत्कालिक शासकको बिरुद्ध खडा भएकै कारण भएको हो ।

लोकतन्त्र भनेको कुनै कथाको नाम होइन । लोकतन्त्र कुनै उखानटुक्काको नाम पनि होइन । न त लोकतन्त्र भनेको केहि चण्डमुण्डहरू आसपास राखेर, दशैंमा खाम बाँडेर, बेलाबेलामा सरकारी ढुकुटीबाट कागज मिलाएर कलो दिएर आफ्ना गाथा लेखाएर, कतै भागबण्डाको नियुक्ति दिएर चलाइने शासन हो । न स्टण्डबाजी र चटेके बनेर चुटकुला हालेर झोले ढोके चौके हुक्के बैठकेहरू जमा पारेर गफ जोत्ने शासन नै लोकतन्त्र हो । लोकतन्त्र त जनताको लागि मात्रै देश जनताको हितको लागि ईश्वरलाई साक्षी राखेर जनताको कसम खाएर जनताको ढुकुटीलाई जनताको अमानत मानेर जनताले आवधिक निर्वाचन मार्फत पठाएको जिम्मेवारी पूर्ण इमान्दारी र वफादारिताका साथ निभाउनका लागि शासक बन्ने र चलाउने तन्त्र हो लोकतन्त्र । आफ्नो इच्छा आकांक्षालाई थाँती राखेर लोकइच्छाको कदर गर्दै बिराज बखतीलाई त्यागेर कालुपाण्डेलाई मुख्तियारी दिने ( काजी बनाउने ) तन्त्र हो लोकतन्त्र । कुनै गलफ्रेण्ड, सम्धीसम्धनी, स्वास्नी छोरी ज्वाइँलाई चुनावी टिकट देखि नियुक्ति स्वकीय सचिव राख्ने तन्त्र लोकतन्त्र हुनै सक्दैन । लोकको ढुकुटी लुटेर आफन्त र कार्यकर्ता पाल्ने पोस्ने तन्त्र लोकतन्त्र त हुनै सक्दैन । यदि यसैलाई हामीले लोकतन्त्र मान्नै पर्ने ज्यादती हो भने अब असहयोग र नागरिक अवज्ञाको बाहेकको अर्को बाटो पनि छैन । किन कि जनतासँग हतियार छैन, हत्या, निषेध, गर्ने गर्ने गोली ठोक्ने वैधानिक अधिकार त सत्तासँग मात्रै छ जनतासँग छैन । हिंसा आतंकले कतै पुर्याउँदैन भन्ने कुरा नेपालले विगतमा दश दश बर्षसम्म भोगेको र अहिले छलंङ्ग देखेको छ । जनताको अबको आन्दोलनको बाटो भनेको नै मोहनचन्द करमचन्द गान्द्यीको आह्वानमा भारतमा अँग्रेजी शासनका विरुद्ध चलाएको जस्तो ‘शासक र शासननलाई असहयोग र अवज्ञा’ नै हो ।

आजका दिनमा यो देशको बार्षिक बजेट १९ खर्बको बनाइएको छ । जसमा जनताबाट कर उठाएर झण्डै १३ खर्ब पुर्ताल गर्ने योजना छ । अपुग ६ खर्ब मध्ये हरेक बर्ष झैं विदेशी ऋण र आन्तरिक ऋणबाट ५ खर्ब पुर्ताल गर्ने योजना वर्तमान शासकले बनाएको छ । यस्तो बजेट बनाउँदै गर्दा र पूर्वाधार निर्माण पूँँजिगत खर्चमा यिनीहरूको फूर्तिफार्ती मात्रै कुल बजेटको १०–१५ प्रतिशतको मात्रै छ । त्यो पनि अधिकाशं असारे विकास, अनुगमन र खाजा आदि भत्ताका सकिन्छ । जुन पालिकाको आन्तरिक आम्दानी एक करोड पनि छैन त्यहाँ त यिनिहरूले ३० लाखको खाजा र २५ लाख अनुगमनको नाउँमा खान्छन् भने यो देशमा लोकतन्त्र मजुबत होइन नेताको काखिमा मजबुर भएको मात्रै हो । एकातिर पाँच पाँच खर्ब ऋण लिने र अर्कोतिर प्रदेश पाल्न साढेचार खर्ब दिने गरिएको छ । संघीय सांसद पाल्न ४० अर्ब दिने गरिन्छ । ऋण खोजेर नेता पाल्ने, तिनका आरामदायी महलहरू बनाउने, बिलासी गाडी किन्ने, खाजा भत्ता खुवाउने, भ्रमण गराउन,े नेताका औषधी उपचार गराउने जस्तो राष्ट्रिय ढुकुटीमा डकैतीको धन्दा गज्जबको छ ।

