नेपालगन्ज १५ कार्तिक । नबिल बैंक तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि ललितपुरको सगरमाथा स्वीमिङ क्लबले जितेको छ ।
नेपाल पौडी संघको प्राविधिक सहयोगमा नेपालगन्ज स्वीमिङ क्लबको आयोजना गरेको दुई दिने प्रतियोगितामा सगरमाथाले ४२९ स्कोर ल्याएर प्रथम भएको हो । नेपालगन्ज स्वीमिङ क्लबले यस अघि आयोजना गरेको दोस्र्रो नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिताकोे पनि सगरमाथा स्वीमिङ क्लब विजेता हो । प्रतियोगितामा नया“ दिल्ली भारतको इलाइट स्वीमिङ एकेडेमीले १७४ स्कोर ल्याएर दोस्रो भएको हो । त्यसैगरी कोहलपुर बा“केको शिखा एकेडेमीले ९५ स्कोर ल्याएर तेस्रो भएको छ ।

त्यसैगरी ललितपुरको जेम्स स्कुल ५९ स्कोर ल्याएर चौथो, भारत लखनउको ला मार्टिनेयर गल्र्स कलेज ३३ अंक ल्याएर पांचौ, कोशी प्रदेश २३ अंक ल्याएर छैठौं र १८ अंक ल्याएर रातो बंगला स्कुल ललितपुर सातौं भएको छ ।
प्रतियोगितामा पुरुष र महिला सर्वोत्कृष्ट खेलाडी सगरमाथा स्वीमिङ क्लबका खेलाडी भए । ७ वटा स्वर्ण जितेर पुरुष तर्फ निभान समन अवाले र १० वटा राइजा अवाले महिला तर्फ सर्वोत्कृष्ट खेलाडी भए । सर्वोत्कृष्ट खेलाडीलाई जनही पाच हजार पा“च सय पचपन्न रुपैयां ५५ पैसा प्रदान गरिएको थियो । आयोजकले अण्डर ८ का खेलाडी कौतिक शर्मा (रातो बंगला स्कुल ललितपुर) र विधि नेपाल मेम्पल क्यानेडियन स्कुललाई इमर्जिङ खेलाडीको रुपमा सम्मान गरेको थियो ।
विजेता खेलाडीहरुलाई प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्य सचिव तिरण दाज गौतम, नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठ, महासचिव ईश्वरकुमार कार्की, प्रतियोगिताको स्क्रिन पाटर्नर डर्मा अर्थका जीवन धमला, नेपालगन्ज स्वीमिङ क्लबका अध्यक्ष केशवराज न्यौपाने, इभेन्ट डाइरेक्टर तथा क्लबका बरिष्ठ उपाध्यक्ष सूर्यमणि अधिकारी लगायतले ट्रफी, मेडल, प्रमाण पत्र र पुरस्कार वितरण गरेका थिए ।
अन्डर ८ देखि अन्डर १७ तथा ओपन अर्थात १७ वर्ष भन्दा बढी उमेरका खेलाडीबीच पौडीका फ्रि स्टाइल, बेष्टस्ट्रोक, ब्याकस्ट्रोक, बटरफ्लाइ, रिले र ब्यक्तिगत मेड्ले गरी ६ छुट्टाछुटै विधाका ८० वटा इभेन्टमा भएका थिए । प्रतियोगितामा नेपालका सबै प्रदेशका साथै भारतको नया“ दिल्ली र लखनउबाट गरी करिब १५० जना खेलाडीहरु सहभागी भएका थिए ।






























