- सभामुख देवराज घिमिरेले हमासद्वारा अपहरण गरिएका नेपाली विद्यार्थी विपिन जोशीको शीघ्र रिहाइका लागि पहल गरेका छन् । सभामुख घिमिरेले अरब संसद्का अध्यक्ष मोहम्मद अहमद अल–यमाहीलाई शुक्रबार पत्र लेख्दै विपिन जोशीको सकुशल रिहाइका लागि विशेष पहल गरिदिन अनुरोध गरेका हुन् ।
- निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकले सरकारी सरह (आठौँ तह) को निर्वाह भत्ता पाउने भएका छन् । शुक्रबार बसेको चिकित्सा शिक्षा आयोगको १६ औं बैठकले उक्त निर्णय गरेको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जानकारी गराएको छ ।
3.उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले काम गर्नेहरूलाई गफ गर्नेहरूसँग तुलना गर्न नमिल्ने बताएका छन् । काठमाडौँ महानगरपालिका–२९ को वडा भवन उद्घाटन गर्दै उनले कतिपयले संविधान जारी गर्ने कुरालाई पनि केही होइन भन्ने गरेको भन्दै आपत्ति जनाए । - सामाजिक सञ्जालबाट महिलाको चरित्र हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरको लिम्चुङ्बुङ गाउँपालिका ४ का ३१ वर्षीय विश्वराज राई छन्।
5.कोठाभाडाको १४०० रुपैयाँ नदिएको भन्दै पाल्पामा एक डेरावालको हत्या भएको छ । हत्या हुनेमा ५२ वर्षीय रुद्रबहादुर बुढाथोकी छन् । बुढाथोकीलाई उनका घरबेटी ३१ वर्षीय माधव बिष्टले हत्या गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी सुनिल मल्लले बताए ।
6.नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले गृहमन्त्री रमेश लेखक र नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरमाथि छानबिन हुनुपर्ने माग गरेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सर्लाहीमा अन्तरजातीय विवाह गर्ने सत्यन्द्र कुमार राम (चमार) र नेहा रौनियारको विषयमा उनीहरूमाथि छानबिन हुनुपर्ने बताएका हुन् ।
7.नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले स्वर्गद्वारी गुठी पीडितको माग सम्बोधन गर्न माग गरेकी छन् । गुठी पीडितहरू काठमाडौंको माइतीघरमा प्रदर्शनमा छन् । उनीहरूको माग सम्बोधन गर्न सरकारले तदारुकता नदेखाएको उनको आरोप छ । - फोनकल बाइपास गरेको आरोपमा रुपन्देहीबाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवलपसारीको प्रतापपुर गाउँपालिका ८, नोडिहवाका २७ वर्षीय रोहित अहिर छन् ।रुपन्देही सिद्धार्थनगरस्थित गुलाबचन्द गुप्ताको घरमा कोठा भाडामा लिएर विभिन्न उपकरण जोडेर कल बाइपास गर्ने गरेको प्रहरीले आरोप उनीमाथि लगाएको छ ।