For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, May 2, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    शनिवार देखि ‘कोहलपुर गोल्डकप’ फुटबल

    शनिवार देखि ‘कोहलपुर गोल्डकप’ फुटबल

    टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

    युएईविरुद्ध नेपालको जित

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

बहुगुणी अमला फाईदै फाइदा

byDainik Nepalgunj
July 24, 2025
in विचार
0 0
0
बहुगुणी अमला फाईदै फाइदा
Share on FacebookShare on Twitter

नेपालको वनस्पतिक सम्पदाभित्र एक अनुपम निकै महत्वपूर्ण रुख हो अमला जुन औषधीय पोषणात्मक धार्मिक र पर्यावरणीय हिसाबले अत्यन्तै उपयोगी छ । यो रुख मध्यम आकारको, सदाबहार कम रेख देख गरेर पनि हुर्कने प्रकृतिको हुन्छ। अमलाको पातहरू साना मिलेर बनेका हुन्छ्न यसको फल गोलाकार, हरियो रंगको र चिल्लो सतह भएको हुन्छ जसमा सामान्यतया ६ खण्ड हुन्छ्न । अमलाको फल स्वादमा अमिलो, तितो, टररो हुन्छ। नेपाल, भारत, श्रीलंका, बङ्गलादेश, म्यानमार,चीन थाइल्याण्ड लगायतका देशहरूमा यो रुख पाइन्छ। अमलाको फल विशेषत हिउँदको सुरुमा पाक्दछ । यसको सेवन मानव स्वास्थ्यका लागि अत्यन्त लाभदायक मानिन्छ। नेपाली आयुर्वेद योग दैनिक जीवनशैलीमा अमलाको नियमित प्रयोगले यसको महत्व झनै बढाएको छ। अमला रसायनशास्त्रको दृष्टिले हेर्दा भिटामिन सि को सबभन्दा राम्रो प्राकृतिक स्रोत हो। यसमा पाइने ट्यानिन, पॉलिफेनोल, ग्यालिक एसिड, एम्ब्लिक्यानिन, एलागिक एसिड जस्ता यौगिकहरूले यसलाई एन्टीअक्सिडेन्ट बनाउँछ। यिनै कारणले अमलाले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउँछ रक्तसञ्चार प्रणालीलाई सशक्त बनाउँछ क्यान्सर रोकथाममा सहयोग पुर्‍याउँछ मधुमेहका लागि उपयोगी मानिन्छ कलेजो तथा पाचन प्रणालीलाई राम्रो गर्छ । नियमित अमला सेवनले मानसिक तनाव कम हुने स्मरणशक्ति बढ्ने निद्रा सन्तुलनमा सुधार आउने वृद्धावस्थामा हुने बिभिन्न रोगहरूबाट जोगिने कुरा वैज्ञानिक अनुसन्धानहरूले पुष्टि गरेका छन्। अमलाको जुस, चूर्ण, अचार, मुरब्बा, गल्का, अमला पाउडर अमला क्यान्डी जस्ता सामग्रीहरू नेपालमा घरेलु तथा व्यवसायिक रूपमा निर्माण भई बजारमा सजिलै पाइन्छन्। विशेष गरी त्रिफलामा अमला प्रमुख तत्व हो जसले शरीरलाई विषमुक्त बनाउने कार्य गर्छ। यस्ले ग्यास्टिक कब्जियत र पेट सम्बन्धि समस्याको लागि बनी निकै महत्त्वपूर्ण मानिन्छ।

