For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, November 4, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    लुम्बिनी प्राविधिकमा बढ्दो आकर्षण

    लुम्बिनी प्राविधिकमा बढ्दो आकर्षण

    स्क्रिनमा समस्या देखिएपछि एप्पलले साट्ने भयो फोल्डेबल आईफोन

    स्क्रिनमा समस्या देखिएपछि एप्पलले साट्ने भयो फोल्डेबल आईफोन

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    संस्थापक ठकुरी फिक्ट्स विश्व महासंघको कमिसनमा नियुक्त

    संस्थापक ठकुरी फिक्ट्स विश्व महासंघको कमिसनमा नियुक्त

    पौडी पोखरीमा फक्रिएको सपना : कौतिकको सफलतासँग जोडिएको हजुरबुवाको चाहना

    पौडी पोखरीमा फक्रिएको सपना : कौतिकको सफलतासँग जोडिएको हजुरबुवाको चाहना

    सगरमाथा क्लबलाई अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिपको उपाधि

    सगरमाथा क्लबलाई अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिपको उपाधि

    एनपीएलमा आज काठमाडौं र कर्णाली तथा सुदूरपश्चिम र चितवन भिड्ने

    एनपीएलमा आज काठमाडौं र कर्णाली तथा सुदूरपश्चिम र चितवन भिड्ने

    अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि सगरमाथा क्लबको पोल्टामा

    अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि सगरमाथा क्लबको पोल्टामा

    अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीप : ५४ पदक जितेर सगरमाथा क्लबको दबदबा कायमै

    अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीप : ५४ पदक जितेर सगरमाथा क्लबको दबदबा कायमै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    एआइ आज, अबको समय

    एआइ आज, अबको समय

    लाफाको लेन्स

    लाफाको लेन्स

    नेपालमा जलजन्य विपद्, बाढी र चक्रवात अर्नबको प्रभाव

    नेपालमा जलजन्य विपद्, बाढी र चक्रवात अर्नबको प्रभाव

    से फोक्सुण्डो यात्रा–५

    से फोक्सुण्डो यात्रा–५

    आजदेखि एनपीएल तेस्रो संस्करण

    आजदेखि एनपीएल तेस्रो संस्करण

    विपद्पीडितको पुनर्स्थापना : राहत होइन, सम्मानजनक जीवन पुनःनिर्माणको सुनिश्चितता आवश्यक

    विपद्पीडितको पुनर्स्थापना : राहत होइन, सम्मानजनक जीवन पुनःनिर्माणको सुनिश्चितता आवश्यक

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

एआइ आज, अबको समय

byDainik Nepalgunj
November 4, 2026
in विचार
0 0
0
एआइ आज, अबको समय
Share on FacebookShare on Twitter

कल्पना गर्नुहोस्, एउटा यस्तो बिहान जहाँ तपाईंभन्दा पहिले नै कृत्रिम बुद्धिमत्ता (एआई) उठिसकेको हुन्छ । तपाईं निद्राबाट ब्युँझिनुअघि नै उसले तपाईंको दिनको सुरुवातका लागि आवश्यक तयारी गरिसकेको हुन्छ । तपाईंले आँखा खोल्नुअघि नै संसारभरका ताजा खबर तपाईंको मोबाइलमा आइपुगिसकेका हुन्छन् । तपाईंको रुचि, बानी र आवश्यकताअनुसारका सामग्री तपाईंको प्रतीक्षामा हुन्छन् । तपाईंको अनुहार वा औँलाको स्पर्शले मोबाइलको ढोका खुल्छ । तपाईंले के खोज्दै हुनुहुन्छ भन्ने कुरा कतिपय अवस्थामा तपाईंले आफैँ सोच्नुअघि नै प्रविधिले अनुमान गरिसकेको हुन्छ ।

सुन्दा कुनै विज्ञानकथाको दृश्यजस्तो लाग्न सक्छ । तर यो भविष्यको कल्पना मात्र होइन, हाम्रो वर्तमानको एउटा सामान्य दृश्य बनिसकेको छ ।

