- मंगलबार हुने राष्ट्रियसभा अध्यक्ष पदको लागि प्रजातान्त्रिक आन्दोलनमा नेपालगन्जबाट सक्रिय भूमिका निर्वाह गरेका सांसद युवराज शर्माले उम्मेदवारी दिएका छन् । कांग्रेसबाट उम्मेदवारी दिएका शर्माको प्रस्तावकमा कांग्रेसका आनन्दप्रसाद ढुंगाना तथा समर्थकमा कांग्रेसका किरणबाबु श्रेष्ठ र लोसपाका शेखरकुमार सिंह छन् ।
- भारतबाट अवैधरुपमा नेपालगन्ज भित्रिएको मासु प्रहरीले बरामद गरेको छ । नेपालगन्ज-१ धम्बोझीमा स्टोर गरी राखेको अवस्थामा प्रहरीले दुई सय ९१ केजी मासु बरामद गरेको हो ।
- डुडुवा गाउँपालिका-२, बेतहनी नजिजकैकी २२ वर्षीया लक्ष्मी कोरीको मृत्यु शंकास्पद भएकाले आवश्यक अनुसन्धानका लागि आफन्तले जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएका छन् । उनीहरुको जाहेरीपछि मृतकको पोस्टमार्ट गरिएको र अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक निरन्जन घिमिरेले जानकारी दिए ।
- फागुन २३ गते राति नेपालगन्जसँग सीमा जोडिएको जानकीस्थित इन्द्रपुर नयाँ बस्तीमा भएको हत्या प्रकरणको अनुसन्धानका लागि प्रहरीले चारजनालाई पक्राउ गरेको छ । उक्त घटनासँग शंकास्पद देखिएपछि इन्द्रपुर क्षेत्रबाट उनीहरुलाई पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ ।
- बाँकेका दुईवटा बालसुधार गृहका बाल बिज्याईकर्ताहरुको नियमित निःशुल्क स्वास्थ्य परीक्षण गरिने भएको छ । जिल्ला बालन्याय समितिको समन्वयमा भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालले जयन्दु बाल सुधारगृह र नौवस्ता बालसुधार गृहका बाल बिज्याईकर्ताहरुको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने भएका हुन् ।
- खजुरा गाउँपालिका वडा नम्बर-१ सैनिक खेल मैदानमा चार सय दर्शक क्षमताको खुला प्यारापिट निर्माण कार्य सुरु भएको छ । लुम्बिनी प्रदेश सरकारले ४० लाख र स्थानीय स्रोतबाट चार लाख रुपैयाँमा उक्त प्यारापिट निर्माण हुन लागेको हो ।