दशैंको शुभकामना आदान–प्रदानसहित एनसेल हिरो रिटेलर मिट सम्पन्न भएको छ। कार्यक्रममा एनसेलका नयाँ उत्पादन तथा सेवाबारे जानकारी दिँदै ग्राहककेन्द्रित बिक्री, व्यवसाय विस्तार र आम्दानी बढाउने उपायबारे छलफल गरिएको थियो।
साथै, सिम सक्रिय गर्दा अपनाउनुपर्ने सावधानी, अवैध गतिविधिबाट आफू तथा ग्राहकलाई सुरक्षित राख्ने उपाय र जिम्मेवार रूपमा सेवा प्रवाह गर्ने विषयमा पनि जानकारी दिइएको थियो।
कार्यक्रममा एचबीकेका सञ्चालक हर्षविक्रम खड्का तथा प्रदेश प्रमुख मनोज जोशीको प्रत्यक्ष सहभागिता रहेको थियो। रिटेलरहरूसँग व्यवसाय विस्तार, ग्राहक सेवा तथा सुरक्षित सिम बिक्रीका विषयमा अन्तरक्रियासमेत गरिएको थियो।
कार्यक्रमले एनसेल हिरो रिटेलरहरूलाई व्यवसाय विस्तार तथा सुरक्षित र जिम्मेवार सेवा प्रवाहका लागि थप प्रेरणा र मार्गदर्शन प्रदान गरेको आयोजकले जनाएको छ।





























