दुध तथा दुग्ध पदार्थको स्वच्छता एवं गुणस्तर निर्देशका २०७५ को कानुनी व्यवस्था मार्फत नेपाल सरकारले २०७५ चैत देखि खुला दुधको बिक्री वितरण पूर्ण रूपमा बन्द गर्न खोजेको छ । निर्देशिका मुलुकभरका दूध उत्पादन, संकलन, चिस्यान केन्द्र सञ्चालन, प्रशोधन, भण्डारण, ढुवानी तथा बिक्री वितरण गर्ने सबै व्यवसायमा लागू हुनेछ । निर्देशिकाले दूध उत्पादन देखि उपभोगसम्मको चरणमा स्वच्छता र गुणस्तर कायम गर्न सघाउ पुग्ने अनुमान गरिए पनि सो अनुसार हुन सकेको छैन ।
सरकारले दूध तथा दुग्धजन्य पदार्थमा स्वच्छता कायम गर्न निर्देशिका जारी गरेको थियो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ‘दूध तथा दुग्ध पदार्थको स्वच्छता एवं गुणस्तर निर्देशिका, २०७५’ जारी गरेको थियो ।
निर्देशिका अनुसार दूध उत्पादक किसानले पशुचौपाया स्वास्थ्य, गोठ तथा फार्मको सरसफाइ, दूध दुहुने भाँडा र व्यक्तिगत सफाइमा समेत ध्यान दिनुपर्नेछ । दूध दिने जनावर स्वस्थ हुनुपर्ने, दूध दुहुनु अघि साबुन पानीले राम्ररी हात धुनुपर्ने, हातमा घाउ चोट तथा खटिरा नभएको तथा संक्रामक रोग नलागेको हुनुपर्ने, गोठ सफा सुग्घर राख्नुपर्ने, दुध दुहुने भाँडो सजिलै सफा गर्न सकिने र ठूलो मुख भएको र स्टेनलेस स्टिल वा अल्मुनियमको हुनुपर्ने छ ।
दूध प्रशोधनको क्रममा दूध राख्ने भाँडा सफा र सुख्खा हुनुपर्ने, दुहेको दूध अर्को भाँडामा खन्याए पछि दुहेको भाँडा तुरून्तै तातोपानी, साबुन वा डिटरजेन्ट पानीले पखालेर घोप्ट्याएर राख्नुपर्ने, दूधमा पानी लगायत बाहृय पदार्थ मिसावट गर्न नपाइने, गुणस्तर बिग्रेको, स्वाद बिग्रेको, फाटेको वा बिगौती दूध प्रशोधनका लागि संकलन केन्द्र वा चिस्यान केन्द्रमा लैजान नपाइने व्यवस्था निर्देशिकाले गरेको छ । तर ब्यवहारमा यी सबै कुरा कार्यान्वयन भएका छैनन । जसका कारण बिक्रिका लागी राखीएका सबै दुग्धजन्य पदार्थहरु उपभोक्ता ठुक्क भएर दुख खान सक्ने अवस्था छैन ।
‘दूध दुहेपछि संकलन केन्द्र वा चिस्यान केन्द्र अथवा प्रशोधन कारखानामा बढीमा दुई घण्टाभित्र पु¥याइसक्नुपर्नेछ, बिहानको दूध बिहानै र बेलुकाको दूध बेलुकै संकलन केन्द्रमा पु¥याउनुपर्नेछ’, निर्देशिकामा भनिएको छ । तर यसको पनि कमैले पालना गरेका हुन्छन् । अहिले कृषकहरूले बेलुका र बिहानको दूध एकैचोटी संकलन केन्द्रमा लैजाने गरेको पाईएको छ । जारी निर्देशिका अनुसार बेलुकाको दूध बिहानसम्म घरमै राखेर अर्को दिन दुध संकलन केन्द्र वा डेरीमा लगेर बिक्रि गर्नमा रोक लगाएको हो ।
यसै गरि दुधको स्वच्छताको लागी ‘पशुलाई खुवाउने दाना पदार्थ स्वच्छ, गुणस्तरीय र पोषणयुक्त हुनुपर्नेछ । कुहिएको ढुसी परेको वा कुनै कारणले स्वच्छता बिग्रिएको खाद्य पदार्थ पशु आहारको रूपमा प्रयोग गर्नु हुँदैन,’निदेशिकामा भनिएको छ । डेरी उद्योगमा दूध प्रशोधन गर्न ठाउँमा आगन्तुकलाई प्रवेश निषेध गर्न भनिएको छ । बाहिरबाट आउने ब्यक्तिबाट हुन सक्ने फोहर लाई नियन्त्रण यस्तो गरिएको भए गुणस्तरमा ध्यान दिइएको भएता पनि उपभोक्ताको स्वास्थ्य भन्दा ब्यवशायलाई ध्यान दिन उपभोक्ता मर्कामा पर्ने गरेका छन् ।
