नेपालगन्ज । लेनदेन मुद्धामा फरार भएका एकजना वृद्ध तीन वर्षपछि पक्राउ परेका छन् । नेपालगन्ज उपमहानगरपालिका-९ का ६३ वर्षीय मिनबहादुर शाह आज पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालयबाँट खटेको टोलीले उनलाई पक्राउ गरेको हो । लेनदेन बिगो मुद्धामा जिल्ला अदालत बाँकेले २०७७ पुस २३ गते उनलाई दोषी ठहर गर्दै ६ महिना कैदको फैसला गरेको थियो । त्यसपछि उनी फरार थिए ।