जनताले अब पाँचबर्षे म्यादमा होस पुर्याउने कुराले मात्रै देश बच्दै बच्दैन । पाँच बर्षमा शासक फेर्छु भन्ने कुरा कम्तिमा पनि यहि निर्वाचन पद्धति र यस्तै चालाले हुँदै हुँदैन । यहाँ त काला गए गोरा त आउलान तर उनै कान चिरेका मात्रै आउँनेछन । मिलिमिली लुछ्नेहरूको गठबन्धन बनाएर नै हो आउने । जयनेपाल कामरेडहरू, लालसलाम काँग्रेुसहरू र ‘नेकपा माओवादी जिन्दावाद, भोट केमा रुखमा त कतै नेकपा एमाले जिन्दावाद भोट केमा गोलाकार भित्रको हँसिया हतौडामा, कतै राप्रपा जिन्दावाद भोट केमा सूर्यमा,’ यस्तै गरेर सत्तासिण्डिकेट नै हो आउने ।
यसरी यति गर्दा र जनताकै भोटबाट चुनिए पनि वा नचुनिए पनि अनेकौं जस्केलाबाट सासंद बन्ने बाटाहरू खुला छन् । अरू उपाय नभए भागबण्डा र नियुक्तिबाट पनि पदमा पुग्ने दुलाहरू छन् । चुनावको नाटक त जनतालाई ‘तिमिहरूले त हो हामीलाई अधिकार दिएर पठाएको’ भन्ने बाहना मात्रै भएको छ । क्याबिनेटबाट नै निर्णय गराउने, गाउँसभा नगर सभाबाट नै कानून बनाउने र जसरी हुन्छ नीतिगत रूपमा नै कागज मिलाएर के के कुम्ल्याउन मिल्छ बाँडीचुँडी कुम्ल्याइ हाल्ने । जनतालाई गाउँ गाउँमा तेरो नेता र मेरो नेता बनाएर लडाउने आफुहरू भने मिलिमिली तार काट्ने, भट्टामा पोल्ने, मान्छे मार्ने, मान्छे बेच्ने, सुन खाने, नून खाने, त्रिपाल खाने, जलहरी खाने, जहाज खाने, खोला खाने, गुठी खाने, ढुकुटी खाने, लाइसेन्स खाने, बिजुली टेलिकम जहाँजहाँ जे जे भटिन्छ मिलिमिलि खाने र सबैमा साटासाट गरेर हिसाब मिलाउने । जनतालाई ‘हेर है अब तिम्रो लोकतन्त्र खतरामा छ’ भन्ने । यस्तो मनपरितन्त्रलाई लोकतन्त्र लोकतन्त्र भन्दै जनताले थेग्नुपर्ने ?
जनताको अब चेत खुल्नैपर्छ । एकाध बर्ष जनताले कष्ट सहने हिम्मत गर्नै पर्छ । अब विदेशतिर भएकाले पनि केहि समयका लागि रेमिटेन्स रोक्नुपर्छ । नयाँ घरजग्गाको कारोबार बन्द गर्नुपर्छ । नयाँ लुगाफाटो किन्ने थप्ने काम बन्द गरेर आफ्ना मौज्दात कपडाहरू लगाउने अभ्यास गर्नुपर्छ । नयाँ गाडी चढ्ने सपना एकाध बर्ष पर धकेल्नुपर्छ । गाडी किन्नु हुँदैन । राज्यलाई कर तिर्न बन्द गर्ने सबैखाले उपाय अवलम्बन गर्नुपर्छ । यो राज्यलाई आउने करको ठूलो हिस्सा भन्सार भ्याटबाट हो । यदि जनताले उपरलिखित बाटो मात्रै अपनाइ दिने हो भने बजेटमा राजश्वको हिस्सा कम्तिमा पनि आधाले घटेर जान्छ । अनि यी शासकहरूलाई आर्थिक दबाव पर्नेछ । ऋण लिने शासकहरूलाई गाउँ गाउँमा बहिष्कार गर्ने, यिनलाई असहयोग गर्ने, यिनका कुनै कार्यक्रममा नजाने मात्रै होइन गएर प्रश्नहरू गर्ने हिम्मत गर्नुपर्छ । यति हिम्मत जनताले गरिदिने हो भने यिनका मनमौजीतन्त्रमा ग्रहण लाग्ने दिन नजिकिनेछ । या त यिनीहरूले विगतको गल्ती सच्याएर जनतासँग सार्वजनिक माफि मागेर अगाडी राम्रो गर्नेछन् या यिनिहरू सत्ता छोडेर भाग्नेछन् ।
भेण्डिलेटरमा जानेबेलासम्म पनि राज्यकोषबाट उपचार गराउँदै ‘म त अझै जवान छु, उमेरले के गर्छ र मेरो दिमाग स्वच्छ छ’ भन्दै सुरक्षाकर्मीले हात समाएर गाडी चढाउने, सिँढी चढाउने ओराल्ने मञ्चमा उभिँदा पनि पछाडीबाट टेको लगाएर समाउन पर्ने अवस्थासम्म सत्ताको ओथारो बस्नेहरूले देश बनाउने, लोकतन्त्र बचाउने र सुशासन ल्याउने अपेक्षा गरेर ताली बजाउने जनता हामी नेपाली मात्रै हो कि क्या हो ? यदि होइन भने अलिकती चेतना भरेर अब त जनताले असहयोग र नागरिक अवज्ञा गर्नुपर्ने होइन र ?
सत्ताको चास्नीमा डुबेकाहरूबाट कुनै आशा गर्नु बेकार छ । चास्नी चुहेको चाट्न पाएकाहरू त झन हुतिहारा नै छन् । आफु केहि गर्न नसक्ने चौरमा बसेर स्यालले बरगोरु चरेको हेरे झैं गर्दै चास्नी कतिखेर चुहिन्छ र चाटौंला भन्दै र्याल काढ्दै बस्ने पुस्ता यो देशको लागि झन खतरनाक पुस्ता हो । टेको लगाएर अड्याउन पर्नेहरूको आसनको पनि वास्ना आउने पुस्ताले अर्को कुनै चमत्कार गर्नेवाला पनि छैन । अब यहि पाराले त हुँदैन, हुँदै हुँदैन । भेष र केश बदल्दैमा देश बदलिन्न । पात्र होइन पात्रताको परिवर्तन जरुरी छ । चित्र होइन चरित्रको परिवर्तन जरुरी छ । नेपाली भएर हरेक कुरामा नेपालको मौलिकतालाई अगाडी राखेर नेपालको हितमा मात्रै काम गर्ने पात्रता भएका व्यक्ति खोज्न र हालका गन्हाएकाहरूलाई किनारा लगाउन नागरिक अवज्ञा आन्दोलनको आवश्यकता छ ।