प्रशोधन कक्षमा कामगर्दा कामदारले सफा टोपी, माक्स, एप्रोन, पञ्जा, जुत्ता लगाउनु पर्ने, ब्यवस्था निर्देशिकाले गरेको छ । दूध प्रशोधन गर्दा मेसिनरी औजारको प्रयोग गर्नुपर्ने, दूध प्याकिङ गर्दा रवरले प्याकिङ गर्न नपाइने व्यवस्था निर्देशिकाले गरेको छ । अहिलेको बजार हेर्दा धेरै डेरी पसलहरुले पार्सुल्याईेसन नगरी गाउँबाट किसानले ल्याएको दुधलाई रवरले प्याकिङ गरि खुल्ला दुध बिक्रि बितरण गरिरहेको छन् ।
डेरी उद्योगले दूध खरिद गर्दा अनिवार्य रूपले अनुसूची – ८ बमोजिम गुणस्तर परीक्षण गरी स्वच्छ र गुणस्तरीय भएको सुनिश्चित गरेर मात्र लिनु पर्नेछ । तर यस्तो कार्य पनि धेरै डेरी उद्योगले गरेको पाईदैन । किसानबाट जस्तो दुध आयो त्यस्तै खरिद गरेर बिक्रि बितरण गर्ने प्रबृत्ति देखिएको छ । यसै गरि दूध तथा दुग्ध पदार्थ प्रशोधन गर्दा अनुसूची–१० बमोजिमका प्रशोधन मापदण्डका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय रूपमा स्वीकार्य विधि अनुसार गर्नुपर्ने निर्देशिकामा भनिएको छ ।
उपभोक्ता शिक्षाको अभावमा धेरै उपभोक्ताले ‘ताजा र बाक्लो तर लाग्ने भन्दै धेरै उपभोक्ताले यस्तो दूध रुचाए पनि स्वास्थ्यका लागी यस्तो दुध हितकर हुदैन । ‘बासी हुने भन्दै धेरै उपभोक्ताले प्याकेटको दूध नकिन्ने उपभोक्ताको बानीले पार्सुल्याईजेसन गरिएको प्याकेटको दूध बिक्न छाडेपछि डेरी व्यवसायीले खुल्ला दुध बिक्रि गर्न थालेका छन् ।
अहिले पनि भारतबाट खुल्लमखुल्ला रुपमा नेपाल भित्रिई रुपमा दूध खुला रूपमा ओसार–पसार भैरहे पनि त्यसको नियमन हुन सकेको छैन । उपभोक्ता स्वास्थ्यमा खेलवाड गर्ने ब्यक्तिले दुध बाँक्लो गराउन लुगा धुने सरफ, पाउडर मिलाउने गर्नाले बजारमा उपलब्ध खुल्ला दुध ढुक्कले उपभोग गर्न सक्ने अवस्था छैन ।
डेरी व्यवसायीले दूध संकलन, प्रशोधन र बिक्री कक्ष एउटै प्रयोग गरेका छन् । निर्देशिका लागू भएपछि त्यसो गर्न पाइने छैन । संकलन केन्द्रमा सहज विद्युतको सुविधा हुनुपर्ने र किसानले दूध ल्याएका भाँडा सफा गरेर मात्र पठाउनुपर्ने समेत निर्देशिकामा उल्लेख छ । दुधको गुणस्तर सुधार्न गोठदेखि नै कडाइ गरिनु पर्दछ तर हाल त्यस्तो हुन सकिरहेको छैन ।
दूध दुहुने स्थान देखि संकलन केन्द्र र चिस्यान केन्द्रदेखि प्रशोधन केन्द्रसम्मको सामन्जस्यता भए मात्रै उपभोक्ताले गुणस्तरीय दूध पाउन सक्दछन् । ‘किसानले रोगी जनावरको दूधसमेत पठाउने र किराना पसलेदेखि मासु पसलेसम्मले जसरी पायो, त्यसरी दूध बेच्दा गुणस्तर खस्कने गर्दछ । त्यसको सोझो मार आम उपभोक्ताले ब्यहोर्नु परेको छ । दूधमा स्वच्छता एवं गुणस्तर कायम राख्न सरकारले कार्यविधि ल्याएकाले दुग्ध व्यवसायीले यसलाई कार्यान्वयनमा ल्याउनु पर्दछ ।
