For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, June 18, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

सोह्र श्राद्ध : ‘पिण्ड पितृलाई तर्पण, दान बैकुण्ठधामलाई अर्पण’

byDainik Nepalgunj
September 18, 2024
in News, मुख्य समाचार
0 0
0
सोह्र श्राद्ध : ‘पिण्ड पितृलाई तर्पण, दान बैकुण्ठधामलाई अर्पण’
0
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

देवताभ्यः पितृभ्यश्च महायोगिभ्यः एव च । नमः स्वाहायै स्वधायै नित्यमेव नमोनमः ।।

माथि उल्लेखित पितृ गायत्री मंत्रको अर्थ हो, देवताहरू, पितृहरू, महान योगीहरू, स्वाहा र स्वधालाई सधैं नमस्कार !

आजबाट पितृ पक्ष प्रारम्भ भएको छ । अर्थात् स्वर्गबासी पितृहरूका लागि सम्झने र श्रद्धापूर्वक श्राद्ध गर्ने १६ श्राद्ध आजबाट सुरु भएको छ ।

नेपालगन्जमा हिन्दु धर्मावलम्वीहरू देहत्याग पछिको परम्परागत दाहसंस्कारलाई व्यवस्थित गर्न अभियानमा छन् । अभियानको नाम हो, बैकुण्ठधाम सिधनियाघाट निर्माण । बाँकेको डुडुवा–५, राप्ती तटमा व्यवस्थित दाहसंस्कार स्थल निर्माणका लागि बैकुण्ठधाम सिधनियाघाट निर्माण अभियान थालिएको हो ।

जसको नेतृत्व डा. सुरेश कुमार कनोडियाले गरेका छन् । जहाँ हरकोही पेशाकर्मी, व्यवसायी, दल, समुदाय जोडिएर अभियानलाई पूर्णता दिन अग्रसर छन् । बैकुण्ठधामको सदस्यता अभियान आज १६ श्राद्धको पहिलो दिनबाट सुरु हुँदैछ । ‘पिण्ड पितृलाई तर्पण, दान बैकुण्ठधामलाई अर्पण’ भन्ने अवधारणाका साथ सदस्यता अभियान सुरु गरिएको कोषाध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले जानकारी दिए । बैकुण्ठधाम निर्माणका लागि आगामी कार्तिक २२ गतेदेखि ३० गतेसम्म नेपालगन्जमा बैंकुण्ठधाम आध्यात्मिक महोत्सव आयोजना गरिंदैछ । त्यसका लागि वाचन शिरोमणि पण्डित दिनबन्धु पोखरेलले कथावाचन गर्दैछन् । उनको अगुवाईमा हुने आध्यात्मिक महोत्सवमा धार्मिक तथा आध्यात्मिक प्रवचनहरु हुने आयोजक मूल समितिका महासचिव श्रीराम सिग्देलले जानकारी दिए ।

‘त्यसका लागि मूल समिति र तमाम उपसमितिहरु सक्रिय भएर लागेका छन्’, महासचिव सिग्देलले दैनिक नेपालगन्जसँग भने, ‘यो अभियान नितान्त कुनै एकाध व्यक्ति वा समूह भन्दा सिंगो समाजको हो ।’ नाट्टा बाँके च्याप्टरका अध्यक्ष समेत रहेका सिग्देलले राप्तीनदी सिधनियाघाट क्षेत्रलाई आध्यात्मिक पर्यटनको गन्तव्य थलो बनाउने अभियान चालिएकाले पनि यो महत्वपूर्ण आयोजना भएको बताए ।

‘नितान्त धार्मिक जस्तो देखिएपनि बैकुण्ठधाम आफैमा एउटा युगको प्रतिनिधित्व गर्न सक्ने परियोजना बन्न सक्छ’, बैकुण्ठधाम आध्यात्मिक महोत्सव मूल समारोह सदस्य समेत रहेका अन्तर्राष्ट्रिय समन्वय समितिका संयोजक डा. बद्री चापागाईले भने, ‘ठूलो हिन्दु समुदाय रहेको छिमेकी राष्ट्र भारतबाट समेत पर्यटक ल्याउन सक्ने गरी राप्ती नदी तटलाई आध्यात्मिक गन्तव्यको केन्द्र बनाउन सकिन्छ ।’ त्यसका लागि अत्याधुनिक डिजाइनका लागि कसरत भैरहेको डा. चापागाईको भनाइ छ ।

