For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, July 25, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

जुँगे महादेवको नवमूर्ति रुद्राभिषेक, प्राण प्रतिष्ठासँगै दर्शन खुला

byDainik Nepalgunj
July 22, 2025
in News, मुख्य समाचार
0 0
0
जुँगे महादेवको नवमूर्ति रुद्राभिषेक, प्राण प्रतिष्ठासँगै दर्शन खुला
0
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

प्रसिद्ध शक्तिपीठ बागेश्वरीमा ऐतिहासिक धार्मिक पुनर्जागरण गर्ने योजना

नेपालगन्जस्थित प्राचीन र प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिर परिसरमा रहेको शिव मन्दिरमा सोमवार (कामिका एकादशी तथा साउन महिनाको पहिलो सोमवार) को अवसरमा जुँगे महादेव (खडेश्वर) को नयाँ अष्टधातुको मूर्ति विधिवत् रूपमा रुद्राभिषेकसहित प्राण प्रतिष्ठा गरिएको छ ।

करिब आठ दशकअघि प्रतिष्ठापित मूर्ति खण्डित भई पूजाअर्चना कठिन भएपछि नेपालगन्ज उपमहानगरपालिका, बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समिति र भक्तजनको संयुक्त पहलमा नयाँ मूर्ति स्थापना गरिएको हो ।

धार्मिक महत्वका दृष्टिले हेर्दा यो प्राण प्रतिष्ठा कर्मले शक्तिपीठ बागेश्वरी परिसरको आध्यात्मिक ऊर्जा अझ प्रबल बनाएको विश्वास गरिन्छ । शिवको खडेश्वर स्वरूप, जुन विश्वमै दुर्लभ भनिएको छ, बाँकेमा स्थापित हुनु आफैँमा गर्वको विषय रहँदै आएको छ ।

बि.स. २००८ सालमा तत्कालीन बडाहाकिम प्रकाश शम्शेर राणाले स्थापना गरेको जुंगे महादेवको मूर्तिलाई धार्मिक इतिहासको एक महत्वपूर्ण कडी मानिन्छ ।

सोमवार एकाबिहानैदेखि प्राण प्रतिष्ठाका लागि शिव मन्दिरमा ११ जना पण्डितले रुद्रीपाठ गर्नेदेखि रुद्राभिषेक उत्सव आयोजना गरिएको थियो । त्यसका लागि मूलमहन्त चन्द्रनाथ योगीको संरक्षकत्वमा हेमकान्त रिजालको अध्यक्षतामा गठित कर्मकाण्ड आयोजना समिति गठन गरिएको थियो । सोही समितिको निर्णयमा मूलआचार्य पण्डित जयराज आचार्यको नेतृत्वमा ११ जना ब्राहमणले जुंगा रहेका खडेश्वर शिव महादेवको मूर्ति रुद्राभिषेक गरेका हुन् ।

समारोहमा नेपालगन्ज उपमहानगरपालिका नगरप्रमुख प्रशान्त विष्ट र गुठी समितिका अध्यक्ष गोपालप्रसाद अधिकारी स–पत्नी कर्ताका रुपमा वैदिक विधिअनुसार प्राण प्रतिष्ठाका लागि सहभागी भए । त्यसक्रममा गुठीका निवर्तमान अध्यक्षसमेत रहेका सांसद धवलशम्शेर राणा, पूर्व उपाध्यक्ष, राष्ट्रिय मधेसी आयोगका सदस्य विजयकुमार गुप्ता पनि पुजाअर्चनामा सहभागी भए ।

जुंगे महादेवको मन्दिर, पूजाघर, घाट र मन्दिर पुग्न बनाइएको पुल जिर्ण अवस्थामा रहेकोले त्यसको पुनःनिर्माणका क्रममा मूर्तिपनि नयाँ बनाइको हो । त्यसको सोमवारनै उद्घाटन गरिएको थियो । एक करोड नौ लाख रुपैयाँको लागतमा गरिएको मन्दिरको जिर्णोद्वारपछि, सात फिट अग्लो पित्तलको त्रिशुल र अष्टधातुमा निर्मित नयाँ मूर्तिको स्थापना गरिँदा भक्तजनमा विशेष उत्साह देखिएको थियो ।

