कर्णालीका पाँच जिल्लामा कुपोषण दर घटाउन पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल सहुलियत दरमा वितरण हुने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कर्णालीमा पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल वितरण गर्ने भएको हो ।
पौष्टिक तत्व भएको चामल वितरणका लागि मेसिनरी तथा अन्य सामग्रीहरू विश्व खाद्य कार्यक्रमको सहयोगमा बर्दियाको राजापुर र जनकपुरमा जडान गरी परीक्षण उत्पादन समेत सफल भएपछि पोषणअवस्थामा सुधार ल्याउनका लागि साविकको कर्णालीका पाँच जिल्ला हुम्ला, मुगु, जुम्ला, कालिकोट र डोल्पामा वितरण गरिने भएको हो ।
जिङ्क, भिटामिन बि १२, फोलिक एसिडजस्ता अत्यावश्यक सुक्ष्म पोषक तत्वको कमीका कारण पुड्केपाना, कम तौल र रक्तअल्पताको शिकार भईरहेको सर्वेक्षण भईरहेको बेला विश्व खाद्य कार्यक्रम र सरकारी कार्यालयहरूविचको समन्वयमा पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल बजारमा ल्याईएको हो ।