For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, November 8, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सिरोस ईभीको नेपालगन्जमा पनि डेलिभरी

    सिरोस ईभीको नेपालगन्जमा पनि डेलिभरी

    लुम्बिनी प्राविधिकमा बढ्दो आकर्षण

    लुम्बिनी प्राविधिकमा बढ्दो आकर्षण

    स्क्रिनमा समस्या देखिएपछि एप्पलले साट्ने भयो फोल्डेबल आईफोन

    स्क्रिनमा समस्या देखिएपछि एप्पलले साट्ने भयो फोल्डेबल आईफोन

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    पर्यटन प्रवर्द्धनमा नयाँ आयाम बन्दै सांगीतिक कार्यक्रम : नेपालगञ्जलाई सांस्कृतिक तथा मनोरञ्जनात्मक पर्यटनको केन्द्र बनाउने सम्भावना

    पर्यटन प्रवर्द्धनमा नयाँ आयाम बन्दै सांगीतिक कार्यक्रम : नेपालगञ्जलाई सांस्कृतिक तथा मनोरञ्जनात्मक पर्यटनको केन्द्र बनाउने सम्भावना

    यु-१९ एसिया कप क्रिकेट : नेपालले पहिले भारतविरुद्ध ब्याटिङ गर्दै

    यु-१९ एसिया कप क्रिकेट : नेपालले पहिले भारतविरुद्ध ब्याटिङ गर्दै

    एनपिएलमा आज चार टोलीबिच प्रतिस्पर्धा

    एनपिएलमा आज चार टोलीबिच प्रतिस्पर्धा

    संस्थापक ठकुरी फिक्ट्स विश्व महासंघको कमिसनमा नियुक्त

    संस्थापक ठकुरी फिक्ट्स विश्व महासंघको कमिसनमा नियुक्त

    पौडी पोखरीमा फक्रिएको सपना : कौतिकको सफलतासँग जोडिएको हजुरबुवाको चाहना

    पौडी पोखरीमा फक्रिएको सपना : कौतिकको सफलतासँग जोडिएको हजुरबुवाको चाहना

    सगरमाथा क्लबलाई अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिपको उपाधि

    सगरमाथा क्लबलाई अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिपको उपाधि

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आफ्नै मौलिकतामा नेपालीका चाड

    आफ्नै मौलिकतामा नेपालीका चाड

    संस्कार

    संस्कार

    से फोक्सुण्डो यात्रा–५

    से फोक्सुण्डो यात्रा–५

    एआइ आज, अबको समय

    एआइ आज, अबको समय

    लाफाको लेन्स

    लाफाको लेन्स

    नेपालमा जलजन्य विपद्, बाढी र चक्रवात अर्नबको प्रभाव

    नेपालमा जलजन्य विपद्, बाढी र चक्रवात अर्नबको प्रभाव

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

आफ्नै मौलिकतामा नेपालीका चाड

byDainik Nepalgunj
November 8, 2026
in विचार
0 0
0
आफ्नै मौलिकतामा नेपालीका चाड
Share on FacebookShare on Twitter

कुनै समय बम्बईया फिल्मी सिताराहरुले जुल्फी पालेर बेलिबटन पैण्ट लगाउँदा त्यहाँका युवाहरुमा त्यसको फेसन चल्थ्यो । पछि टिभीको बिस्तार र घरघरमा पहुँच पुगेपछि बिभिन्न धारावाहिकहरु चल्न थाले । त्यसलाई समाजले आफ्नो ऐना मात्रै बनाएन आफ्नो घर र सम्बन्धहरु पनि त्यहि सिरियलहरुका पात्रहरुको जस्तो बनाउन थालियो । आजभोलि हरेकको हातहातमा मोबाइल र सञ्जालको नेटवर्क पुगेपछि सबैखाले राम्रा नराम्रा कुराहरु पनि पोष्ट्याउन थाले अनि समाज ब्यापक कन्फ्यूजनमा पुग्यो । यहि कन्फ्यूजनको शिकार भारतीय र नेपाली समाज भैरहेको छ ।