आज विश्वभर तीव्र गतिमा विस्तार भइरहेको कृत्रिम बुद्धिमत्ता अर्थात् आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले मानिसको दैनिक जीवनलाई यति नजिकबाट छोइसकेको छ कि कतिपय अवस्थामा हामी यसको प्रयोग गरिरहेका हुन्छौँ, तर यसको उपस्थितिसमेत महसुस गर्दैनौँ ।

तपाईंले सामाजिक सञ्जाल खोल्दा देखिने सामग्रीदेखि मोबाइलले चिन्ने तपाईंको अनुहारसम्म, फोटो तथा भिडियो सम्पादनदेखि चलचित्रका विशाल दृश्य प्रभावसम्म, शिक्षादेखि स्वास्थ्यसम्म, सुरक्षा प्रणालीदेखि साइबर आक्रमणसम्म, बैंकिङदेखि व्यावसायिक प्रक्रियासम्म र यातायातदेखि सञ्चारसम्म प्रविधिको यो नयाँ अध्याय फैलिँदै गएको छ । कतै यसले कामलाई सहज बनाइरहेको छ त कतै मानिसले वर्षौँ लगाएर गर्ने काम केही क्षणमै सम्पन्न गरिरहेको छ । यसको प्रयोगसँगै दुरूपयोगका सम्भावना पनि बढिरहेका छन् ।

तर कहिल्यै सोच्नुभएको छ, यी सबै कसरी सम्भव भइरहेका छन् ? हाम्रो रुचि मोबाइलले कसरी चिन्छ ? अनुहार देख्नेबित्तिकै फोनले कसरी आफ्नो मालिक पहिचान गर्छ ? हामीले नखोजेका सामग्रीसमेत हाम्रो स्क्रिनमा कसरी आइपुग्छन् ?

यसको पछाडि न कुनै जादु छ, न कुनै रहस्यमय शक्ति । यो त विज्ञान, गणित, तथ्यांक र प्रविधिको संयोजनबाट विकसित भएको कृत्रिम बुद्धिमत्ताको संसार हो ।

यद्यपि आज ‘एआईको चमत्कार’ भन्ने शब्द जताततै सुनिए पनि एआई वास्तवमा के हो भन्ने विषयमा अझै धेरै मानिस स्पष्ट छैनन् । के एआई भनेको रोबोट मात्रै हो? के यो मोबाइलभित्र लुकेको कुनै प्राविधिक जादु हो ? के यसले मानिसलाई नै विस्थापित गर्न सक्ने शक्तिशाली यन्त्रको प्रतिनिधित्व गर्छ ? अथवा मानिसले दिएको निर्देशनअनुसार मात्र काम गर्ने कम्प्युटर प्रणाली हो ?

प्रश्न अनेक छन् । तर यसको उत्तर बुझ्न हामीले प्रविधिको पर्दापछाडि लुकेको एउटा सामान्य सत्य बुझ्नुपर्छ ।

सरल भाषामा भन्नुपर्दा, कृत्रिम बुद्धिमत्ता भनेको मानिसले सामान्यतः गर्ने केही बौद्धिक काम कम्प्युटर वा मेसिनबाट गराउने प्रविधि हो । सिक्ने, समस्या पहिचान गर्ने, भाषालाई बुझ्ने, निर्णयका लागि विकल्प सुझाउने र उपलब्ध तथ्यांकका आधारमा अनुमान गर्ने क्षमताको विकास गर्नु यसको मूल उद्देश्य हो ।

तर प्रविधि आफैँ जन्मिँदैन। यसको परिकल्पना मानिसले गर्छ, विकास मानिसले गर्छ र यसको आवश्यकता पनि मानिसकै जीवनबाट उत्पन्न हुन्छ । मानिसले बनाएको प्रविधि मानिसकै आवश्यकता पूरा गर्न प्रयोग हुन्छ । त्यसैले एआईको कथा केवल मेसिनको विकासको कथा होइन, यो मानिसको जिज्ञासा, कल्पना र आफ्नो क्षमताभन्दा पर पुग्ने प्रयासको कथा पनि हो ।

तर मानिसले मेसिनलाई बुद्धिमान् बनाउने सपना कहिलेदेखि देख्न थाल्यो ?

