इनर्जी ड्रिंकको बजारमा आफ्नो उपस्थिति विस्तार गर्दै एक्स्ट्रिमले पाँच नयाँ स्वादका पेय पदार्थ सार्वजनिक गरेको छ । कम्पनीका अनुसार, युवापुस्तामाझ लोकप्रिय एक्स्ट्रिम इनर्जी ड्रिंकले उपभोक्ताको बदलिँदो रुचि र स्वादलाई लक्षित गरी नयाँ फ्लेभर बजारमा ल्याएको हो ।
नयाँ उत्पादनसँगै अब एक्स्ट्रिमका पारखीले एउटै ब्रान्डअन्तर्गत नियमित एक्स्ट्रिम इनर्जी ड्रिंकसहित थप पाँच फरक स्वाद रोज्न पाउने भएका छन् । कम्पनीले फरक स्वाद रुचाउने उपभोक्तालाई लक्षित गर्दै नयाँ विकल्प थपेको जनाएको छ ।
नयाँ फ्लेभरमध्ये ग्रिन एप्पलको स्वादमा ‘ग्रिन म्यानियाक’ बजारमा ल्याइएको छ । मस्कट अंगुरको स्वाद रुचाउनेका लागि ‘श्रेक अट्याक’ र ग्रेपफ्रुट तथा पाइनएप्पलको मिश्रित स्वाद खोज्नेका लागि ‘ट्रपिकल पञ्च’ सार्वजनिक गरिएको छ ।
त्यस्तै, रास्पबेरी स्वादमा ‘रास्प एन्ड फ्युरियस’ र अर्को नयाँ विकल्पका रूपमा ‘एक्स्ट्रिम्ली लाइट’ बजारमा उपलब्ध गराइएको छ । फरक स्वादसँगै आकर्षक नामसमेत दिइएका यी उत्पादनले उपभोक्तालाई आफ्नो रुचिअनुसार पेय पदार्थ छनोट गर्ने अवसर दिने कम्पनीको विश्वास छ ।
कम्पनीका अनुसार, उपभोक्ताको स्वादलाई थप रोमाञ्चक बनाउने उद्देश्यले नयाँ फ्लेभर विकास गरिएको हो । पाँचवटै नयाँ स्वादका पेय पदार्थको बिक्री वितरणसमेत सुरु भइसकेको छ ।
समयसँगै उपभोक्ताको रुचि र मागमा परिवर्तन आइरहेको अवस्थामा उत्पादनको दायरा फराकिलो बनाइएको कम्पनीले जनाएको छ । स्वादमा विविधता थपेर बजारका फरक उपभोक्ताको रोजाइ सम्बोधन गर्ने एक्स्ट्रिमको लक्ष्य रहेको छ । आगामी दिनमा पनि उपभोक्ताको बदलिँदो स्वाद र मागअनुसार उत्पादनमा विविधता थप्दै जाने कम्पनीको विश्वास छ ।





