अमला भिटामिनको राम्रो स्रोत भएकै कारण अमलालाई हिन्दु धर्ममा पनि पुजनीय फलको रूपमा राखिन्छ भनिन्छ ३ वटा सुन्तलामा भन्दा १ वटा अमलामा धेरै भिटामिन हुन्छ र अमलाको रुखको फेदमा छायाँमा बस्नाले पनि अनेक रोगहरु निको हुन्छ भन्ने भनाइ छ । अमलामा विभिन्न रोगहरु निको पर्ने क्षमता हुन्छ । अमलाले युवाहरूमा यौबन शक्ति प्रदान गर्नुका साथै बृद्धहरूमा रोग प्रतिरोधात्मक शक्तिको बिकास गर्छ।नेवारीहरुले मह पुजामा फलहरु राख्दा अमलाको फल अनिवार्य राख्छ्न । हिन्दु धर्ममा अमलालाई धात्री अर्थात् जीवनदायिनी माता भनिन्छ। अमला नवमी, एकादशी वा कार्तिक स्नान जस्ता धार्मिक अवसरहरूमा अमलाको पूजा गरिन्छ। मानिसहरूले अमलाको रुखलाई जीवन, दीर्घायु, स्वास्थ्य र पवित्रताको प्रतीक मानेका छन्। केही समुदायहरूमा अमलाको पात तथा फल ब्राह्मण भोजनमा प्रयोग गरिन्छ भने केही पूजामा अमलाको प्रयोग अनिवार्य मानिन्छ। ग्रामीण नेपालमा अझैपनि मानिसहरू अमलाको पात, फल र बोक्रालाई घरेलु औषधि स्वरूप प्रयोग गर्छन्। अमलाको पत्ताबाट बनाइने धूप चटनी अचार तथा रस नेपालका विभिन्न ठाउँमा परम्परागत रूपमा चलिआएका छन्।

अमलाको रुख पर्यावरणीय सन्तुलन कायम राख्नका लागि पनि अत्यन्त उपयोगी मानिन्छ। यसको जराले माटो समात्ने भूक्षय रोक्ने जमिनलाई उर्वर बनाउने काम गर्छ। अमलाको पातहरूले वातावरणीय प्रदूषण बाट बचाउने क्षमताले वायुशुद्धिकरणमा सहयोग गर्छ। अमलाको रुखले धेरै छायाँ दिने भएकाले गर्मीमा शीतलता प्रदान गर्छ विभिन्न चराचुरुङ्गीको लागि सजिलै गुड बनाउने मिल्छ र अमला को रुख मा धेरै चराका गुडहरु देख्न पाईन्छ । यसलाई बगैंचामा विद्यालय प्राङ्गणमा पार्क तथा बाटो छेउछाउमा सजिलै रोप्न सकिन्छ। यसको छिटो बढ्ने क्षमता कम पानीमै हुर्कने विशेषता हेरचाह पनि कम गर्नु पर्ने कारणले वातावरणीय संरक्षण तथा वृक्षारोपण कार्यक्रममा अमलालाई प्राथमिकता दिनु पर्छ । यसले हरियाली विस्तारसँगै मानव स्वास्थ्य र प्राकृतिक सन्तुलनको संरक्षण गर्न पनि सहयोग पुर्‍याउँछ।