Previous Post

सुनचाँदी व्यवसायीले दिए अल्टिमेटम

Next Post

फोटो फेस्टिवलको चौथो संस्करण असार ४ र ५ गते नेपालगन्जमा

Next Post
फोटो फेस्टिवलको चौथो संस्करण असार ४ र ५ गते नेपालगन्जमा

फोटो फेस्टिवलको चौथो संस्करण असार ४ र ५ गते नेपालगन्जमा

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
लुम्बिनीबाट कांग्रेस महाधिवेशन : केन्द्रीय दौडमा आधा दर्जन पदाधिकारी, दर्जन बढी आकांक्षी

लुम्बिनीबाट कांग्रेस महाधिवेशन : केन्द्रीय दौडमा आधा दर्जन पदाधिकारी, दर्जन बढी आकांक्षी

October 5, 2026
बाँके काँग्रेसको ‘सुशील कोइराला स्मृति भवन’ निर्माण सम्पन्न

बाँके क्षेत्र नम्बर १ को सहमति अलपत्र हुँदा प्रतिनिधित्वमै अन्योल

October 5, 2026
‘एमाले बाहेक व्यवसायीको हित संरक्षण गर्ने अर्को विकल्प छैन’

‘एमाले बाहेक व्यवसायीको हित संरक्षण गर्ने अर्को विकल्प छैन’

October 5, 2026
अवैध लागूऔषधसहित ११ जना पक्राउ

मेडिकल सञ्चालक थापा पक्राउ

October 4, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version