एकाबिहानै मोबाइल घचेट्ना साथ तिनै भारतीय समाजमा बनेको न्यारेटिभका फण्डाहरु आउन थाल्छ । अनेक किसिमका स्वघोषित ब्यापारिकरण भएका ज्योतिषहरुका कुन चाड कसरी मान्ने भन्ने पनि आउन थाल्छ ।

नेपालको पहिरन देखि खानपान, चाडपर्व र ब्यापार नै भारतसँग जोडिएको हुनाले त्यसलाई नेपाली समाजले चासो दिने कुरा सामान्य नै भयो । घरमा चाडपर्वहरुको रौनकता ल्याउने भनेको नै गृहलक्ष्मी, महिला तथा बालबालिकाहरुले नै हो । यसमा उनीहरुले नै तय गर्छन् कि कुन चाड कसरी मनाउँने ? के के गर्ने ? आदि । अब भारतीय सँस्कृतिको ब्यापक प्रभावमा परेको नेपाली समाजमा उनीहरु कै अनुसार हाम्रा चाडपर्वहरु मनाउन थालिन्छ । यहिँबाट शुरु हुन्छ नेपाली मौलिकता र नेपाली रैथाने सँस्कृतिको तेजोबध ।

नेपाल एउटा पूर्ण सनातन पद्धतिको साँस्कृतिक सभ्यता भएको देश हो । यहाँका चाडपर्वहरु नेपाली रैथानेपन मैं चल्ने गरेका छन् । साँस्कृतिक रुपमा भारतीयहरुसँग सामिपयता भएता पनि उहि नै चाडपर्व मनाउने तरिका र आस्था राखिने तरिका नेपालको नितान्त भिन्दै र आफ्नै रैथाने पद्धतिमा आधारित छ, जुन भारतीयहरुसँग ठ्याक्कै मेल खाँदैन ।

नेपालमा श्रावण सँक्रान्तिबाट चाडवाड शुरु हुन्छन् । त्यो दिन नेपाली समाजमा लुतो फाल्ने चलन छ जुन भारतमा छैन । नागपञ्चमीमा नागको थानमा आफ्नो बारीको मकै बोटैसमेत उखालेर चढाउने, गोबरको कुण्ड बनाएर दुध चढाउने, नागको पूजा गर्ने, घरको मूलढोकामा नाग टाँस्ने चलन छ । तर, भारतमा यो सब यसरी गरिँदैन ।

जनै पूर्णिमा अर्थात ऋषितर्पणी पूर्णिमा मा नेपालमा आफ्ना पुरेत वा ज्वाइँ, भान्जाबाट तागा बाँध्ने चलन छ भने जनैधारीहरुले जनै फेर्ने चलन छ । तर भारतमा यो दिन आफ्ना दिदीबैनीले दाइभाईलाई राखी बाँधेर मनाउने चलन छ ।

नेपालमा महिलाहरुले तीजको बेला दतिवन टोक्ने, नर्के फाल्ने देखि दर खाने हरितालिका तीज ब्रत बस्ने अनि पञ्चमी पूजा गरेर लाखे नचाएर, जात्रा देखाएर मनाउने चलन छ, भने भारतमा तीजका यी कुनैपनि कार्यक्रम गरिँदैनन् ।

सोह्र श्राद्धमा नेपालीहरुले आफ्ना पितृलाई सम्झेर एकछाके बस्ने र पिण्ड तर्पण दिन्छन् । तर भारतमा तीर्थमा मात्रै तर्पण गर्ने चलन छ ।

जब दशैं आउँछ नेपालमा नवरात्रीको पहिलो दिन घटस्थापना मनाउने, जमरा राख्ने अनि कोटघरहरुमा सप्तमी र अष्टमीका दिन बली दिने चलन छ । मासुका परिकार, दहि चिउरा, सेल खाने, चौरमा पिङ हालेर खेल्ने, घरबाहिर भएकाहरु पनि सबै जमा हुने, दशैंका दिन टीका जमरा लगाउने र उल्लासमय तरिकाले मनाउने चलन छ । भारतमा नवरात्र मनाउने ब्रत बस्ने र दशैंको दिन रावणको पुत्ला दहन गर्ने दुर्गा मूर्ति बिर्सजन गर्ने चलन छ ।