व्यावसायिक दृष्टिले हेर्दा अमलाको खेती नेपालको लागि नयाँ सम्भावना हो। विशेष गरी मधेश तराई चुरे क्षेत्र तथा उष्णशीतोष्ण भेगहरूमा यसको व्यावसायिक खेती सम्भव देखिन्छ । अमलाको बिरुवा अन्य बिरुवाको तुलनामा चाँडो हुर्कन्छ र करिब ३, ४ वर्षमै फल दिन थाल्छ। यसलाई गोबर मल जैविक मल तथा हल्का सिंचाइको साथमा सजिलै बढाउन सकिन्छ। यसबाट प्राप्त हुने फललाई विभिन्न प्रशोधनका माध्यमबाट उच्च मूल्यमा बिक्री गर्न सकिन्छ यो अन्तर्राष्ट्रिय बजारमा निकै माग भएको छ। जसले कृषकहरूलाई राम्रो आम्दानी दिने सम्भावना राख्दछ। नेपालका केही सहकारी संस्थाहरूले अमला खेतीलाई व्यावसायिक बनाएर अमला चूर्ण, अमला क्यान्डी, तेल, अचार उत्पादन गरिरहेका छन्। यसले ग्रामीण महिला, युवा तथा कृषक वर्गलाई आत्मनिर्भर बनाउने स्वरोजगार सिर्जना गर्ने ग्रामीण अर्थतन्त्रलाई सबल र सक्षम बनाउने दिशामा टेवा पुर्‍याएको छ। उद्योगहरूमा रोजगारी सिर्जना हुनुका साथै जैविक उत्पादनप्रतिको जनचासो पनि बढ्दो छ। नेपाल सरकार तथा विभिन्न गैरसरकारी संस्थाहरूले अमला खेती र यसलाई आधुनिक प्रविधि, तालिम, अनुदान र बजार पहुँच सुनिश्चित गर्ने प्रयासहरु गर्न सुरु गरिरहेका छन्। निर्यात योग्य बनाइएका अमला उत्पादहरूले नेपालको हर्बल व्यापारलाई अन्तर्राष्ट्रिय बजारसम्म विस्तार गर्ने सम्भावना पनि बढाएको छ। यही कारणले कृषि नीति तथा वन उत्पादन रणनीतिहरूमा अमलाजस्ता बहुउपयोगी रुखहरूको प्रवर्द्धनलाई प्राथमिकता सरकारले दिनु पर्छ । अमलाको रुख प्राकृतिक औषधि मात्र नभई मानव जीवनका धेरै पाटाहरूमा सकारात्मक प्रभाव पार्ने अमूल्य वृक्ष हो। यसको फलले शरीरलाई रोगमुक्त बनाउँछ। यसको रूखले वातावरणलाई हरियाली बनाउछ। यसको व्यापारले अर्थतन्त्रलाई चलायमान बनाउँछ। बदलिँदो जलवायु खानपानमा रासायनिक प्रदूषण तथा बढ्दो जीवनशैलीजन्य रोगहरूको युगमा अमला जीवनदायिनी विकल्पका रूपमा देखा परेको छ। बालबालिकादेखि वृद्धसम्म सबै उमेर समूहका मानिसहरूले अमला प्रयोग गरेर स्वास्थ्यमा लाभ लिन सक्छन्। आधुनिक विज्ञानले समेत यसको औषधीय गुणहरू प्रमाणित गरिसकेकोले यसलाई वैज्ञानिक धार्मिक सामाजिक दृष्टिले पनि स्वीकार्य बनाएको छ। प्रत्येक विद्यालय, बगैंचा, पार्क वा खाली जमिनमा अमलाको रुख रोपेर हामीले हरियाली बनाउन सक्छौ । अमला र यसको बहुआयामिक उपयोगिताको संरक्षण, प्रवर्द्धन व्यवहारिक प्रयोगमा हामी सबैले सक्रिय भूमिका निर्वाह गर्न आवश्यक छ।

अमला लगाउन निकै जरुरी छ, किनभने यसले हाम्रो स्वास्थ्यमा अमूल्य योगदान पुर्‍याउँछ।

यो जलवायु परिवर्तनको सामना गर्न सक्ने बहुपयोगी वनस्पति हो।

अमलाले माटोको उर्वरता बढाउँछ र जैविक विविधता जोगाउन मद्दत गर्छ।

आर्थिक रूपमा समेत किसानलाई आत्मनिर्भर बनाउने ठूलो स्रोत हो।

त्यसैले अबको नयाँ पुस्ताका लागि हामिले अमला लगाउने हाम्रो दायित्व र कर्तव्य हो ता कि अमला बाट पनि युवाहरुले आर्थिक सम्भावनाहरुको खोजी गरून् ।

जय हरियाली

Previous Post

रुपन्देहीमा राजस्व सङ्कलन र पुँजीगत खर्चमा सुधार

Next Post

‘सुशासनको पाटोलाई दृढताका साथ अघि बढाएका छौं’: मुख्यमन्त्री आचार्य

Next Post
को हुन् लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्य ?

‘सुशासनको पाटोलाई दृढताका साथ अघि बढाएका छौं’: मुख्यमन्त्री आचार्य

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
कोहलपुरमा तोरकीनको परिचर्चा

कोहलपुरमा तोरकीनको परिचर्चा

May 2, 2026
सहकारीबाट ठगिएकाहरु रकम र घरजग्गाको पर्खाइमा

सहकारी नियमनमा कडा कानुनी संरचना

May 2, 2026
चिकित्सकको सङ्ख्या ४५ हजारभन्दा बढी

थप १९ चिकित्सकको लाइसेन्स खारेज

May 1, 2026
सीमा सुरक्षादेखि ‘डिजिटल’रूपान्तरणमा सशस्त्र प्रहरी

सीमा सुरक्षादेखि ‘डिजिटल’रूपान्तरणमा सशस्त्र प्रहरी

May 1, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version