For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, October 30, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    लुम्बिनी प्राविधिकमा बढ्दो आकर्षण

    लुम्बिनी प्राविधिकमा बढ्दो आकर्षण

    स्क्रिनमा समस्या देखिएपछि एप्पलले साट्ने भयो फोल्डेबल आईफोन

    स्क्रिनमा समस्या देखिएपछि एप्पलले साट्ने भयो फोल्डेबल आईफोन

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपालगन्ज स्वीमिङ च्याम्पियनसिपको तयारी अन्तिम चरणमा, नबिल बैंक टाइटल स्पोन्सर

    नेपालगन्ज स्वीमिङ च्याम्पियनसिपको तयारी अन्तिम चरणमा, नबिल बैंक टाइटल स्पोन्सर

    पौडी च्याम्पियनसिपमा बढ्दै खेलाडीको आकर्षण, पोखरी सफाइमै साढे दुई लाखसम्म अतिरिक्त खर्च

    पौडी च्याम्पियनसिपमा बढ्दै खेलाडीको आकर्षण, पोखरी सफाइमै साढे दुई लाखसम्म अतिरिक्त खर्च

    भारतीय पावरलिफ्टिङमा नेपालगन्जका खेलाडीको पदक सफलता

    भारतीय पावरलिफ्टिङमा नेपालगन्जका खेलाडीको पदक सफलता

    आज एनपीएलमा एउटा खेल, सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स भिड्दै

    आज एनपीएलमा एउटा खेल, सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स भिड्दै

    मलानद्वारा पहिलो अर्धशतक पूरा 

    मलानद्वारा पहिलो अर्धशतक पूरा 

    नविलले लियो ‘टाइटल’

    नविलले लियो ‘टाइटल’

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    से फोक्सुण्डो यात्रा–५

    से फोक्सुण्डो यात्रा–५

    आजदेखि एनपीएल तेस्रो संस्करण

    आजदेखि एनपीएल तेस्रो संस्करण

    विपद्पीडितको पुनर्स्थापना : राहत होइन, सम्मानजनक जीवन पुनःनिर्माणको सुनिश्चितता आवश्यक

    विपद्पीडितको पुनर्स्थापना : राहत होइन, सम्मानजनक जीवन पुनःनिर्माणको सुनिश्चितता आवश्यक

    दशैं विशेष

    दशैं विशेष

    मनुस्मृति: सबैले उद्धृत गर्ने, कमैले पढेको ग्रन्थ

    मनुस्मृति: सबैले उद्धृत गर्ने, कमैले पढेको ग्रन्थ

    से फोक्सुण्डो यात्रा–३

    से फोक्सुण्डो यात्रा–३

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Blog

लुम्बिनी प्राविधिकमा बढ्दो आकर्षण

byDainik Nepalgunj
October 30, 2026
in Blog, Education, Technology, मुख्य समाचार
0 0
0
लुम्बिनी प्राविधिकमा बढ्दो आकर्षण
Share on FacebookShare on Twitter

पूर्वाधारमा चुनौती कायमै

सन्ध्या गैरे
दैनिक नेपालगन्ज

स्थापनाको छोटो समयमै नेपालगन्जस्थित लुम्बिनी प्राविधिक विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूको आकर्षण उल्लेख्य रूपमा बढेको छ । सीमित पूर्वाधार र जग्गा प्राप्तिको अन्योलबीच अघि बढिरहेको विश्वविद्यालयले उनन्तीस जनाबाट अध्यापन सुरु गरी चार वर्ष पूरा गर्दा विश्वविद्यालयमा स्नातक र स्नाकोत्तर तहमा अध्ययन गर्नेको संख्या ५ सय ८ जना पुगेको छ ।

लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजनाका रूपमा २०७९ असारमा इन्जिनियरिङ, सूचना प्रविधि, कृषि तथा वन, पर्यटनलगायत प्राविधिक क्षेत्रको उच्च शिक्षा, अनुसन्धान र नवप्रवर्तनलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित प्रदेशकै पहिलो प्राविधिक विश्वविद्यालयका रूपमा लुम्बिनी प्राविधिक विश्वविद्यालयको स्थापना भएको थियो ।
हाल विश्वविद्यालयले इन्जिनियरिङ तथा सूचना प्रविधि विषयमा स्नातक र स्नाकोत्तर तहमा कक्षाहरू सन्चालन गरिरहेको छ ।
उच्च शिक्षाका लागि लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशबाट काठमाडौं जाने प्रवृत्तिका बिच नेपालगन्जमा स्थापना भएको विश्वविद्यालय यस क्षेत्रका विद्यार्थीहरूको रोजाइ बन्न थालेको छ ।
विश्वविद्यालयले २०८० सालमा दुईवटा शैक्षिक कार्यक्रमबाट पठनपाठन सुरु गरेको थियो । पहिलो वर्ष ब्याचलर इन टेक्नोलोजि (बिटेक) कम्प्युटर साइन्स एन्ड आर्टिफिसियल इन्टेलिजेन्स (सीएस एआई) मा १४ जना र बिटेक इन इन्फर्मेसन टेक्नोलोजी (आइटी) मा १५ जना गरी २९ जना विद्यार्थीले अध्ययन सुरु गरेका थिए ।
विश्वविद्यालयले आफ्ना कार्यक्रमहरूलाई विस्तार गरि २०८१ सालमा बिटेक सिभिल इन्जिनियरिङ र आइटी इन्जिनियरिङ थप ग¥यो । नयाँ कार्यक्रम सुरु भएकै वर्ष सिभिल इन्जिनियरिङमा ४८ र आइटी इन्जिनियरिङमा २३ जना विद्यार्थी भर्ना भएका थिए ।
सोही वर्र्ष दोस्रो ब्याचका रूपमा सीएस एआईमा २१ र आइटीमा ३२ विद्यार्थी भर्ना भए । स्नातक तहमा कार्यक्रम थपिएसँगै विश्वविद्यालयले सोही वर्ष स्नातकोत्तर तहको पढाइसमेत सुरु गरेको थियो । जसअन्र्तगत मास्टर्स इन टेक्नोलोजि (एमटेक) कम्प्युटर साइन्समा २५ र एमटेक आइटीमा १० विद्यार्थी भर्ना भएका थिए । कार्यक्रम विस्तारसँगै विद्यार्थी संख्या बढ्दै गएको विश्वविद्यालयमा हाल बिटेक सीएस एआईमा ९७, बिटेक आइटीमा ११०, बिटेक सिभिल इन्जिनियरिङमा १४३ र बिटेक आइटी इन्जिनियरिङमा ९५ विद्यार्थी अध्ययनरत छन ।

स्नातकोत्तर तहमा एमटेक कम्प्युटर साइन्समा ३६ र एमटेक आइटीमा १८ विद्यार्थी गरि हाल विश्वविद्यालयमा कुल ५०८ जनाले अध्ययनरत रहेको परिक्षा नियन्त्रक जेन्टिल गौतमले जानकारी दिए । परिक्षा नियन्त्रक गौतमले २०८३ सालको सीएस एआई कार्यक्रमको नयाँ ब्याचका लागि भर्ना प्रक्रिया अझै खुला रहेको जानकारी दिए ।
एआईको चासो
विश्वभर तीव्र रूपमा विस्तार भइरहेको कृत्रिम बौद्धिकता अर्थात् एआई सम्बन्धी पढाइ हुने भएकाले पनि लुम्बिनी प्राविधिक विश्वविद्यालय विद्यार्थीको रोजाइमा परेको छ । हाल यस विश्वविद्यालयमा बिटेक सीएस एआईमा ९७ जना अध्ययनरत छन् । सीएस एआईको तेस्रो वर्षमा अध्ययनरत बाँके खजुराका अर्जुन धिताल महंगो रकम तिरेर पढ्नुपर्ने कोर्स आफ्नै ठाउँमा सुलभ र सहज तरिकाले पढ्न पाएकोमा खुसी छन् । विश्वमै एआईको तिब्र विकास भइरहेको छ, धितालले भने, यस्तो बेलामा हामीले यहि एआई पढ्न पाउँदा एआई प्रयोग गरि विकासमा सहयोग गर्न सक्छौं भन्ने आत्मविश्वास बढेको छ ।
सीएस एआई कार्यक्रमका शैक्षिक संयोजक वरिष्ठ सहायक प्राध्यापक प्रतीक चन्द नयाँ पुस्तामा एआईप्रतिको चासो बढेसँगै यस विषयमा अध्ययन गर्ने विद्यार्थीको संख्या पनि बढिरहेको बताउँछन् ।

‘हाम्रो विश्वविद्यालयमा स्नातक तहका अन्य कार्यक्रमको तुलनामा सीएस एआईमा विद्यार्थीको नतिजा र वृद्धि तुलनात्मक रूपमा राम्रो छ,’ शैक्षिक संयोजक चन्दले भने, ‘अहिले एआईको युग भएकाले विद्यार्र्थीले बाध्यताले भन्दा पनि आफ्नै रुचिले यस क्षेत्रमा अध्ययन गर्न थालेका छन् ।’ एआईसँगै सिभिल इन्जिनियरिङमा पनि विद्यार्थीको आकर्षण उल्लेख्य छ । सिभिल इन्जिनियरिङ कार्यक्रमका शैक्षिक संयोजक वरिष्ठ सहायक प्राध्यापक मनिष अय्यरले इन्जिनियरिङ शिक्षा परिषद् (एनइसी) सँगको सहकार्यमा वासिङटन एकर्डका सिद्धान्त अनुसार नतिजामा आधारित शिक्षा प्रणाली अवलम्बन गर्दै पाठ्यक्रमलाई अध्यावधिक गर्ने लक्ष्य रहेको बताए । जसले दक्ष, आत्मविश्वासी र विश्वव्यापी प्रतिस्पर्धामा खरो उत्रन सक्ने सिभिल इन्जिनियरहरू उत्पादन गर्ने लक्ष्य रहेको समेत बताए ।