भारतीयहरुको आँगनमा तुलसीको मठ हुँदैन । वर पिपलको चौतारी र त्यसको पूजा हुँदैन । शीलाको खासै पूजा हुँदैन । मूल र कूलको पूजा पनि हुँदैन ।

अहिले तिहारको बेला छ भारतीयहरु दिवाली भनेर धन्वन्तरी दिवसको दिन धनतेरस भनेर ब्यापक किनमेल गर्ने गर्छन् भने एकदिन लक्ष्मीपूजाको दिन मिठाइ बाँड्ने, पटाखा फोड्ने, नयाँ लूगा, गहना, भाँडा आदि जोड्ने र मनाउने गर्छन् भने भाइटीका मात्रै सामान्य अबिरको टीका लगाएर भैयादूज मनाउने गर्छन् तर नेपालमा भने यमपञ्चक शुरु हुनुभन्दा पहिला आयुर्वेदका पिता ऋषि धन्वन्तरीको पूजा गर्ने, यमपञ्चकको पहिलो दिन कागपूजा गर्ने, अर्कोदिन कुकुरपूजा अनि गाईपूजा, गोरुपूजा गरेर द्वितियका दिन भाइपूजा गर्ने गर्छन् । तिहारमा देउसी भैली खेल्ने र कार्तिक दान गर्ने चलन नितान्त नेपाली मौलिक चलन हो । यसैगरि माघेसँक्रान्ति देखि फागु पूर्णिमा र शिवारात्री चैते दशैं सबै चाडपर्वहरु मनाउने चलन नेपाली सँस्कृतिमा आफ्नै मौलिक चलन छ ।

नेपालीहरुको सनातनी परम्परा नितान्त वन जङ्गल, मानव जीवन र स्वास्थ सङ्ग प्रत्यक्ष सरोकार राख्ने प्रकृतिले दिएका हरेक चीजबिजको कम्तिमा बर्षको एकपटक पूजा गरेर सम्झिने र त्यसप्रती कृतज्ञता ज्ञापन गर्ने नेपाली साँस्कृतिक परम्परा नै हो । यसैमा आधारित पूजाआजा चाडपर्व पनि रहेका छन् । यहि हाम्रो जरो हो, यहि हाम्रो परम्परा हो ।

आफ्नो गोठमा ब्याएको गाई भैसीको बेगुती होस् या पहिलो फल अन्नबाली पहिला कुल पितृलाई, अनि देउतालाई अनि कन्यालाई अर्पण गरेर मात्रै सार्वजनिक उपभोग÷उपयोग गर्ने नेपाली मौलिक परम्परा हो जुन परम्परा भारतीय समाजमा खासै भेटिँदैन ।

जो जहाँ छ र जे कुराले उसको जीवन चल्न चलाउन सहज भै रहेको छ त्यसैलाई नै मुख्य देउता मान्ने र त्यसैसङ्ग सम्बन्धित चाडपर्व मान्ने सनातनी परम्परामा इष्ट इन्डिया कम्पनीको ब्यापारिकरण र इण्डियन जिवनोपार्जनको परम्पराले नेपाली साँस्कृतिक परम्पराको जरो मैं आक्रमण गरेको छ । त्यसैमा आजको नेपाली समाज कुँदिरहेको छ अनि आफ्नो जरो आफै उखेलेर उम्ट्याएर उत्सव मनाइरहेको छ । आफ्नो चाडपर्वहरु र यसका महत्व अपभ्रन्सित गरिएको छ । वास्तवमा नेपालका आफ्ना पर्वहरु ओझेलमा परिरहेका छन् ।

नेपालमा त जो जहाँ छ र जे सङ्ग उसको सरोकार छ, जस्तो फल वनस्पति उपलब्ध छ त्यसैलाई उपभोग गर्ने र त्यही आफ्ना देवी देउता कुल पितृलाई अर्पण गर्ने चलन नेपाली सँस्कृती र परम्परा हो । यसैले नागपन्चमीमा मकैको बोट उखेलेर चढाउने, आफ्नो गोठको गाइभैंसीको दूध चढाउने गरिन्छ भने दहि केरा, खीर, चामलकि पिठोका पुर्याउला रोटी आदि लगायत केरा अम्बा जुन समय जुन फल उपलब्ध हुन्छ त्यही आफ्ना देविदेउता पितृलाई अर्पण गरिन्छ ।

