For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, November 26, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    असिना कारण दुबई–काठमाडौं उडान लखनउ डाइभर्ट

    असिना कारण दुबई–काठमाडौं उडान लखनउ डाइभर्ट

    सिरोस ईभीको नेपालगन्जमा पनि डेलिभरी

    सिरोस ईभीको नेपालगन्जमा पनि डेलिभरी

    लुम्बिनी प्राविधिकमा बढ्दो आकर्षण

    लुम्बिनी प्राविधिकमा बढ्दो आकर्षण

    स्क्रिनमा समस्या देखिएपछि एप्पलले साट्ने भयो फोल्डेबल आईफोन

    स्क्रिनमा समस्या देखिएपछि एप्पलले साट्ने भयो फोल्डेबल आईफोन

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    दसौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा

    दसौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा

    एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

    एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

    आज चितवन र सुदूरपश्चिमको भिडन्त, जित्ने टोली लुम्बिनीसँग फाइनलमा भिड्ने

    आज चितवन र सुदूरपश्चिमको भिडन्त, जित्ने टोली लुम्बिनीसँग फाइनलमा भिड्ने

    लुम्बिनी लायन्स फाइनलमा प्रवेश!

    लुम्बिनी लायन्स फाइनलमा प्रवेश!

    पोखराविरुद्ध विराटनगरको रोमाञ्चक जित

    पोखराविरुद्ध विराटनगरको रोमाञ्चक जित

    पर्यटन प्रवर्द्धनमा नयाँ आयाम बन्दै सांगीतिक कार्यक्रम : नेपालगञ्जलाई सांस्कृतिक तथा मनोरञ्जनात्मक पर्यटनको केन्द्र बनाउने सम्भावना

    पर्यटन प्रवर्द्धनमा नयाँ आयाम बन्दै सांगीतिक कार्यक्रम : नेपालगञ्जलाई सांस्कृतिक तथा मनोरञ्जनात्मक पर्यटनको केन्द्र बनाउने सम्भावना

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    त्रिशूली सङ्लियो, सङ्लिएन मन

    त्रिशूली सङ्लियो, सङ्लिएन मन

    शान्ति सम्झौताको २० वर्ष : पीडितले न्याय कहिले पाउने?

    शान्ति सम्झौताको २० वर्ष : पीडितले न्याय कहिले पाउने?

    नेपालगन्जको गौरव, विकासको जिम्मेवारी र दिल्लीको कूटनीति

    नेपालगन्जको गौरव, विकासको जिम्मेवारी र दिल्लीको कूटनीति

    दौडसँगै राप्तीसोनारी चिनाउने अभियान

    दौडसँगै राप्तीसोनारी चिनाउने अभियान

    आवश्यक मात्रै होइन, सम्भव छ नेपालगन्जमा ‘ड्राइपोर्ट’

    आवश्यक मात्रै होइन, सम्भव छ नेपालगन्जमा ‘ड्राइपोर्ट’

    देउसीभैलोको रकमले खड्कवारमा वनभोजको रौनक, आन्तरिक पर्यटकको घुइँचो

    देउसीभैलोको रकमले खड्कवारमा वनभोजको रौनक, आन्तरिक पर्यटकको घुइँचो

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

त्रिशूली सङ्लियो, सङ्लिएन मन

byDainik Nepalgunj
November 26, 2026
in विचार
0 0
0
त्रिशूली सङ्लियो, सङ्लिएन मन
Share on FacebookShare on Twitter