कोषाध्यक्ष श्रेष्ठका अनुसार, १६ श्राद्धको अभियानलाई सहयोग जुटाउने उपाय मात्र भन्दा सकारात्मक थालनीको रुपमा अगाडि बढाउन खोजिएको हो । ‘महोत्सवमा सहयोग जुटाउने र त्यस मार्फत आयोजना स्थलमा आधारभूत पूर्वाधार तयार गर्ने योजनामा सबैको हातेमालो गर्न खोजिएको पनि हो,’ उनले दैनिक नेपालगन्जसँग भने ।

यस्तो छ, सोह्र श्राद्धको महत्व

दसैँको सुरुवातमा १६ दिनको पितृ पक्षको ठुलो भूमिका छ, आजबाट यो पितृ पक्ष प्रारम्भ भयो । पितृ कर्मलाई सनातन संस्कारको केन्द्रबिन्दुका रूपमा लिइएको छ, सात पुस्ता सम्मलाई पितृ तर्पण दिने चलनले त झन् पितृ कर्मको महत्त्व तथा आफ्ना बाबु, बाजेलगायतका एउटा ठुलो कालखण्डप्रति वर्तमान पुस्ताको समर्पण भावको अद्भुत नमुना हो १६ श्राद्ध र यसले वैदिक सनातन संस्कारको उँचाइ र महत्त्वलाई थप स्पष्ट पार्छ ।

सोह्र श्राद्ध, पितृ पक्ष, कगंत, जितिया, महालय पक्ष, पितृ पोखो आदि विभिन्न नामले यी पवित्र १६ दिनको पुकारा गरिन्छ । पूर्णिमाबाट सुरु भएको यस पक्ष औँसीका दिनसम्म चल्ने गर्दछ । पितृ पक्षमा पितृहरू पृथ्वी लोकमा आ–आफ्ना सन्ततिका घरमा आएर बस्ने गर्दछन् ।

पितृ पक्षको प्रसङ्गः महाभारत कथा
अब कुरो पितृ लोकको अवधारणाबाट, स्वर्ग र पृथ्वीबिचको यस लोकमा पितृका तिन पुस्ताहरू रहने गरेको मानिन्छ । बैतर्नी नदी भएको यस पितृ लोकमा बैतर्नी नदी तरेमा स्वर्ग लोक पुगिने जनविश्वास छ । स्वर्लोकका राजा इन्द्र हुन् भनेँ पितृ लोकका राजा यम हुन् भन्ने मान्यता छ ।

पितृ पक्षको कुरा गर्दा महाभारतको युद्धसँग कथा जोडिएर आउँछ, महाभारतको युद्धमा मृत्यूवरण गरेका दानवीर कर्णलाई स्वर्गमा भोजनका रूपमा सुनचाँदी वस्त्र आभूषण आदी प्रदान गरियो । भोजन कालागि वास्तविक खाना नै आवश्यक पर्नेमा किन राजा इन्द्रले उनलाई सुनचाँदी इत्यादि खान दिएका भन्ने कौतुहलता कर्णले स्वर्गका राजा इन्द्रलाई प्रश्न गर्दछन् । उत्तरमा इन्द्रले दानवीर कर्णले जीवनभरि सुनचाँदी आदि मात्र दान गरेको र पितृलाई भोजन दान नगरेको कारणले स्वर्ग लोकमा भोजनका साटो सुनचाँदी पस्केको कुरा स्पष्ट पार्दछन् । यसरी आफूलाई यस बिषयमा थाहा नभएकाले जीवनकालमा पितृलाई भोजन दान नदिएको बताएपछि १६ दिन कालागि कर्णलाई पृथ्वीमा फिर्ता पठाएको किंवदन्ती नै पितृ पक्षको सुरुवातका रूपमा मानिन्छ ।

