नेकपा एमाले बाँकेको नवौं अधिवेशन अन्तर्गत आगामी कार्यकालका लागि कार्यसमिति निर्वाचन गर्नका लागि आइतबार साँझ ६ बजेदेखि भएको मतदानको मतगणना राती नै सुरु गर्ने तयारी रहेको निर्वाचन समितिका सदस्य भेषराज बस्नेतले जानकारी दिएका छन् । निर्वाचनमा ४ सय ५८ मत खसेको उनले जानकारी दिए ।
अध्यक्षमा निरक गुरुङ्ग र डिल्ली बिसी बीच प्रतिस्पर्धा भएको छ ।
उपाध्यक्ष पदका लागि हालका सचिव रत्न खत्री र रविन्द्र लम्साल बीच प्रतिस्पर्धा रहेको छ ।
सचिवमा बलराम भटराई, दत्तप्रसाद आचार्य, खिल प्रसाद भुसाल र भीम ओलीले प्रतिस्पर्धा गरेका छन् ।
उपसचिवमा किशोर थापा, दिपक कुमार बर्मा र सोहन लाल यादव प्रतिस्पर्धा गरेका छन् ।
उप सचिव महिलामा तर्फ रचना श्रेष्ठ, शारदा विश्वकर्मा र निर्मला सुनार प्रतिस्पर्धी छन् ।
एमाले बाँकेमा ४ सय ६८ जना प्रतिनिधि रहेका छन् ।