भदौ १० गते त्रिशूलीमा आएको बाढी कत्रो थियोरु त्यसको जवाफ आज पनि बाँचेकाहरूसँग छैन। उनीहरू भन्छन्, ‘त्यो बाढी नै थिएन, कहाँबाट कालो–कालो भएर के आयो आयो१ कसरी बाँचियो, आफैँलाई विश्वास छैन।’ ९० वर्षका एक वृद्ध बा तारजाली लगाइएको ठाउँबाट हामफालेर उकालो लागेछन् र ज्यान जोगाएछन्। उनलाई पनि घटनाको धमिलो सम्झना मात्रै छ। बाढीबाट ज्यान जोगाएको तीन महिना बितिसक्दा पनि उनको मन शान्त हुन सकेको छैन। उनीजस्ता सयौँ परिवारको अवस्था उस्तै छ।

बाढीले घर मात्रै बगाएन, मानिसका सपना, सम्पत्ति, जीविकोपार्जन र वर्षौँको संघर्ष पनि बगायो। विद्यालयहरू क्षतिग्रस्त भए, सयौँ विद्यार्थीको अवस्था अझै अन्योलमा छ। हजारौँ कठ्ठा खेतीयोग्य जमिनको नामोनिशान छैन। जलविद्युत् आयोजनाका संरचना ध्वस्त भए। त्यहाँ कार्यरत मजदुर, प्राविधिक, इन्जिनियर, ओभरसियर, यातायात व्यवसायी, चालक र सहचालकसमेत यही त्रिशूलीको भेलमा हराए। तीन महिना बितिसक्दा पनि धेरै परिवारले आफ्ना आफन्तको न शास पाएका छन्, न लास। हजारौँ मानिस बेपत्ता भएको पीडाबीच कसैले कुशको शव बनाएर अन्तिम संस्कार गरिसकेका छन् भने कोही अझै आफ्नो मान्छे फर्किएर आउला कि भन्ने आशामा बाटो हेरिरहेका छन्।

बिस्तारै त्रिशूली सङ्लिँदै गएको छ। नदीको बहाव घटेको छ, सडक र बजारमा मानिसको आवतजावत बढेको छ। बाहिरबाट हेर्दा जनजीवन सामान्यतर्फ फर्किएको जस्तो देखिन्छ। तर त्यो दिन कालो भेलसँगै घरमाथिबाट आएको हिलो र पानी देखेका, आफन्त गुमाएका र आफ्नो थातथलो गुमाएका मानिसको मन अझै धमिलो छ। यहीबीच दसैँ र तिहारजस्ता दुई ठूला चाड आएर गए। तर ती चाडले प्रभावित परिवारको घरआँगनमा खुसी ल्याउन सकेनन्। कसैको घर छैन, कसैको परिवार छैन, कसैको रोजगारी छैन। कतिपय परिवार चिसोमा पालभित्र पानीका थोपा चुहिँदै गर्दा रात कटाइरहेका छन्। कोही अरूको घरमा साँघुरिएर बसेका छन् त कोही भाडाको कोठामा गुजारा चलाइरहेका छन्। चाडपर्व उनीहरूका लागि उत्सव होइन, गुमेको जीवनको सम्झना बनेर आए।

अर्कोतर्फ, मोबाइलमा बारम्बार आउने बाढीका दृश्य, रोदन र राहत वितरणका समाचारले प्रभावितलाई थप पीडा दिने गरेको छ। राहतका नाममा भएका अनेकौँ प्रचार र चर्चाले उनीहरूलाई आफ्नै पीडाको उपहास भइरहेको अनुभूति हुन थालेको छ। बजारमा राहत दोहोर्‍याएर लिएको, राहत थुपारेको र एउटै परिवारले पटक–पटक सहयोग पाएको भन्ने हल्ला सुनिन्छ। तर आफ्नो घर, खेतबारी र परिवार नै यही विपत्तिमा गुमाएका मानिसहरू यस्ता आरोप सुन्दा भक्कानिन्छन्। उनीहरूको प्रश्न छ, ‘हाम्रो सबैथोक यही बाढीले लग्यो। हाम्रो वास्तविक पीडा कसले बुझिदिनेरु’