सिभिल इन्जिनियरिङको पहिलो वर्षमा अध्ययनरत छात्रा प्रियंका चौधरी उच्च शिक्षाका लागि काठमाडौंमै परीक्षा दिए पनि परिवारबाट टाढा बस्न नचाहेको र आफूले रोजेको विषय नेपालगन्जमै पढ्न पाउने भएपछि यस विश्वविद्यालयलाई रोजेको उनले बताउँछिन् ।

यस विश्वविद्यालयमा आइटी पढ्ने विद्यार्थीहरूको रुचि पनि बढ्दो छ । बिटेक आइटी कार्यक्रमका शैक्षिक संयोजक सहायक प्राध्यापक नमन बर्मायस विषय अध्ययन गर्ने विद्यार्थीहरूमा एथिकल ह्याकिङ प्रति रुचि बढेको बताउँछन् । आइटी पहिलो वर्ष अध्ययनरत विद्यार्थी जिते थारु विश्वविद्यालयमा व्यवहारिक सिकाइलाई प्राथमिकता दिएको बताउँछन् । आइटी इन्जियरिङ कार्यक्रमका शैक्षिक संयोजक सहायक प्राध्यापक सञ्जीव रेग्मीले विद्यार्थीको शैक्षिक प्रगति, प्रविधिप्रतिको आकर्षण र नयाँ कुरा सिक्ने कुरामा सकारात्मक परिवर्तन आएको कुरा बताए । उनले विद्यार्थीलाई किताबी ज्ञानमा मात्र सीमित नराखी प्रोग्रामिङ, सफ्टवेयर विकास, कृत्रिम बौद्धिकता र व्यवहारिक सीप सिकाउने प्रयास भइरहेको जानकारी दिए ।

विश्वविद्यालयमा आइटी इन्जिनियरिक पहिलो ब्याचका विद्यार्थी आर्यन श्रेष्ठले विश्वविद्यालयको शैक्षिक संस्कृति र इन्जिनियरिङ कार्यक्रमको जग निर्माणमा योगदान गर्ने अवसर पाएको बताए । आइटी इन्जिनियरिङसँगै कृत्रिम बौद्धिकता, डेटा साइन्स र पाइथन प्रोग्रामिङमा रुचि राख्दै आएका श्रेष्ठले एज कम्प्युटिङमा गोपनीयता सुरक्षित गर्ने एआई र मेसिन लर्निङसम्बन्धी अनुसन्धानपत्र राष्ट्रिय सम्मेलनमा प्रस्तुत गर्ने अवसरसमेत पाएका छन्।

बढ्दो विद्यार्थी आकर्षण, अन्यौलमा भौतिक पूर्वाधार
छोटो समयमै विद्यार्थीको आर्कषणको केन्द्र बनेपनि लुम्बिनी प्राविधिक विश्वविद्यालयको अपेक्षित भौतिक पूर्वाधार विकास हुन सकेको छैन । खजुरा गाउँपालिका–८ रनियापुरमा विश्वविद्यालयका नाममा प्रस्तावित सरकारी जग्गा लिजमा लिने प्रक्रिया अघि बढ्न नसक्दा स्थायी पूर्वाधार निर्माणको काम प्रभावित भएको छ । त्यसको असर विश्वविद्यालयको नियमित सञ्चालनमा समेत परेको छ ।

प्रशासनिक काम नेपालगन्जस्थीत वन डिभिजन कार्यालय परिसरमा स्थापना गरेको विश्वविद्यालयकै भवनबाट सञ्चालन भइरहेको छ । पठनपाठन भने नेपालगन्जको धम्बोझीस्थित कृषि विकास बैंकको भवन भाडामा लिएर सन्चालन भइरहेको छ ।
जग्गा प्राप्ति र पूर्वाधार निर्माणमा देखिएको अन्योलका कारण विश्वविद्यालय बाँकेबाट अन्यत्र सर्ने हो कि भन्ने आशंकासमेत उत्पन्न भएको थियो ।

तर, विद्यार्थी संख्या बढ्दै जानु र पठनपाठनप्रति सकारात्मक प्रतिक्रिया आउनुले विश्वविद्यालयलाई नेपालगन्जमै निरन्तरता दिने आधार बलियो बनाएको छ ।

Previous Post

युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
लुम्बिनी प्राविधिकमा बढ्दो आकर्षण

लुम्बिनी प्राविधिकमा बढ्दो आकर्षण

October 30, 2026
युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य

युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य

October 30, 2026
नेपालगन्जमा ‘आ बाटा आमा २’ को क्रेज, दर्शकको मन जित्दै पारिवारिक कथाले

नेपालगन्जमा ‘आ बाटा आमा २’ को क्रेज, दर्शकको मन जित्दै पारिवारिक कथाले

October 30, 2026
से फोक्सुण्डो यात्रा–५

से फोक्सुण्डो यात्रा–५

October 30, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version