For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, April 29, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

    युएईविरुद्ध नेपालको जित

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    निजी विचार

    निजी विचार

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

    युएईविरुद्ध नेपालको जित

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    निजी विचार

    निजी विचार

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
होमपेज Lifestyle विचार

यसो गर्दा कसो होला ?–४

byDainik Nepalgunj
July 18, 2025
in विचार
0 0
0
यसो गर्दा कसो होला ?–४
Share on FacebookShare on Twitter

नेपालमा हामीले जहिले पनि राजनीति मात्रै होइन हरेक कुरामा दुई फक्लेटे पद्धतिको मात्रै ब्याख्या गर्यौं । मानिसको जन्म या मृत्यु होस् या विकासको अवधारण र सुशासनको पद्धति सबैमा हाम्रो हुन्छ वा हुन्न र हो या होइन मात्रै टुङ्याउने प्रयास गरका छौं । यसलाई नेपालमा बालमस्तिष्क देखि पाठ्यक्रम र राजनीतिको विचारसम्म संस्थागत मात्रै गरेका छैनौं कुनै एकले अर्कोलाई निषेध नै गर्ने परिपार्टीलाई दर्बिलो तरिकाले संस्थागत नै गरिसकेका छौं । यहिँबाट नेपालको राजनीति सधैं तरल मात्रै होइन धमिलिएको छ ।

कुनैपनि कुराको हुन्छ र हुन्न बीचमा पनि अर्को कुनै पाटो हुन्छ र त्यसले समाधान पनि दिन्छ भन्ने कुरालाई पुरै अस्वीकार गर्न जाँदा नेपाली राजनीति नै लथालिङ्ग भएको छ । राज्य र सरकार सधैं अस्थीर भएको छ । जनताको मनस्थिति नै अनिर्णयको बन्दी बनेको छ । समाजमा र नयाँ पुस्तामा आफ्नो मुल जरोबाट बिच्छिन्नता आएको छ । आफ्नो मौलिकताप्रति नकारात्मकता मात्रै भरिन गएको छ । नयाँ पुस्ताले देशभित्र कुनै भविष्य नै देखेको छैन । देशमा बस्न चाहँदैन । सुन फल्ने माटोलाई त्याज्य बनाएर पुरै परनिर्भर परजिवी बनाइएको छ ।

नेपालको राजनीतिमा जहिल्यै निषेधको मात्रै कुरा आयो । होला कुनै कालमा थोरै त कुनै कालमा धेरै तर चलेको निषेध मात्रै छ ।

राणाकालमा राजालाई निषेध गरियो । जनताको सहभागितालाई निषेध गरियो । राणा शासनको अन्त्यपछिका आठ बर्ष देशको अस्मिता र अस्तित्वलाई नै निषेध गरियो । २०१७ साल देखि नेपाल सापेक्षतावादको कुरा गर्दा अनेक बाहनामा र विदेशी शक्तिको चाहनामा राजाको असल कामलाई पार्टीको नाममा निषेध गरियो । पार्टीले राजसंस्थासँग तत्कालिक समयको माग बुझेर सहकार्य गर्न खोजेनन् । विदेशीले उचालेकै भरमा राजतन्त्र र पञ्चायत शासन नै गलत हो र पार्टीहरु मात्रै ठिक हुन भन्ने न्यारेटिभ सेट गरियो । राजाले सुधारिएको पञ्चायत भनेर जनताबाट प्रतिनिधी चुनिने व्यवस्था गरे तर पनि पार्टी मान्छे समेत उपयोग भन्दै चुनिँदै र त्यसैका बिरुद्ध लाग्दै गरियो । त्यसलाई ठिक भन्न दलको चश्माले दिएन । राजाले २०४६ सालमा दललाई नै देशको भाग्य सुम्पिए तर त्यहाँ पनि दल दल बीचमा नै निषेधको राजनीति चल्यो । आफुलाई नभए सरकार संसद नै भङ्ग गर्ने परम्परा २०७७ सालसम्म नै चल्यो ।

