पश्चिम नेपालमा ह्वात्तै चिसो बढेको छ । हुस्सु, कुहिरो तथा दिनभरी घाम नलाग्न आएको तापक्रमको कमीले बाँकेको जनजीवन मंगलवारपूर्णत प्रभावित रह्यो । प्रतिकुल मौसमका कारण विद्यालय जाने बालबालिका, ज्येष्ठ नागरिक तथा दैनिक ज्याला मजदुरी गर्ने प्रभावित रहे ।
जिल्ला प्रहरी कार्यालय बाँकेले चिसोले पार्ने प्रभाव पार्ने भएकाले त्यसबाट सजगता अपनाउन आग्रह गरेको । ‘तराईका विभिन्न भागमा विशेष गरी पुस रमाघ महिनामा आकाशलाई दिनभरिनै कुहिरोले ढाक्ने रघाम नलाग्ने हुँदा आकाशबाट अत्यन्त चिसो शित खस्छ’, प्रहरीले भनेको छ, ‘शीतलहरको प्राकृतिक प्रकोप भनिन्छ । नेपालको तराई क्षेत्रमा हरेका वर्ष शितलहरले धेरैको ज्यान लिने गरेको रमानव स्वास्थ्य वाहेक खेतिपाती, पशुपालन, सडक यातायात, हवाइ उडान, शैक्षिक गतिविधी आदी समेत प्रभावित हुन पुग्दछ ।’
प्रहरीले गोडा माथि देखिनै बाक्लो तथा न्यानो लुगा लगाउन, कोठा न्यानो पार्ने रपर्याप्त हावा ओहोरदोहोरहुने व्यवस्था मिलाउन, शीतलहरको समयमा घरबाहिरखुल्ला स्थानमा लामो समय नविताउन, रातको समयमा न्यनो सिरक, कम्बल जस्ता ओड्ने प्रयोग गर्ने रघरभित्र राती सुत्दा शरीरको पुरै अंग ढाक्ने प्रबन्ध मिलाउन सूचना जारी गरेको छ ।
प्रहरीले बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, गर्भवती महिला तथा दीर्घ रोगीहरूलाई चिसोबाट जोगाउन, आमाको दूध खाने बच्चाहरूलाई नियमित रूपमा स्तनपान गराउन, चिसोको समयमा शरीरलाई चाहिने आवश्यक खानेकुरा रपर्याप्तमात्रमा तातो तथा पोषिलो झोल पदार्थहरू सेवन गर्न, स्वास्थ्य सम्वन्धी कुनै समस्या आई परेमा, ज्वरो आएमा, झाडा पखाला लागेमा, दम बढेमा, खोकी लागेमा, छाती घ्यारघ्यारभएमा वा श्वास फेर्न कठिनाई भएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राख्न सुझाव दिएको छ ।
‘सुत्ने कोठामा आगो, मकल, कोइला बाली झ्याल ढोका बन्द गरेरनसुत्ने। जसले गर्दा वास फेर्न नसकी निसास्सिएरमृत्यु समेत हुन सक्छ’, प्रहरीले भनेको छ, ‘विद्युतिय उपकरणहरूको प्रयोग गर्दा सावधानी अपनाउन, आगो बालेको ठाउँमा बच्चाहरूलाई एक्लै नछोड्न, शीतलहरचलेको बेलामा पाल्तु पशुपंक्षीलाई खुल्ला स्थानमा चराउन नलैजाने, गोठ टहरामै राखेरपर्याप्त घाँस÷पराल रदाना दिनु पर्दछ ।’