अध्यक्ष अधिकारीका अनुसार, पूरानो खण्डित अवस्थामा रहेको जुँगे महादेवको मूर्तिको सट्टा मन्दिरको छानोमा सात फिट लामो पित्तलको त्रिशुल थपेर र अष्टधातुको जुँगे महादेवको मूर्ति निर्माण गरिएको हो ।

धार्मिक विश्वासअनुसार, शिवको उपस्थितिले नकारात्मक शक्तिको नाश, आत्मशुद्धि र इच्छाशक्ति वृद्धिमा सहयोग पु¥याउँछ । त्यसैले खडेश्वर महादेवको पुनःस्थापना बाँके तथा लुम्बिनी प्रदेशको धार्मिक पर्यटन प्रवद्र्धनमा समेत महत्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको छ ।

‘नेपालगन्जका लागि धार्मिक पर्यटनको मुख्य स्रोत वागेश्वरी र त्यहाँ अवस्थित जुंगेश्वर महादेव हो,’ नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देल भन्छन्, ‘यसको प्रचारप्रसार र ब्राण्डिङमा योजनाबद्ध रुपले काम गर्न आवश्यक छ ।’

‘धार्मिक, ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको यो कार्यले शक्तिपीठ बागेश्वरीलाई अझ भव्य, व्यवस्थित र आध्यात्मिक गन्तव्यको रूपमा उचाइमा पु¥याउन सक्छ,’ पर्यटन अभियन्ता सिग्देलले दैनिक नेपालगन्जसँग भने । त्यसका लागि सोमवारकै अबका कार्यक्रमलाई अझै भव्यता दिन आवश्यक रहेको उनको भनाइ छ ।

हालैमात्र वागेश्वरी मन्दिर सञ्चालन उचित व्यवस्थापनका लागि पाँच सदस्यीय बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समिति गठन गरिएको छ, जसको नेतृत्व गोपालप्रसाद अधिकारीले गरेका छन् । सोमवारनै निवर्तमान अध्यक्ष डा. राणाले नयाँ अध्यक्ष अधिकारीलाई शक्तिपीठको लकरको साँचो हस्तान्तरण गरे ।

अध्यक्ष अधिकारीले प्रसिद्ध शक्तिपीठ बागेश्वरीमा ऐतिहासिक धार्मिक पुनर्जागरण गर्ने योजना रहेको बताएका छन् । ‘धेरै काम गर्न सकिन्छ, गर्नेछौं,’ अध्यक्ष अधिकारीले दैनिक नेपालगन्जसँग भने, ‘त्यसका लागि सबैको साथ सहयोगको आवश्यकता छ ।’ यसै महिना बागेश्वरी मन्दिर परिसरको ताललाई व्यवस्थित गरि जल भरिने अध्यक्ष अधिकारीको भनाइ छ ।

फर्किन्छ बोलबम काँवरियाको रौनक

साउन महिनाको पहिलो सोमबार, देशभरका शिव मन्दिरहरूमा भक्तजनको घुइँचो लागेको छ । विशेषगरी बोलबम काँवरिया यात्राले साउनको रौनक थपिने गरेको छ ।

यसैक्रममा राप्ती नदीमा स्नान गरि जल लिएर आएका काँवरिया यात्री भक्तजनले प्रसिद्ध शक्तिपीठ वागेश्वरीको जुंगे महादेव मन्दिरमा पुजा गरेर वागेश्वरी तलाउमा जल मिसाउन भने यसपाली पनि पाएनन् ।