वैदिक सनातन संस्कारमा सामान्यतया पितृ कर्म अर्थात् श्राद्ध दुई पटक गरिन्छ, वर्षमा नियमित श्राद्ध पितृहरूको देहावसान भएको तिथिमा र अर्को श्राद्ध चाहिँ सोह्र श्राद्धको अवधिमा गरिन्छ ।

पितृ पक्षमा के गरिन्छ ?
यसरी पूर्णिमाबाट सुरु भएको पितृ पक्ष औँसीका दिन सम्पन्न हुन्छ । १६ दिनको पितृ पक्षमा आफ्नो पितृको मृत्यु तिथिका दिन हिन्दूधर्मावम्वीहरू ले पितृ कर्म अर्थात् श्राद्ध गर्ने गर्दछन् । श्राद्धको दिन घरमा विशेष चहलपहल हुन्छ, आफन्त अनि पण्डित, पुरोहितको उपस्थितिमा कर्ताले पितृ कर्म गर्दा कपाल खौरिएर नयाँ जनै फेरेको हुनुपर्दछ । बिहानै देखि मौलिक विशेषता बोकेका पारम्परिक नैवेद्य तथा विभिन्न प्रकारका खानेकुराहरू घरमा तामा या पित्तलको भाँडोमा चोखोनितो गरेर पकाइन्छ अनि र श्राद्ध चलिरहँदा पण्डितको निर्देशन अनुरूप विभिन्न साम्रगीहरू, घ्यू, सेतो पुष्प, पहेँलो केसरी लगायतका पितृ कर्ममा आवश्यक सम्पूर्ण पूजन सामाग्रीहरू पूजा गरेको ठाउँमा विधिपूर्वक सजाएर राख्ने गरिन्छ ।

श्राद्ध के हो ?
वैदिक सनातन हिन्दु संस्कारमा श्राद्ध महत्त्वपूर्ण कर्ममध्येको एक हो जसलाई सामान्यतया परिवारको जेष्ठपुत्र, जेष्ठपुत्र नभए अन्य पुत्रहरू अथवा दाजुभाइले गर्ने गर्दछन् । सर्व पितृ औँसीको दिन पुत्रले आफ्ना पिता पक्ष र माता पक्ष दुवैतर्फका पितृहरूलाई तर्पण दिइन्छ । । पुत्रलाई मोक्षको बाटो भनेर हिन्दु शास्त्रले भनेको कुरालाई आधार मानेर विभिन्न पक्षबाट यस विषयलाई नारीविरोधी र लैङ्गिक असमानतासित पनि जोडेर हेरिने गरिएको छ तथापि श्राद्ध, तर्पण अनि अन्य शुभ कार्यमा छोरी बुहारी अनि चेलीबेटीको पनि उत्तिकै महत्व छ ।

Previous Post

देशमा आजः ८ बजे ८ खबर

Next Post

पोडवे बन्न सक्छ सार्वजनिक यातायात सुधार्ने उपयुक्त विकल्प

Next Post
पोडवे बन्न सक्छ सार्वजनिक यातायात सुधार्ने उपयुक्त विकल्प

पोडवे बन्न सक्छ सार्वजनिक यातायात सुधार्ने उपयुक्त विकल्प

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    डुडुवामा मनपरी खर्च

    डुडुवामा मनपरी खर्च

    June 17, 2025
    नेपालगन्ज फुडलेन: स्वाद, संस्कृति र सम्भावनाको संगम

    नेपालगन्ज फुडलेन: स्वाद, संस्कृति र सम्भावनाको संगम

    June 17, 2025
    दाङमा जीप पल्टिँदा एकको मृत्यु

    जुम्लामा ट्रयाक्टर दुर्घटनाः एक जनाको मृत्यु, चार घाइते

    June 17, 2025
    लुम्बिनीमा खाद्यान्न उत्पादनमा वृद्धि

    लुम्बिनीमा खाद्यान्न उत्पादनमा वृद्धि

    June 17, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version