आफुले सत्तामा शक्ति आर्जन गर्ने संख्याबल नहुँदा बन्दुकले नै शक्ति आर्जन गर्ने भन्दै एकथरिले देशको मुल कुल धर्म सँस्कृति भाषा सभ्यता बिभिन्न जातजातिका मौलिक परम्परा पूजा पद्धति र नेपालको सकल मौलिकता माथि नै धावा बोल्ने र यसलाई निषेध गरेर आफ्नो सत्ताको अभिष्ट पुरा गर्नेतिर लागे । दश बर्ष यो क्रम चल्यो । बन्दुकको बलमा धाकधम्की र विदेशीको स्वार्थमा नेपालवादलाई निषेध गरेर जानेहरु एकठाउँमा आउने वातावरण विदेशीको आर्शिवादले विदेशी भूमिमा नै बन्यो ।

व्यवस्था फेरिए । संविधान फेरिए । सरकारहरु फेरिए । साँस्कृतिक धार फेर्न खोजियो । नेपालीको रक्त शुद्धता फेर्न जेनेटिक मिश्रणको नीति ल्याइयो । जातिय एकताको नाममा हाइब्रीड (वर्णशंकर) नेपाली नश्ल बनाउने र नेपाली वास्तविक जीन नै मास्ने खेल चलाइयो । यसलाई अस्वीकार गर्नेलाई निषेध गर्ने घोषित नीति आजपनि छ ।

नेपालको माटोमा रैथाने रगतका छिँटाहरु मास्ने काम भयो । रैथाने बाली वनस्पति र पशुपंक्षी समेतलाई विकासेको नाममा निषेध गरियो । यहाँको माटो अपवित्र मात्रै बनाइएन हिमाल र हिम नदिहरु समेत दुषित बनाइयो ।

नेपाली राजनीतिमा वर्तमान व्यवस्थाका नाममा लामो समयसम्म राजनीतिक तरलता मात्रै रह्यो । जुनकुनै व्यवस्था आएपनि र जतिवटा संविधानहरु बनेपनि देशका जनताले निश्चिन्त हुने वातावरण नै बनेन । देशको अस्मिताको रक्षा भएको अनुभूति पनि भएन । रीतले कानून बनेको र कानूनले शासन गरेको अनि कानून भित्र शासक बसेको देख्न नेपालीका आँखाहरु आजसम्म पनि तर्सी नै रहे । पार्टीको सिण्डिकेट भित्र केहि व्यक्तिको सिण्डकेटको माकुरी जालोमा देश अल्झी रहेको छ र राजनीति झन झन् अस्थीर हुँदै गएको छ । एकले अर्कोलाई निषेध गरेरै जाने थिति बसेको छ । यसका लागि सत्ताले पनि सडक आन्दोलन गर्ने गरेको छ । यहि व्यवस्था र यहि परिपाटीलाई निर्विकल्प भन्ने मनोवृति भनेको त यो देशको समुच्य अवस्थालाई निषेध गर्नु हो ।

यो व्यवस्थामा सत्ता १५ प्रतिशत मत ल्याउनेले पाउँछ । विपक्षमा ८५ प्रतिशत जनता भएपनि १५ प्रतिशतले निषेध गरेर जान खोज्छ । अहिले कै सत्ता दुई ठूला पार्टी मिल्दा ६६ प्रतिशत मत भएता पनि यी मध्ये एउटा र अर्को कुनैसँग मिलेर सरकार बनाउँदा त अल्पमतभित्र बहुमतको सरकार नै हो बन्ने ।

नेपाल यहि निषेधको शिकारले थल्लिएको छ । यो अझै झाँगिदै जाने हो भने नेपालको अस्तित्व कसैले पनि बचाउन सक्ने छैन । नेपाल फिलिपिन्स, फिजी, दक्षिण सुडान या भूटान वा अन्य यस्तै देश हुनबाट रोकिनेवाला पनि छैन ।