आज हामीले केही सेकेन्डमै प्रश्नको उत्तर दिने एआईसँग संवाद गरिरहेका छौँ । तर मेसिनले मानिसजस्तै सोच्न सक्छ कि सक्दैन भन्ने प्रश्न आजको होइन । आधुनिक कम्प्युटरको विकास हुनुभन्दा धेरै अघिदेखि नै मानिसको मनमा यो जिज्ञासा जन्मिएको थियो ।

आधुनिक कृत्रिम बुद्धिमत्ताको वैज्ञानिक आधार सन् १९४० र १९५० को दशकमा विकसित हुन थाल्यो । यस यात्रामा बेलायती गणितज्ञ तथा कम्प्युटर वैज्ञानिक एलन ट्युरिङको योगदान निकै महत्वपूर्ण रह्यो ।

सन् १९५० मा उनले ’कम्प्युटिङ मेसिनरी एन्ड इन्टेलिजेन्स’ शीर्षकको अनुसन्धानपत्र प्रकाशित गरे । त्यसमा उनले एउटा असाधारण प्रश्न उठाए– के मेसिनले सोच्न सक्छ ?

यो एउटा वैज्ञानिक प्रश्नमात्रै थिएन, मानिसको बुद्धिमत्ता र मेसिनको क्षमताबीचको सीमारेखा पहिल्याउने प्रयास पनि थियो । ट्युरिङले मेसिनले मानिससँग संवाद गर्दा मानिस र मेसिनबीचको भिन्नता छुट्याउन सकिन्छ कि सकिँदैन भनेर परीक्षण गर्ने विधि प्रस्ताव गरे । यही अवधारणा पछि ‘ट्युरिङ टेस्ट’का रूपमा परिचित भयो ।

त्यसपछि सन् १९५६ मा अमेरिकाको डार्टमाउथ कलेजमा वैज्ञानिकहरूको एउटा सम्मेलन आयोजना भयो । अमेरिकी कम्प्युटर वैज्ञानिक जोन म्याकार्थीले त्यही सम्मेलनको सन्दर्भमा ‘आर्टिफिसियल इन्टेलिजेन्स’ अर्थात् कृत्रिम बुद्धिमत्ता शब्द औपचारिक रूपमा प्रयोग गरे । यसै वर्षलाई एआई छुट्टै वैज्ञानिक अनुसन्धान क्षेत्रका रूपमा स्थापित भएको महत्त्वपूर्ण मोड मानिन्छ ।

यस यात्रामा एलन ट्युरिङ र जोन म्याकार्थी मात्रै थिएनन् । मार्भिन मिन्स्की, क्लाउड श्यानन, एलेन नेवेल, हर्बर्ट साइमन र आर्थर स्यामुएलजस्ता वैज्ञानिकहरूले पनि यसको जग बलियो बनाउन महत्त्वपूर्ण योगदान दिए। कसैले मेसिनको तर्कशक्ति बुझ्ने प्रयास गरे, कसैले मानिसले जस्तै समस्या समाधान गर्न सक्ने कार्यक्रम बनाए त कसैले अनुभवबाट मेसिनलाई सिकाउन सकिने सम्भावनाको खोजी गरे ।

यी सुरुवाती प्रयासहरू नै आजको मेसिन लर्निङ, रोबोटिक्स, प्राकृतिक भाषा प्रशोधन र जेनेरेटिभ एआईसम्म आइपुग्ने लामो यात्राका आधार बने ।

सायद त्यतिबेला ती वैज्ञानिकहरूले कल्पना पनि गरेका थिएनन् होला, उनीहरूले उठाएको एउटा प्रश्नले कुनै दिन मानिसको खल्तीभित्रै बसेर मानिससँग संवाद गर्ने, कविता लेख्ने, तस्बिर बनाउने र जटिल समस्याको समाधान खोज्ने प्रविधिको रूप लिनेछ । आज हामी त्यही यात्राको एउटा विकसित चरणमा उभिएका छौँ । कुनै समय वैज्ञानिकको प्रयोगशालामा सीमित रहेको मेसिनलाई बुद्धिमान् बनाउने सपना आज हाम्रो हातमा रहेको मोबाइलदेखि संसारका ठूला प्रविधि प्रणालीसम्म आइपुगेको छ । तर यो यात्राले हामीसामु केही नयाँ प्रश्न पनि खडा गरेको छ ।