कानूनले दुषित खाद्य पदार्थ वा न्यूनस्तरको खाद्य पदार्थको उत्पादन तथा विक्री वितरण गर्न मनाही गरेको छ । कानूनी ब्यवस्था अनुसार कुनै व्यक्तिले दुषित खाद्य पदार्थ वा न्यूनस्तरको खाद्य पदार्थको उत्पादन, विक्री वितरण, निकासी वा पैठारी गर्न वा सो मध्ये कुनै कामका लागि त्यस्तो खाद्य पदार्थ राख्न हुदैन । यसै गरि उपभोक्तालाई झुक्यानमा पारी खाद्य पदार्थ बिक्री वितरण गर्न नहुने ब्यवस्था पनि ऐनले गरेको छ । कसैले कुनै एक खाद्य पदार्थलाई अर्को खाद्य पदार्थ हो भनी वा न्यून गुणस्तरको खाद्य पदार्थलाई उच्च गुणस्तरको खाद्य पदार्थ हो भनी ढाँटी वा झुक्याई वा अखाद्य पदार्थ वा कुनै उच्च गुणस्तरको खाद्य पदार्थमा न्यून गुणस्तरको खाद्य पदार्थ वा अखाद्य पदार्थ मिसावट गरी बिक्री वितरण गर्न हँुंदैन ।
यसै गरि झुक्यानमा पारी खाद्य पदार्थ बिक्री वितरण गर्न नहुने ब्यवस्था ऐनले गरेको छ । कसैले कुनै एक खाद्य पदार्थलाई अर्को खाद्य पदार्थ हो भनी वा न्यून गुणस्तरको खाद्य पदार्थलाई उच्च गुणस्तरको खाद्य पदार्थ हो भनी ढाँटी वा झुक्याई वा अखाद्य पदार्थ वा कुनै उच्च गुणस्तरको खाद्य पदार्थमा न्यून गुणस्तरको खाद्य पदार्थ वा अखाद्य पदार्थ मिसावट गरी बिक्री वितरण गर्न हँुंदैन । नया उपभोक्ता संरक्षण ऐन २०७५ ले पनि उपभोक्ताको हित बिपरित कानूनी प्रावधान मिचेर दुध लगायतका खाद्य पदार्थको बिक्रि बितरण गरे कारवाही गर्ने ब्यवस्था गरेको छ ।
मुलुकि अपराध (संहिता) ऐन २०७४ को दफा १०७ ले खाद्य पदार्थमा मिसावट गर्न नहुने कुरा उल्लेख गरेको छ । कसैले सर्वसाधारणले खाने, पिउने, वा सेवन गर्ने पदार्थमा खान पिउन वा सेवन गर्न नहुने कुनै हानिकारक पदार्थ वा खान पिउन वा सेवन गर्न हुने कमसल पदार्थ वा हानिकारक राहायनिक पदार्थ, मिसावट गरि उत्पादन गर्न, बिक्रि बितरण गर्न, म्याद नाघेको वा मिसावट भएको खाद्य पदार्थ वा अखाद्य पदार्थ बिक्रि बितरण गर्न वा निर्धारित स्तरको भन्दा न्यून स्तरको खाद्य पदार्थ वा अखाद्य पदार्थ बिक्रि बितरण गर्न वा पैठारी गर्न वा बिक्रि बितरणका लागी राख्न हुदैन । (२) उपदफा १ बमोजिमको कसुर गर्ने वा गराउने ब्यक्तिलाई पाँच बर्षसम्म कैद र पचाँस हजार रुपैया सम्म जरिवाना हुने ब्यवस्था कानूनले गरेको छ ।
कसैले कुनै एक खाद्य पदार्थलाई अर्को खाद्य पदार्थ हो भनी वा न्यून गुणस्तरको खाद्य पदार्थ वा अखाद्य पदार्थलाई उच्च गुणस्तरको खाद्य पदार्थ हो भनी ढाटी वा भुक्याई वा कुनै उच्च गुणस्तरको खाद्य पदार्थ अखाद्य पदार्थ मिसावट गरि बिक्रि बितरण गर्न हुदैन । सो बिपरित कसुर गर्ने वा गराउने ब्यक्तिलाई पाँच बर्षसम्म कैद वा पँचास हजार रुपैयासम्म जरिवाना वा दुवै सजाय हुनेछ ।
अन्तमा ः उपभोक्ताको सर्वोत्तम हित र मानव स्वास्थ्यलाई ध्यान दिदै दुध तथा दुग्धजन्य पदार्थमा स्वच्छताका सन्दर्भमा भएका कानूनी ब्यवस्था र निर्देशिकालाई ब्यवहारिक रुपमा कार्यान्वयन गर्न जरुरी छ । यसका लागी नियमनकारी निकाय, दुग्ध ब्यवशायी जिम्मेवारी र जवाफदेही हुनुका साथै आम उपभोक्ता समेत हुन जरुरी छ ।
ड्ड लेखक उपभोक्ता अधिकारकर्मी हुन ।