कुनैबेला नेपालको बिगत दुनियाँका लागि नै असाध्यै लोभलाग्दो थियो । यहाँको समाजमा रहेको समाजिक संघुलन र सहृदयता, स्वकर्मबल, कृषिमा आत्मनिर्भरता, आफ्नै रचना र संरचना, उत्पादनमा रहेको हुद्दा अर्मपर्म, विकासमा रहेको सक्रिय सेवा र समानुपातिक समाजिक सहभागिताले विदेशी व्यापारीहरुको लागि बजार बन्द भएको थियो । पश्चिमाहरुको लागि बजार बन्द देखेर नै यहाँका पार्टीहरु प्रयोग गरेर आइएनजिओ घुसाएर नेपाली मौलिक परम्परा, यहाँको समाजिक संरचना माथि नितिगत, अर्थगत र शासकीय आक्रमण गरेर भताभुङ्ग पारिएको हो । देशका युवालाई आधुनिक दासका रुपमा विदेशमा पठाउने र उनीहरुले घरखर्च पठाएको रेमिटबाट राज्य चलाउने नीतिले देश त बन्दैन बन्दैन देशको अस्तित्व पनि नरहन सक्छ ।

आजपनि देश कुन व्यवस्था भन्ने रनभुल्ल कै वरिपरि घुमिरहेको छ । कसैलाई विगतमा नराम्रो लागेको आज ठिक लाग्दैछ कसैलाई आजको नै अपर्वतनीय लागेको छ । तर यी दुबैका हठहरु नेपालको राजनीतिक हितका लागि ठिक होइनन् ।

यहाँ देशको अभिभावक छैन । यहाँ देशको लागि भोटको चिन्ता छोड्ने कार्यकर्ताको गलत माग छोड्ने आँट कुनै पार्टी र नेतामा देखिन्न । सरकार साझा हुन सकेका छैन । नेता सबैको हुन सकेको छैन । सधैं भरि सत्तालाई आफ्नो कुर्ची बचाउन जालझेल निषेध प्रतिशोध मात्रै गर्ने चटारो छ । प्रतिपक्षलाई सत्तालाई खुइल्याएर आफु तख्त चढ्ने ध्याउन्न मात्रै छ अनि देशको राजनीति सधै अन्योल, अस्थिर र तरल मात्रै छ । अब यसको अन्त्य हुनैपर्छ । यथास्थितिमा देशलाई भुँवरीमा पारेर राख्नु हुँदैन ।

दक्षिणले तराई बिशेष गरेर पूर्वी तराई टुक्र्याउने र आफ्नो रणनैतिक महत्वको चिकेन नेकलाई फराकिलो पार्ने प्रयास जारी राखेको छ । यसकालागि कोशीमा जनजाति र मधेशमा स्वायत्त मधेशको नारामा लगानी गरेको जस्तो छ । पहाडमा एन्टी चीन प्रो स्वतन्त्र तिब्बत र धर्मान्तरणलाई फण्डिङ भैरहेको छ । यो समय छँदै रोक्नुपर्छ ।

संविधान कुनै वेद कुरान, बाइबल वा गुरुग्रन्थ होइन । यसलाई देशको अस्तित्व रक्षाको लागि जस्तो आवश्यकता हुन्छ त्यसरी परिवर्तन गरेर जानुपर्छ ।

पार्टीको कार्यकर्ता देशको अभिभावक बन्न सक्दैन भन्ने कुरा प्रमाणित भैसकेको छ । यो अवस्थामा देशको अभिभावकीय स्थायी संस्थाको खाँचो अपरिहार्य देखिन्छ । हिजोका तितामिठा पलहरुलाई राष्ट्रहितका लागि बिर्सन सक्नुपर्छ । विधि र विधानले बाँधेको राजसँस्था राख्दा उपयुक्त नै हुन्छ ।

