बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल विकास समितिको अध्यक्ष पदमा भीमकान्त लामिछाने नियुक्त भएका छन् ।
स्वास्थ्यमन्त्री निशा मेहताले लामिछानेलाई अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त गरेकी हुन् ।
खजुराका स्थानीय लामिछानेले भेरी प्राविधिक शिक्षालयको जिम्मेवारीसमेत निर्वाह गरिसकेका छन् ।
मन्त्रालयले समितिमा अध्यक्षसहित तीन जना नियुक्त गरेको हो । सदस्यमा मधु न्यौपाने र सञ्जय पाण्डेलाई नियुक्त गरेको छ ।





























