For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, November 4, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    लुम्बिनी प्राविधिकमा बढ्दो आकर्षण

    लुम्बिनी प्राविधिकमा बढ्दो आकर्षण

    स्क्रिनमा समस्या देखिएपछि एप्पलले साट्ने भयो फोल्डेबल आईफोन

    स्क्रिनमा समस्या देखिएपछि एप्पलले साट्ने भयो फोल्डेबल आईफोन

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    संस्थापक ठकुरी फिक्ट्स विश्व महासंघको कमिसनमा नियुक्त

    संस्थापक ठकुरी फिक्ट्स विश्व महासंघको कमिसनमा नियुक्त

    पौडी पोखरीमा फक्रिएको सपना : कौतिकको सफलतासँग जोडिएको हजुरबुवाको चाहना

    पौडी पोखरीमा फक्रिएको सपना : कौतिकको सफलतासँग जोडिएको हजुरबुवाको चाहना

    सगरमाथा क्लबलाई अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिपको उपाधि

    सगरमाथा क्लबलाई अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिपको उपाधि

    एनपीएलमा आज काठमाडौं र कर्णाली तथा सुदूरपश्चिम र चितवन भिड्ने

    एनपीएलमा आज काठमाडौं र कर्णाली तथा सुदूरपश्चिम र चितवन भिड्ने

    अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि सगरमाथा क्लबको पोल्टामा

    अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि सगरमाथा क्लबको पोल्टामा

    अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीप : ५४ पदक जितेर सगरमाथा क्लबको दबदबा कायमै

    अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीप : ५४ पदक जितेर सगरमाथा क्लबको दबदबा कायमै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    एआइ आज, अबको समय

    एआइ आज, अबको समय

    लाफाको लेन्स

    लाफाको लेन्स

    नेपालमा जलजन्य विपद्, बाढी र चक्रवात अर्नबको प्रभाव

    नेपालमा जलजन्य विपद्, बाढी र चक्रवात अर्नबको प्रभाव

    से फोक्सुण्डो यात्रा–५

    से फोक्सुण्डो यात्रा–५

    आजदेखि एनपीएल तेस्रो संस्करण

    आजदेखि एनपीएल तेस्रो संस्करण

    विपद्पीडितको पुनर्स्थापना : राहत होइन, सम्मानजनक जीवन पुनःनिर्माणको सुनिश्चितता आवश्यक

    विपद्पीडितको पुनर्स्थापना : राहत होइन, सम्मानजनक जीवन पुनःनिर्माणको सुनिश्चितता आवश्यक

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

लाफाको लेन्स

byDainik Nepalgunj
November 4, 2026
in विचार
0 0
0
लाफाको लेन्स
Share on FacebookShare on Twitter

सधैँ डकुमेन्ट्रीका गम्भीर कथाहरूमा हराउने मेरो लेन्स, जब गत वर्ष नेपालगन्ज रङ्गशालाको पौडी पोखरीतिर सोझियो तब यसले खेलाडीहरूलाई मात्र कैद गरेन, म भित्र वर्षौँदेखि थन्किएर बसेको मेरो आफ्नै बालापनको पुरानो डायरीका पानाहरू पनि एकैचोटि पल्टाएर रखिदियो ।

क्यामेरा बोकेर डकुमेन्ट्री बिधामा फोटो भिडियोको काम गर्न लागेको पनि ७ वर्षभन्दा बढी भइसकेको छ । स्वास्थ्य, शिक्षा, विकासदेखि समाजका अनेकौँ गम्भीर आयामहरू मेरा लेन्सले कैद गरेका छन् । यद्यपि मेरो मुख्य कार्यक्षेत्र व्यावसायिक डकुमेन्ट्री फोटोग्राफी हो, तर खेलकुद फोटोग्राफीप्रतिको गहिरो रुचिकै कारण विभिन्न खेलकुदका रोमाञ्चक क्षणहरू क्यामेरामा उतार्न म सधैँ उत्तिकै रमाउने गर्छु। खेलकुदप्रतिको यही समर्पण र निरन्तरको मेहनतले मलाई गत वर्ष चौथो नेपालगन्ज फोटो फेस्टिभलको राष्ट्रिय स्तरको खुला प्रतियोगितामा ‘बेस्ट स्पोट्र्स फोटोग्राफर’ को प्रतिष्ठित उपाधि पनि दिलायो ।

गत वर्ष नेपालगन्ज स्विमिङ क्लबको आयोजनामा भएको दोस्रो संस्करणबाट पौडी खेलका तस्बिरहरू खिच्न सुरु गरेको म, यसपालि तेस्रो संस्करणसम्म आइपुग्दा यो खेलको फड्को देखेर चकित छु । कहाँ राष्ट्रिय दायरामा मात्र सीमित यो प्रतियोगिता, र कहाँ अहिले भारतको नयाँ दिल्ली र लखनऊसहित विभिन्न स्थानबाट आएका करिब १५० भन्दा बढी खेलाडीहरूको भव्य अन्तर्राष्ट्रिय जमघट, अझ ललितपुरको ’सगरमाथा स्वीमिङ क्लब’ च्याम्पियन बनेको, र निभान समन अवाले तथा राइजा अवाले सर्वोत्कृष्ट खेलाडी घोषित हुँदाको त्यो ऊर्जावान् माहोल क्यामेराको भ्यूफाइन्डरबाट नियाल्दा साँच्चै गर्व महसुस भइरहेको थियो ।