बाढी प्रभावितहरूको अर्को गम्भीर गुनासो सरकारका तीनै तहको कार्यशैलीप्रति छ। उनीहरूका अनुसार सरकारको भूमिका सहजीकरण र सहयोगभन्दा नियन्त्रणमुखी बढी देखिएको छ। समयमा राहत वितरण हुन सकेन, पुनर्वासको ठोस योजना आएन। प्रभावितहरू अहिले आक्रोशित हुँदै भन्छन्, ‘हामीलाई अब राहतभन्दा पहिले सुरक्षित बासस्थान चाहिएको छ।’ यो माग अस्वाभाविक पनि होइन। अझै पनि कतिपय बालबालिकाहरु विद्यालयका कोठामा, खेलमैदानमा र अस्थायी सेल्टरमा बस्न बाध्य छन्। विद्यालयको पठनपाठन प्रभावित छ। बालबालिकाको सिकाइ, सुरक्षा र मानसिक स्वास्थ्यमा परेको असरको सम्बोधन हुन सकेको छैन।

समस्या यतिमै सीमित छैन। तीन महिना बितिसक्दा पनि सरकारसँग प्रभावितहरूको भरपर्दो र एकीकृत तथ्यांक देखिँदैन। कति मानिस बेपत्ता छन्रु कतिको शव भेटियोरु कति परिवार विस्थापित भएरु कति कृषि जमिन बग्यो वा पुरियोरु पशुधनको क्षति कति भयोरु कति विद्यालय पूर्ण वा आंशिक रूपमा क्षतिग्रस्त भएरु कति विद्यार्थी अभिभावकविहीन भए र उनीहरू अहिले कहाँ छन्रु गुम्बा तथा अन्य आश्रयस्थलमा बसेका परिवारको वर्तमान अवस्था के छरु यी आधारभूत प्रश्नको स्पष्ट जवाफ पाउन अझै कठिन छ। नेपाल प्रहरी, विपद् प्राधिकरण, शिक्षा क्षेत्र, स्थानीय तह र विभिन्न संघसंस्थाका तथ्यांकमा समेत एकरूपता छैन। राज्यसँग हुनुपर्ने यकिन तथ्यांकका लागि गैरसरकारी संस्थाहरूको विवरणमा भर पर्नुपर्ने अवस्था आफैँमा गम्भीर विडम्बना हो।

स्थानीय सरकारले राहत तथा सहयोगमा एकद्वार प्रणाली लागू गर्ने प्रयास गरेको छ। समन्वय र पारदर्शिताका लागि यस्तो प्रणाली आवश्यक पनि छ। तर यसको कार्यान्वयनले कतिपय अवस्थामा केही संस्थालाई मात्र काम गर्ने अवसर दिएको र अरूलाई अनावश्यक अवरोध सिर्जना गरेको प्रभावित तथा सहयोगी संस्थाहरूको गुनासो छ। सेल्टरमा कसले प्रवेश पाउने, कसले गतिविधि गर्न पाउने र कसरी अनुमति लिने भन्ने विषयमा अस्पष्टता छ। परिणामस्वरूप कतिपय सरकारी भवनमा राहत सामग्री थुप्रिएको छ भने अर्कोतर्फ तीन जिल्लाका १३ स्थानीय तहमा विभिन्न संघसंस्थाले आवश्यकताको यकिन मूल्यांकन नगरी राहतका प्याकेज घोषणा गरिरहेका छन्। कसले कति सहयोग पायो र कसले कति वितरण गर्‍यो भन्ने साझा अभिलेख नहुँदा दोहोरो सहयोग र वास्तविक आवश्यकतामा रहेका परिवार छुट्ने जोखिम बढेको छ।

