- बालकुमारी घटनाबारे सत्यतथ्य जाँचबुझ गर्न सरकारले गठन गरेको आयोगले उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई शुक्रबार प्रतिवेदन बुझाएको छ । प्रतिवेदन तयार पार्न गठित आयोगका एक सदस्यले बालकुमारी घटनामा बढी दोष मन्त्रीकै देखिएको बताएका छन् ।
- पुरातत्व विभागका अनुसार विभिन्न कालखण्डमा गरी ९६ वटा मूर्ति र ऐतिहासिक वस्तु विभिन्न देशका संग्रहालयमा भेटिएका छन् । तर, पर्याप्त कूटनीतिक पहल र आर्थिक अभावका कारण ती ऐतिहासिक वस्तु नेपाल ल्याउन कठिन भएको छ । ती ऐतिहासिक मूर्ति तथा कलात्मक वस्तुहरू नेपालबाट चोरी तथा तस्करीका माध्यमबाट विभिन्न समयमा विदेशका संग्रहालयमा पुगेका हुन् ।
- गएको माघ १६ गतेदेखि झापा र कञ्चनपुरबाट पैदलयात्रा शुरु गरेका मिटरब्याज पीडितहरू चितवनको नारायणगढमा आइपुगेका छन् । दुवैतर्फबाट हिँडेका पीडितहरू १८औँ दिनमा नारायणगढमा भेट भएर संयुक्त टोली बनेको मिटरब्याज पीडित सङ्घर्ष समितिका केन्द्रीय अध्यक्ष अवधेश कुशवाहाले जानकारी दिएका छन् ।
- दक्षिण कोरियाले सन् २०२४ मा उद्योग तथा कृषिबाहेकका क्षेत्रमा नेपाली कामदार नलैजाने भएको छ । कोरियाले यसै वर्षदेखि नेपालबाट सात क्षेत्रमा ईपीएसमार्फत कामदार लैजाने प्रस्ताव श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई गत वर्ष नै गरेको थियो । गत पुसमा दुई युवाको ज्यान जाने गरी ललितपुरमा भएको घटनापछि कोरियाले तत्काल उत्पादन र कृषिबाहेकका क्षेत्रमा नेपाली कामदार लैजान चासो नदिएको श्रम मन्त्रालयका एक उच्च अधिकारीले बताएका छन् ।
- नेपाली कांग्रेसका नेताहरूले केन्द्रीय समिति बैठकमा विशेष पूरक प्रस्ताव पेस गरेका छन् । केन्द्रीय सदस्य र प्रदेश सभापति गरी २२ नेताले कांग्रेस धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दु राष्ट्रको पक्षमा उभिन विशेष पूरक प्रस्ताव पेस गरेका हुन् । पूरक प्रस्तावमा हस्ताक्षर गर्नेमा केन्द्रीय सदस्यहरू शंकर भण्डारी, दिलेन्द्र बडू, पुष्पा भुसाल, देवेन्द्रराज कँडेल, प्रकाश रसाइली स्नेही, रंगमति शाही, विद्या तिमल्सिना, गेहेन्द्र गिरी, सीता देवकोटा, अर्जुनजंगबहादुर सिंह, सीता कुमारी, शारदा पौडेल, चम्पादेवी खड्का, नागिना यादव छन् ।
- निर्वाचन आयोगले राजनीतिक दललाई आफ्नो नाम, विधान, नियम, छाप, झण्डा, चिह्नमा भएको परिवर्तन, संशोधन तथा पदाधिकारीको हेरफेर भएको भए सोबारे ३० दिनभित्र आयोगलाई जानकारी दिन निर्देशन दिएको छ । आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम ती विवरण तोकिएको ढाँचामा आयोगलाई उपलब्ध गराउन निर्देशन दिएको हो । राजनीतिक दलले आन्तरिक संगठनका विषयमा भएका त्यस्ता परिवर्तनबारे लामो समयसम्म जानकारी नगराउने प्रवृत्ति रोक्न यस्तो निर्देशन दिइएको आयोगले जनाएको छ ।
- माओवादी केन्द्र नेतृत्वको कर्णाली प्रदेश सरकारमा कांग्रेस सहभागी भएको एक वर्ष नपुग्दै सरकारबाट बाहिरिने संकेत गरेको छ । कांग्रेस संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीले सरकार सञ्चालन एकलौटी गरेको, सरकारका कामकारबाहीमा सत्तारुढ दललाई उपेक्षा गरेको, प्रभावकारी कार्यसम्पादन गर्न नसकेकोलगायतका आरोप लगाउँदै १० महिनामै सरकार छोड्ने अवस्थामा पुगेको संकेत गरेका हुन् ।
- चौसठ्ठी वर्षपछि नेपालमै छापिएको हुलाक टिकट आजदेखि प्रचलनमा आएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जनक शिक्षा सामग्री केन्द्रमा मुद्रण गरिएका ११ प्रकारका हुलाक टिकटमा प्रकाशनको प्रथम दिवसीय टाँचा लगाइन् ।