जब म रङ्गशालाको आधुनिक पौडी पोखरीको छेउमा उभिएर साना–साना बाबुनानीहरूलाई पानीमा छलाङ मार्दै प्रतिस्पर्धा गरिरहेको हेर्छु, अनायासै मेरो आफ्नै बालापनको पर्दा खुल्छ । म पनि उनीहरूजस्तै सानो छँदा दिदीसँगै पछि पछि लागेर गाउँको खोलामा पौडी खेल्न जान्थें । त्यो बेला न कुनै वैज्ञानिक प्रशिक्षण, न त सुरक्षात्मक मापदण्ड न त कुनै नियम नै बस, पानी देख्यो कि उफ्रिहाल्ने ! तर, खोलामा पौडी खेलेर घर फर्किएपछि आमाको हातबाट पुरस्कार स्वरूप पाइने कुटाइको त कुरै नगरौँ ! त्यतिबेला लाग्थ्यो, आमा किन यति रिसाउनुहुन्छ होला? तर आज, जब म आफैँ एक बाबु भइसकेको छु, तब कुरा बुझ्दैछु, त्यो कुटाइमा रिस होइन, अन्जान खोलामा भइहाल्ने दुर्घटनाको डर र अगाध माया लुकेको हुँदो रहेछ ।

आज यो अन्तर्राष्ट्रिय प्रतियोगितामा बच्चाहरूलाई हौसला दिन उनीहरूका आमाबुबा नै सँगै बसेर ताली बजाइरहेको देख्दा मन आनन्दले भरिन्छ। साँच्चै, अहिलेका बाबुनानीहरू हामीभन्दा कति धेरै भाग्यमानी छन् ।

जुन उमेरमा हामी घरमा कोही पाहुना आउँदा लुसुक्क कुनातिर लुक्थ्यौं, आज त्यही उमेरका नानीबाबुहरू अन्तर्राष्ट्रिय प्रतियोगिताको ठूलो मञ्चमा खुलेर प्रतिस्पर्धा गरिरहेका छन्। पानीलाई चिर्दै अगाडि बढिरहेका छन् र पदक जितेर गर्वले छाती फुलाउँदैछन् । बालबालिकालाई यो उचाइमा पु¥याउन पसिना बगाउने कडा प्रशिक्षकहरू, यस्तो गज्जबको अन्तर्राष्ट्रिय अवसर जुराउने आयोजकहरू, र सन्तानको हरेक पाइलामा साथ दिइरहने प्यारा अभिभावकहरू साँच्चै नै सम्मानका पात्र हुन् ।

पौडी भनेको केवल पदक जित्ने वा हारजितको एउटा खेल मात्र होइन; यो त जीवन बचाउने अति नै महत्वपूर्ण र अनिवार्य कला पनि हो । त्यसैले प्रतिस्पर्धा आफ्नो ठाउँमा छ, तर संकटको बेला जीवन रक्षाका निम्ति भए पनि पौडी सिक्नु र जानु सबैका लागि अपरिहार्य छ ।

एउटा स्पोट्र्स फोटोग्राफरको रूपमा पौडी खेलका यी जीवन्त र ऊर्जाशील तस्बिरहरू खिच्दै गर्दा, मेरो मनमा एउटा दृढ अठोट जन्मिएको छ, मेरो १९ महिनाको छोरो अलि हुर्कियो भने, म उसलाई पनि पौडीको व्यावसायिक प्रशिक्षण अनिवार्य गराउनेछु; ता कि, भोलि ऊ पानीसँग डराउने होइन, पानीमा ढुक्कले खेल्न सक्ने होस् ।

Previous Post

नेपालगन्जमा लाइफगार्ड प्रशिक्षण

Next Post

एआइ आज, अबको समय

Next Post
एआइ आज, अबको समय

एआइ आज, अबको समय

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
श्रम बजारको आवश्यकता र मागअनुसार प्राविधिक शिक्षाको पाठ्यक्रम तयार पार्न जरुरीः मुख्यमन्त्री आचार्य

श्रम बजारको आवश्यकता र मागअनुसार प्राविधिक शिक्षाको पाठ्यक्रम तयार पार्न जरुरीः मुख्यमन्त्री आचार्य

November 4, 2026
एआइ आज, अबको समय

एआइ आज, अबको समय

November 4, 2026
लाफाको लेन्स

लाफाको लेन्स

November 4, 2026
नेपालगन्जमा लाइफगार्ड प्रशिक्षण

नेपालगन्जमा लाइफगार्ड प्रशिक्षण

November 4, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version