अबको तीन महिना चिसो अझै बढ्ने समय हो। पालमुनि बसिरहेका परिवारमध्ये गर्भवती महिला, सुत्केरी, नवजात शिशु, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूको अवस्था झन् संवेदनशील छ। पानी चुहिने पाल, चिसो भुइँ र असुरक्षित वातावरणमा उनीहरूलाई कसरी राख्नेरु कम्तीमा पनि वर्षा र शीत नछिर्ने, सुरक्षित रूपमा सुत्न मिल्ने अस्थायी आवासको व्यवस्था तत्काल हुनुपर्छ। तर प्रभावितहरूको गुनासो छ, सरकारको प्राथमिकतामा यो विषय परेको देखिँदैन। उनीहरू भन्छन्, ‘राहतमा त सरकारले मुठ्ठी कस्दै छ, अब हामीलाई उचित बासस्थान दिन पनि मुठ्ठी कस्न थालेको हो किरु यस्तो अपराध नगर सरकार।’

तीन महिनापछि अबको प्राथमिकता स्पष्ट हुनुपर्छ। पहिलो, तीनै तहका सरकार र सम्बन्धित निकायले बेपत्ता, मृतक, विस्थापित, क्षतिग्रस्त घर, विद्यालय, कृषि जमिन र जीविकोपार्जनसम्बन्धी तथ्यांक एकीकृत गरी सार्वजनिक गर्नुपर्छ। दोस्रो, वास्तविक आवश्यकताका आधारमा राहत वितरण र अनुगमनको पारदर्शी प्रणाली बनाउनुपर्छ। तेस्रो, चिसो सुरु हुनुअघि नै अस्थायी आवासको व्यवस्था गरी दीर्घकालीन पुनर्वासको स्पष्ट कार्ययोजना र समयसीमा सार्वजनिक गर्नुपर्छ। विद्यालय फर्किन नसकेका बालबालिकाको सिकाइ निरन्तरता, मनोसामाजिक सहयोग र जोखिममा रहेका परिवारको विशेष संरक्षणलाई पनि प्राथमिकतामा राख्नुपर्छ।

त्रिशूलीको पानी सङ्लिँदै जाँदा किनारमा जीवनका गतिविधि फेरि देखिन थालेका छन्। तर नदीको पानी सङ्लिनु र मानिसको जीवन सामान्य हुनु एउटै कुरा होइन। हराएका आफन्तको खोजी, गुमेको जमिनको पीडा, भत्किएको घर र अनिश्चित भविष्यबीच प्रभावितहरूको मन अझै उस्तै धमिलो छ। उनीहरूलाई राहतका प्याकेज, औपचारिक भ्रमण र आश्वासनका भाषणभन्दा सुरक्षित बासस्थान, सम्मानजनक जीवन र आफ्नो भविष्यप्रतिको भरोसा चाहिएको छ।

सरकारले बुझ्नुपर्छ—विपद् व्यवस्थापन राहत बाँडेर सकिँदैन। मानिसलाई सुरक्षित जीवनमा फर्काउनु राज्यको जिम्मेवारी हो। तीन महिना बितिसक्दा पनि प्रभावित परिवार पालमुनि चिसो रात काट्न बाध्य छन् भने त्यो केवल प्राकृतिक विपत्तिको परिणाम होइन, राज्यको तयारी र जवाफदेहितामाथिको प्रश्न पनि हो।

Previous Post

प्रेसविरोधी गतिविधिको विरोधमा बाँकेका पत्रकार

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
त्रिशूली सङ्लियो, सङ्लिएन मन

त्रिशूली सङ्लियो, सङ्लिएन मन

November 26, 2026
प्रेसविरोधी गतिविधिको विरोधमा बाँकेका पत्रकार

प्रेसविरोधी गतिविधिको विरोधमा बाँकेका पत्रकार

November 26, 2026
पौडीमा दोस्रो दिन चार राष्ट्रिय कीर्तिमान

पौडीमा दोस्रो दिन चार राष्ट्रिय कीर्तिमान

November 26, 2026
बजारमा एक्स्ट्रिमका पाँच नयाँ स्वाद

बजारमा एक्स्ट्रिमका पाँच नयाँ स्वाद

November 25, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version