हिन्दू धर्मावलम्बीहरूले यो पवित्र महिनामा हरेक सोमबार चोखो पानी लिएर शिवालयमा अर्पण गर्ने र शिवको पूजा–आराधना गर्ने परम्परालाई बोलबम भनिन्छ । ‘यसै महिना वागेश्वरी तलाउमा जल भरिने छ,’ यसैसाताबाट जल भर्न आवश्यक प्रक्रिया शुरु भइसकेको जानकारी दिंदै गुठीका अध्यक्ष अधिकारीले दैनिक नेपालगन्जसँग भने, ‘साउनको अन्तिम सोमवारसम्म वागेश्वरी परिसर धेरै आकर्षक बनाइसकिनेछ ।’

सोमवार देशका विभिन्न भागमा बोलबम यात्रा उत्साहका साथ सुरु भएको छ । नेपालगन्जको बागेश्वरी स्थित जुँगेश्वर महादेव मन्दिर सञ्चालनमा आएसँगै बाँके गाउँको शिवालय, राप्ती नदीस्थित सिधनियाघाट लगायत जिल्लाको हरेक शिव मन्दिर, शिवालयहरुमा जल अर्पण गरिएका हुन् । नेपालगन्जबाट ठुलो समूह बोलबमका लागि भारतको उत्तराखण्डस्थित देवघरतर्फपनि प्रस्थान गरेको छ ।

राजधानी काठमाडौँको पशुपतिनाथ मन्दिरमा बोलबम मेला भर्न नेपालका विभिन्न क्षेत्र र छिमेकी मुलुक भारतबाट समेत हजारौँ भक्तजनहरू पुगेका छन् । निश्चित समूह बनाएर पानीको मुहानबाट चोखो जल लिएर शिवालयसम्म पुग्ने यो परम्पराले धार्मिक र सांस्कृतिक महत्व बोकेको छ ।

लुम्बिनी प्रदेशकै महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल स्वर्गद्वारीमा दर्शन गर्न आउने तीर्थालुको संख्या यसवर्ष बढेको छ । साउन महिना सुरु भएसँगै बोलबमका लागि तीर्थयात्री आउने क्रम बढेको आश्रमले जनाएको हो ।

भारतबाट तीर्थालुहरु बोलबमका लागि आउने गरेको आश्रमका प्रमुख प्रशासकीय अधिकृत हरि अधिकारीले बताउछन् । बोलबम शिवको उपासना भएकाले स्वर्गद्वारीलाई इष्टदेवता मान्ने तीर्थयात्री बोलबमका लागि आउने गरेको हुन् । बोलबममा आउने तीर्थयात्रीले माण्डवी नदीबाट जल लगेर स्वर्गद्वारीमा चढाउने गर्दछन् । अरु महिनाभन्दा साउनमा स्वर्गद्वारी आउने धेरै हुन्छन् ।

स्वर्गद्वारीमा वैशाख पूर्णिमा, तिहारको औंशी, दशैँको फूलपाती, माघे सङ्क्रान्तिमा विशेष पूजा तथा मेला लाग्ने गर्दछ । स्वर्गद्वारीमा नेपाललगायत भारतका विभिन्न ठाउँबाट पर्यटक आउने आश्रमको तथ्याङ्क छ । भारतबाट आउने तीर्थयात्री बढी रहेको आश्रमले जनाएको छ ।

Previous Post

जुँगे महादेवको मन्दिरमा पूजाआजा सुरु

Next Post

सशस्त्रले सार्वजनिक गर्यो एकवर्षको उपलब्धी

Next Post
सशस्त्रले सार्वजनिक गर्यो एकवर्षको उपलब्धी

सशस्त्रले सार्वजनिक गर्यो एकवर्षको उपलब्धी

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    तीन हजार भारतीय भक्तजनले चढाए बागेश्वरीमा जल

    तीन हजार भारतीय भक्तजनले चढाए बागेश्वरीमा जल

    July 25, 2025
    मागका बेला मल अभाव

    मागका बेला मल अभाव

    July 25, 2025
    को हुन् लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्य ?

    ‘सुशासनको पाटोलाई दृढताका साथ अघि बढाएका छौं’: मुख्यमन्त्री आचार्य

    July 24, 2025
    बहुगुणी अमला फाईदै फाइदा

    बहुगुणी अमला फाईदै फाइदा

    July 24, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version