तर पछिल्लो समय ब्यापारिहरुको समान बिक्रीको फण्डा चलेको छ । हाम्रा मठमन्दिर थान, कोट जहाँ तँहा नरिवल, काजुकिसमिस, अप्राकृतिक मिठाई, फल आदि चढाउने ढकोसला खुबै चलेको छ ।

प्लास्टिकको बोट बनाउने र प्लास्टिकको फुलमाला बनााएर सजाउने सँस्कृति नेपाली सँस्कृति हुँदै होइन । प्लास्टिक र कृत्रिमताबाट कुनै बास्ना आउँदैन प्राकृतिक फुल वनस्पति आफ्नै मौलिकतामा मात्रै असली बास्ना हुन्छ भन्ने कुरा नयाँ पुस्तालाई सिकाउनुपर्छ ।

हिजो देखि यमदूतको रूपमा काग, यमवाहनको रूपमा कुकुर, लक्ष्मीको रूपमा गाई, पशुधन कृषि मित्रको रूपमा गोरु र घरको दियो कुल रक्षकको रूपमा दाईभाइको पूजा गरेर तिहार सम्पन्न गरिने नेपाली साँस्कृतिक र मौलिक परम्परा हो ।

घर वरिपरि बाँझो राखेर साउनमा हरियो चुरा पोते साडी कुर्ता मेहन्दी गर्ने परम्परा चलाएर नेपालीहरु सभ्य भएको देखाउँदैछन भने आफ्ना पुरेत ज्वाइँ भान्जा भुलेर राखीको फुर्कोमा अल्झिएका छन् । धन र आवश्यकता बिनाको धनतेरसमा दौडेका छन् । रैथानेपन बिर्सेर बैथानेपनतिर लम्सिएका छन् ।

आज समाजमा आफ्नो मौलिकताका कुरा परम्परा र संस्कृतिका कुरा असभ्य र पश्चगमनका लाग्ने र भए नभएपनी अरुको बिशेष गरि भारतीय ब्यापारिक थ्योरमको देखासिकी गर्ने होडले समाज झन भन्दा झन अभावमा गएको मात्रै छैन ऋणको भारी बोक्न समेत बाध्य छ ।

आफ्नै जरोकिलो उम्ट्याएर अरुको संस्कृति र परम्पराको दास बन्ने दौड भनेको नितान्त मौलिकता विपरित कार्य हो । यसमा सावधान रहौं ।

आफ्नो कुल धर्म संस्कृति र परम्परा मान्नु भनेको असभ्य बन्नु किमार्थ होइन ।

सबै नेपालीले आफ्नो चिन्तनको पुनर्जागरण गरौं । तिहार तथा छठको सबैलाई शुभकामना !

Previous Post

संस्कार

Next Post

सञ्चालनमा राधे डिपार्टमेन्ट स्टोर सञ्चालनमा

Next Post
सञ्चालनमा राधे डिपार्टमेन्ट स्टोर सञ्चालनमा

सञ्चालनमा राधे डिपार्टमेन्ट स्टोर सञ्चालनमा

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नेपालगन्जमा लक्ष्मी जयन्ती: महाकवि देवकोटाको परिचर्चा

नेपालगन्जमा लक्ष्मी जयन्ती: महाकवि देवकोटाको परिचर्चा

November 8, 2026
आश्रयमै तिहारको उत्सव

आश्रयमै तिहारको उत्सव

November 8, 2026
सञ्चालनमा राधे डिपार्टमेन्ट स्टोर सञ्चालनमा

सञ्चालनमा राधे डिपार्टमेन्ट स्टोर सञ्चालनमा

November 8, 2026
आफ्नै मौलिकतामा नेपालीका चाड

आफ्नै मौलिकतामा नेपालीका चाड

November 8, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version