रुसी सेनामा भर्ती भएका बाँकेका थप एकजनाको मृत्यु भएको छ । बाँकेका चन्द्रबहादुर बिसीको मृत्यु भएको रुसी सरकारले जनाएको छ ।
यसभन्दा अघि पनि बाँकेका एकजनाको मृत्यु भएको थियो । योसँगै रुस-युक्रेन युद्धमा मृत्यु हुने बाँकेका दुईजना पुगेका छन् । बिसीसँगै पछिल्लो समय थप रुसी सेनामा भर्ती भएका १५ नेपालीको मृत्यु भएको छ । मृत्यु भएका ती नेपाली नागरिकको शव पहिचान र ‘जेनेटिक टेस्टिङ’ का लागि निकट पारिवारिक सदस्यको डीएनए नमुना पठाइन दिन रुसले नेपाल सरकारलाई आग्रह गरेको छ । मृत्यु भएका ती १५ जना पाँच महिनायता परिवारको सम्पर्कमा थिएनन् ।
रुस सरकारले आधिकारिक मृत्यु प्रमाणपत्र जारी नगरेसम्म परराष्ट्र मन्त्रालयले मृत्यु हुने नेपालीको पहिचान पुष्टि गर्ने गरेको छैन । परराष्ट्रले यसअघि १७ जनाको मात्र मृत्युको आधिकारिक पुष्टि गरेको छ । पहिचान नभएका यी १५ सहित रुस–युक्रेन युद्धमा मृत्यु हुने नेपालीको संख्या ३२ पुगेको छ ।
रुसले पठाएको मृतकको सूची
१. टीकाबहादुर राना मगर, तेह्रथुम
२. जितबहादुर पुन मगर, दाङ
३. अभिषेक बुढा, दाङ
४. चन्द्रबहादुर बीसी, बाँके
५. घनश्याम शाही, मोरङ
६. प्रेमबहादुर कठायत, अछाम
७. खोमबहादुर भुजेल, ओखलढुंगा
८. विमलकुमार गजमेर, धनुषा
९. प्रेमप्रकाश न्यौपाने, नवलपरासी
१०. भीमबहादुर बीसी, नवलपरासी
११. क्षितिज बस्नेत, खोटाङ
१२. सोमेश सुनुवार, प्यूठान
१३ विकास राई, प्यूठान
१४. विजयबहादुर थोकर, मकवानपुर
१५. जितेन्द्रबहादुर घिसिङ, मकवानपुर