वर्तमान निर्वाचन प्रणाली नेपालको सन्दर्भमा उपयुक्त देखिएन । यो प्रमाणित नै भैसक्यो थप पर्खिरहनु पर्दैन । अब निश्चित योग्यता नै तोकेर प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, विज्ञहरुको एघार सदस्यीय मन्त्रीमण्डल, १०५ सदस्यीय विधिनिर्माणको लागि प्रत्यक्ष बहुमत भोट (५१ प्रतिशत मतबाट ) निर्वाचित सांसद हुनुपर्छ । प्रदेश संरचना खारेज वा पुरानो विकासक्षेत्र अनुरुप वा नेपालको भूगोल अनुसारको पानीढलो सिद्धान्तको आधारमा बढिमा तीनवटासम्म र राजधानी क्षेत्र गरि ४ वटासम्म रहने तर त्यो पनि प्रत्यक्ष निर्वाचनबाट प्रदेश प्रमुख रहने व्यवस्था गनुर््पर्छ ।
आज सबैभन्दा भ्रष्टाचार हुने निकाय भनेको स्थानीय तह भएको छ । यसलाई कानूुन बनाउने अधिकार होइन कार्यान्वयन मात्रै गर्ने निकायको रुपमा लैजानुपर्छ ।

कुनैपनि तहका जनप्रतिनिधीले तलब भत्ता खाने परिपाटीको अन्त्य गरिनुपर्छ । परराष्ट्र मन्त्रालयको सहमती र समुपस्थितिमा बाहेक कुनैपनि जनप्रतिनिधीले कार्यकालमा छँदा विदेशीलाई भेट्ने वा विदेश भ्रमण जाने परिपाटी रहनै हुँदैन । मिडियाहाउसहरुको विदेशी दुतावासतिर आर्शिवाद लिन धाउने परिपार्टीको अन्त्य गरिनुपर्छ । न्यायलय र संवैधानिक निकायमा कार्यकर्ता भर्तीको बाटो बन्द गरिनुपर्छ ।

देश रहे मात्रै वर्तमान र भावीपुस्ताले राजनीति गर्ला । नेपालीत्व रहे नेपाली पहिचन रहला । नेपाल र नेपाली रहलान् । यसैले राजनीतिक इच्छाशक्ति राखेर सबै पार्टी र नेताले यति आँट गर्न सकेमा देशमा विदेशी खेल्ने र नेपाललाई अरुको रणमैदान बनाउने बाटो न्यून हुनेछ । देशको अस्मिता बचाउन कम्तिमा पनि यसो गर्दा देशको राजनीतिमा सधैं रहने तरलताको पनि अन्त्य हुनेछ ।

Previous Post

उच्च अदालत बाँकेमा एक बर्ष नाघेका मुद्दा शुन्य

Next Post

श्रम बिना प्रगति सम्भव छैनः प्रधानमन्त्री ओली

Next Post
देशमा आजः ८ बजे ८ खबर

श्रम बिना प्रगति सम्भव छैनः प्रधानमन्त्री ओली

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नेपालगञ्जमा तयार हुँदै अत्याधुनिक नगरभवन

अन्योल बीच खुले स्कुल

April 29, 2026
सार्वजनिक बिदाको दिन पनि हुलाकबाट वस्तु आयात–निर्यातको सेवा लिन सकिने

हुलाकबाट घरमै राहदानी वितरण चौध जिल्लामा सुरु, साढे दुई लाख सवारी ‘लाइसेन्स’ ढुवानी

April 29, 2026
कार्यसम्पादन मूल्यांकनमा प्रदेश कमजोर

बाँकेमा आज आँधीको सम्भावना

April 29, 2026
निजी वनको दर्ता अब पालिकाबाट

बाँकेमा १५६ विभिन्न वन्यजन्तुको उद्धार

April 29, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version