हामीले कम्प्युटरलाई वर्षौँदेखि निर्देशन दिएर काम गराउँदै आएका छौँ । तर, अहिलेका एआई प्रणालीले मानिसले दिएको निर्देशन पछ्याउने मात्र होइन, उपलब्ध तथ्यांकबाट सिक्ने, नयाँ सामग्री सिर्जना गर्ने र सम्भावित उत्तरसमेत अनुमान गर्ने क्षमता देखाइरहेका छन् । आखिर परम्परागत कम्प्युटर प्रोग्रामिङ र कृत्रिम बुद्धिमत्ताबीचको वास्तविक भिन्नता के हो ?

अर्कोतर्फ, बिहान उठ्नेबित्तिकै हाम्रो मोबाइलमा देखिने समाचार, सामाजिक सञ्जालले सुझाउने भिडियो, हामीले बोलेको भाषा बुझ्ने भर्चुअल सहायक र अनुहार चिनेर खुल्ने मोबाइलजस्ता दैनिक जीवनका सामान्य गतिविधिमा एआई कसरी जोडिएको छ ? के हामीले एआईलाई प्रयोग गरिरहेका छौँ वा एआईले पनि हाम्रो बानी र व्यवहारलाई पढिरहेको छ ?

यी प्रश्नभन्दा पनि अझ गहिरो एउटा जिज्ञासा छ, के मेसिनले साँच्चै मानिसले जस्तै सोच्न सक्छ ? कि उसले केवल तथ्यांकमा रहेका ढाँचा पहिचान गरेर सम्भावित उत्तर र परिणामको अनुमान मात्रै गरिरहेको हुन्छ ?

सायद एआईको वास्तविक कथा यहीँबाट अझ रोचक बन्न थाल्छ । किनकि मेसिनलाई बुद्धिमान् बनाउने मानिसको सपना त हामीले बुझ्यौँ, तर त्यो बुद्धिमत्ता वास्तवमा कसरी काम गर्छ भन्ने रहस्य अझै बाँकी नै छ ।

आखिर एआई र परम्परागत कम्प्युटर प्रोग्रामिङबीच के फरक छ ? हाम्रो दैनिक जीवनमा एआई कहाँ–कहाँ लुकेको छ ? अनि के मेसिनले साँच्चै सोच्न सक्छ ? दैनिक नेपालगन्जमार्फत ‘एआई आज’ यही खोजीको क्रमशः एउटा नियमित शृंखला हो । (एलटियूमा बि–टेक इन सीएस एआई अध्ययनरत सन्ध्याले ‘एआई आज’ मार्फत विषयगत स्तम्भको प्रारम्भ गरेकी छन् ।)

Previous Post

लाफाको लेन्स

Next Post

श्रम बजारको आवश्यकता र मागअनुसार प्राविधिक शिक्षाको पाठ्यक्रम तयार पार्न जरुरीः मुख्यमन्त्री आचार्य

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
श्रम बजारको आवश्यकता र मागअनुसार प्राविधिक शिक्षाको पाठ्यक्रम तयार पार्न जरुरीः मुख्यमन्त्री आचार्य

श्रम बजारको आवश्यकता र मागअनुसार प्राविधिक शिक्षाको पाठ्यक्रम तयार पार्न जरुरीः मुख्यमन्त्री आचार्य

November 4, 2026
एआइ आज, अबको समय

एआइ आज, अबको समय

November 4, 2026
लाफाको लेन्स

लाफाको लेन्स

November 4, 2026
नेपालगन्जमा लाइफगार्ड प्रशिक्षण

नेपालगन्जमा लाइफगार्ड प्रशिक्षण

November 4, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version